“ठगी (अनुचित लेनदेन) तथा आपराधिक विश्वासघात मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८३-०४-०१
- A
- A-
- A+
घटना विवरण:-
गोविन्द कुमार साह समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बलराम साह समेत भएको ठगी (अनुचित लेनदेन) तथा आपराधिक विश्वासघात मुद्दामा सम्मानित धनुषा
जिल्ला अदालतबाट मिति २०८३।०३।२९ गते पक्राउ अनुमती प्राप्त भई फरार रहेका जिल्ला धनुषा जनकपुरधाम उ.म.न.पा. वडा नं.
१६ घर भई हाल जिल्ला ललितपुर
महालक्ष्मी न.पा. वडा नं. ४ हात्तिवन बस्ने वर्ष ३२ को हरेराम साहलाई यस कार्यालयबाट खटिगएको
प्रहरी टोलीले मिति २०८३।०३।३१ गते अं २०:०० बजेको समयमा जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ४
हात्तिवनबाट
पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, धनुषा
पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नामः- हरेराम साह
उमेरः- ३२ बर्ष
ठेगानाः- जिल्ला धनुषा, जनकपुरधाम उ.म.न.पा. वडा नं. १६ घरभई हाल जिल्ला ललितपुर
महालक्ष्मी न.पा. वडा नं. ४ हात्तिवन बस्ने ।
जम्मा बिगो रकमः- रु.४,००,००,०००।– ( चार
करोड मात्र )