प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"आफ्नै श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ "

२०८२-०५-०१

  • A
  • A-
  • A+
Share

घटना विवरण:-

मिति २०८२/०४/३० गते  अन्दाजी २३:०० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २६ गोगबु मित्रनगर स्थित भिममाया लिंखाले संचालन गरेको कञ्चन कोशी होटल एण्ड लजको कोठा नं. २०१ मा जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं. ०२ भंगाल घर भएकी वर्ष २७ कि ललिता बि.क.को कर्तव्य गरी हत्या गरेको घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा मृतकको श्रीमान बर्ष २८ को सन्तोष सेन्चुरीले उक्त होटलमा बोलाई निजलाई सोही होटलको कोठामा हत्या गरी लाश सोही कोठाको बक्स पलङभित्र लुकाई वारदातस्थलबाट भागि छिमेकी देश भारतर्तफ जाने उद्देश्यले पर्सा जिल्लातर्फ गएको भन्ने अनुसन्धानबाट खुल्न आएकोले यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी जिल्ला पर्सा बिरगंजस्थितबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको । 

अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरु

Ø मिति २०८२/०४/२८ गते मृतकको भाई मोतिराम विश्‍वकर्माले आफ्नो दिदी हराएको भनि प्रहरी बृत्त महाराजगन्जम खोजतलासको लागी निवेदन दिएको ।

Ø    प्रहरी बृत्त महाराजगन्जबाट संतोषलाई बोलाई श्रीमतीको बारेमा सोधपुछ गरेको ।

Ø    मिति २०८२/०४/२८ गते सन्तोष लगायत परिवारका अन्य सदस्य सहित ललिताले काम गर्ने गरेको लगनको गार्मेन्टमा खोज्न गएका ।

Ø    घटना भएको तिन दिन पश्चात उक्त कोठाबाट दुर्गन्ध आएकोले मिति २०८२/०४/३० गते रातको अं. २३:०० बजेको समयमा होटल सञ्चालक भिममाया लिङ्खाले प्रहरीलाई खबर गरी बोलाएको  ।

Ø    प्रहरीले  घटनास्थल जाँच गरी हेर्दा मृतक महिलाको मूखमा कपडा कोचिएको र लाश बक्स पलङ्ग भित्र लुकाईएको अबस्थामा फेला परेको ।

Ø    ललिता बि.क. र सन्तोष सेन्चुरी बिच २ बर्ष अगाडी विवाह भएको । हाल निजहरु बिचको सम्बन्ध राम्रो नभएको ।

Ø    ललिता बि.क. र सन्तोष सेन्चुरी बिच बिबाह पुर्व नै सन्तोषको अर्को प्रेमिका संग सम्बन्ध भएको कारण श्रीमती लाई मानसिक तथा शारिरीक यातना दिने गरेको ।

Ø    ललिता र सन्तोष बिच सम्बन्ध बिच्छेद गर्न भनी दुवै जना सहमती भई दुबै जना भिन्न बस्दै गरेको र  मिति २०८२/०४/२७ गते सम्बन्ध बिच्छेदको अन्तिम छलफल गर्ने भनी श्रीमतीलाई  फोन गरी उक्त होटलमा बोलाएको बुझिएको ।

Ø    श्रीमतीको हत्या गरी उक्त होटलबाट सोही दिनको अन्दाजी दिउँसोको ०४:०० बजेको समयमा सन्तोष एक्लै होटलबाट  बाहिर निस्केको खुल्न आएको  ।

Ø    मिति २०८२/०४/२९ गते सम्म सन्तोष सेन्चुरी प्रहरी बृत्त महाराजगन्जको सम्पर्कमा रहेकोमा सोही दिनको दिउँसो अं. ०१:०० बजे देखी मोबाइल स्विचअफ गरी सम्पर्क बिहिन भएको ।

Ø    होटलमा श्रीमतीलाई बोलाई दुई तिन घण्टा संगै बसी घाँटी थिची श्रीमतीको हत्या गरी लाश बक्स पलङ भित्र लुकाई आफु साथीको कोठामा गई बसेको

Ø    घर परिवारका अन्य सदस्यहरु संगै महाराजगंज प्रहरीकोमा श्रीमती हराएको भनि खोजतलास गरिदिन अनुराध गरेको

Ø    बिभिन्न विधी प्रबिधिको सूक्ष्म अनुसन्धान गर्दै जादाँ शंकित सन्तोष सेन्चुरी बिरगंजतर्फ भागेको भुझिन आएकोले  मिति २०८२/०५/०१ गते जिल्ला प्रहरी कार्यलय पर्षा संग समन्वय गरी विरगन्ज स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरीएको ।

पक्राउ व्यक्ति

१.         नाम :-  सन्तोष सेन्चुरी

उमेर:- २८ बर्ष

ठेगाना:- जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं. ०२, भंगाल ।

 


सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१४

घटना विवरणः बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- पवन कुमार के.सी.(बिक्रम)    उमेर             :- ३२ वर्ष     स्थायी वतन   :- जिल्ला दाङ राप्ती गा.पा. वडा नं.०६ ।     हाल             :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.१० ।       देश              :- सिंगापुर       रकम            :- रु.७,००,०००।– (सात लाख)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१० । पीडित संख्या :- २ जना ।२.  नाम थर        :- सुधिर प्रसाद जयसवाल     उमेर             :- २१ वर्ष      स्थायी वतन   :- जिल्ला रौतहट फतुवा विजयपुर न.पा.  वडा नं.०४ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०३ ।        देश              :- साईप्रस रकम            :- रु.१,००,०००।– (एक लाख) पक्राउ मिति   :- २०८३/०४/१४ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.०९ ।  पीडित संख्या :- १  जना ।३. नाम थर         :- लक्ष्मी खड्का    उमेर             :- ३८ वर्ष     स्थायी वतन   :- जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा. वडा नं.०२ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२५ ।       देश              :- रोमानिया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“ लागू औषध (खैरो हिरोइन) सहित मानिसहरु पक्राउ ”
२०८३-०४-१३

घटना विवरण:-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु लगायतका वडा एरियामा लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) ओसारपसार तथा वेचविखन भई रहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३/०४/१२ गते अं १९;०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.१२ टेकु मयलवारीमा बा ४६ प १६२ नम्बरको स्कुटर रोकी बसेका निम्न मानिसहरूलाई पक्राउ गरी निम्न परिमाणमा रहेको लागु औषध खैरो हेरोइन जस्तो वस्तु लगायतका दसीहरू  बरामद गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला काभ्रे धुलिखेल न.पा.वडा नं ०३ आचार्यगाँउ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ६८ को  उद्धव आचार्य । २.     जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ४० को कृष्ण खड्गी ।

“ बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार प्रतिवादी पक्राउ”
२०८३-०४-१३

घटना विवरण:-वादी नेपाल सरकार प्रतिवादी जिल्ला संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध नयाँ बस्ती बस्ने वर्ष ५९ को दुर्गा बहादुर भण्डारी भएको २ (दुई) वटा बैंकिङ कसुर (मुद्दा नं. ०८०-C१- ४२२१ र  ०८०-C१- ४२२२) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालत, ववरमहलको मिति २०८१/०२/१७ गतेको फैसलाले कैदः ८ (आठ) दिन र  जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ठहरी फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.६ बौद्धबाट पक्राउ गरी मिति २०८३।०४।१३ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराईएको । निम्नःनामथर: दुर्गा बहादुर भण्डारी,उमेर: ५९ वर्ष,ठेगाना: जि.संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जि.काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध बस्ने  । मुद्दा: बैंकिङ कसुर (मुद्दा नं.०८०-C१- ४२२१ र ०८०-C१- ४२२२) पक्राउ स्थान: जि.काठमाडौं का.म.न.पा. वडा नं. ०६ बौद्ध  । सजायः कैदः ८(आठ) दिन र जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- लाक्पा शेर्पा    उमेर             :- ४३ वर्ष     स्थायी वतन   :- जिल्ला तेह्रथुम छथर गा.पा. वडा नं.०१ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३२ ।       देश              :- जर्जिया       रकम            :- रु.५,५०,०००।– (पाँच लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।पीडित संख्या :- २ जना ।  २.  नाम थर        :- कालिका रोक्का     उमेर             :- ३९ वर्ष      स्थायी वतन   :- जिल्ला नवलपरासी पुर्व मध्यविन्दु न.पा. वडा नं.०८ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।        देश              :- यु.के. रकम            :- रु.५,००,०००।– (पाँच लाख) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।  पीडित संख्या :- १  जना ।

“अभद्र व्यवहार गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

 मिति २०८३।०४।१२ गते दिउसो अं.१५:४० बजेको समयमा जिल्ला कठमाडौं का.म.न.पा.वडा नं.१२ टेकु स्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण मानिस तथा महिलाहरु समेतलाई गाली गलौज गर्ने धाकधम्की तथा दु:ख हैरानी दिइ अभद्र व्यवहर गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा मिति २०८३/०४/१२ गते यस कार्यालयबाट खटिइ गएको प्रहरी टोलिले उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरूलाई फेला पारी सोधपुछ गर्ने क्रममा निजहरुले सार्वजनिक स्थानमा प्रहरी कर्मचारीहरु सँग समेत अभद्र व्यवहार गरेको हुँदा निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला मकवानपुर बागमती गा.पा.वडा नं.०४ स्थाई गर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.२५ बस्ने नारायण सिंह घिसिङको छोरा वर्ष ३४ को राज घिसिङ । २.     जिल्ला सिन्धुली गोलञ्जोर गा.पा.वडा नं.०१ स्थाई घर भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०७ बस्ने हरी प्रसाद पहाडीको छोरा वर्ष ४१ को दिपक पहाडी ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१२

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- गणेश बहादुर कार्की    उमेर             :- ४६ वर्ष     स्थायी वतन   :- जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं.११ ।     हाल             :- जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं.०६ ।       देश              :- सर्विया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/११ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०६ । पीडित संख्या :- १ जना ।२.  नाम थर        :- झगे बि.क.     उमेर             :- ४७ वर्ष      स्थायी वतन   :- जिल्ला दाङ दंगीशरण गा.पा. वडा नं.०२ ।      हाल             :- जिल्ला काठमाडौं नागार्जुन न.पा. वडा नं.०४ ।        देश              :- युरोप रकम            :- रु.३०,००,०००।– (तीस लाख) पक्राउ मिति   :- २०८३/०४/११ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२१ ।  पीडित संख्या :- ३ जना ।३. नाम थर         :- कमल श्रेष्ठ    उमेर             :- ३४ वर्ष     स्थायी वतन   :- जिल्ला चितवन खैरहनी न.पा. वडा नं.०३ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ ।       देश              :- अजरबैजान       रकम            :- रु.४,००,०००।– (चार लाख)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ । पीडित संख्या :- १ जना ।४.  नाम थर        :- शारदा श्रेष्ठ     उमेर             :- ६१ वर्ष      स्थायी वतन   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।      देश              :- फ्रान्स रकम            :- रु.७,५०,०००।– (सात लाख पचास हजार) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।  पीडित संख्या :- १ जना ।