प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“२१६.३९ ग्राम लागू औषध (खैरो हिरोइन) सहित मानिस पक्राउ ”

२०८३-०४-०१

  • A
  • A-
  • A+
Share

घटना विवरण:-

जिल्ला काठमाडौं तारकेश्वर न.पा. वडा नं. ७ फुटुङ  एरियामा लागू औषध ओसार-पसार तथा वेचविखन भई रहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८/०३/३२ गते जिल्ला काठमाडौं तारकेश्वर न.पा. वडा नं. ७ फुटुङ स्थित लोक बहादुर जिरेल र सुनिता छन्त्याललाई नियन्त्रणमा लिई कानून बमोजिम शरीर तथा घर-कोठाको खानतलासी गर्दा उक्त कोठा भित्र लागू औषध खैरो हेरोइन जस्तो देखिने लेसिलो बस्तु (प्लाष्टिक सहितको तौल २५.८२ ग्राम, प्लाष्टिक हटाई तौल गर्दा २५.३९ ग्राम) समेत बरामद गरी थप अनुसन्धानको क्रममा जिल्ला सप्तरी हनुमाननगर योगिनीमाई न.पा. वडा नं. ५ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २६ सुनाकोठी दृश्यटोल बस्ने भागेश्वर कुमार मेहतालाई पक्राउ गरी कानून बमोजिम शरीर कोठाको रितपुर्वक खानतलासी गर्दा उक्त कोठामा लागू औषध खैरो हेरोइन जस्तो देखिने लेसिलो बस्तु (प्लाष्टिक सहितको तौल १९९ ग्राम र प्लाष्टिक हटाई तौल गर्दा १९१ ग्राम) मिति २०८३।०४।०१ गते पक्राउ गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाईएको  


पक्राउ व्यक्तिहरुको विवरणः- 

१.      नाम थर : लोक बहादुर जिरेल

उमेर : ४८ वर्ष

ठेगाना: जिल्ला दोलखा गौरीशंकर गाउँपालिका वडा नं. १

हालः जिल्ला काठमाडौं तारकेश्वर न.पा. वडा नं. ७ फुटुङ


२. नाम थर : सुनिता छन्त्याल

उमेर : ४१ वर्ष

ठेगाना: जिल्ला बागलुङ तमानखोला गाउँपालिका वडा नं. ५

हालः जिल्ला काठमाडौं तारकेश्वर न.पा. वडा नं. ७ फुटुङ


३. नाम थर : भागेश्वर कुमार मेहता 

उमेर : ३० वर्ष

ठेगाना: जिल्ला सप्तरी हनुमाननगर योगिनीमाई न.पा. वडा नं. ५ हालः जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २६ सुनाकोठी 

 


 

सम्बन्धित समाचार
“ कारागारवाट फरार प्रतिवादी पक्राउ ”
२०८३-०४-०४

घटना विवरण:-लागू औषध (खैरो हेरोईन) मुद्धामा पुर्पक्षको लागी केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा रहेको वर्ष ३५ को सुरेश तामाङ, मिति २०८२।०५।२४ गते कारागारवाट भागी फरार रहेकोमा निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८३।०४।०४ गते दिउँसा अं. १२:३० बजेको समयमा जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं.०६ जोरपाटीवाट पक्राउ गरी आवश्यक कारबाहीको लागी केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा,काठमाडौं पठाईएको ।पक्राउ परेको व्यक्तिको विवरणनाम थर:- सुरेश तामाङ उमेर:- ३५ बर्षस्थायी वतन:- जिल्ला नुवाकोट ककनी गा.पा. वडा नं. ०३ । हालको वतन:- जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं. ०६ ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-०४

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर       :- प्रदिप कुमार श्रेष्ठ   उमेर             :- २८ वर्ष    स्थायी वतन   :- जिल्ला ओखलढुङ्गा लिखु गा.पा. वडा नं.०३ ।    हाल             :- जिल्ला सुनसरी इटहरी उप.म.न.पा. वडा नं.१७ ।      देश              :- कम्बोडियारकम             :- रु.४,००,०००।– (चार लाख)पक्राउ मिति   :- २०८३/०४/०३ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३ । पीडित संख्या :- १ जना ।२. नाम थर       :- कविता वेल्वासे   उमेर             :- २४ वर्ष    स्थायी वतन   :- जिल्ला कपिलवस्तु शिवराज न.पा.वडा नं.१ ।       देश              :- यु.ए.इ.रकम             :- रु.१,८०,०००।–(एक लाख असी हजार)पक्राउ मिति   :- २०८३/०४/०४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौँ का.न.पा.वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“ बैंकिङ कसुर मद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८३-०४-०४

घटना विवरण:-डम्बर कुमारी धिताल खड्काको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेश बिष्ट भएको बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालतबाट मिति २०८२।०९।०३ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका प्रतिवादी राजेश बिष्टलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८३।०४।०२ गते १८:३० बजेको समयमा जिल्ला काठमाडौँ कागेश्वरी मनोहरा न.पा. वडा नं. ९ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त जगाती, भक्तपुर पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नामथरः- राजेश बिष्ट                                               उमेरः- ३६ वर्ष     ठेगानाः- जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा. वडा नं. ६    हालः- जिल्ला काठमाडौँ गोकर्णेश्वर न.पा. वडा नं. २ बस्ने      पक्राउ स्थानः- जिल्ला काठमाडौँ गोकर्णेश्वर न.पा. वडा नं. ९मुद्दाः- बैंकिङ कसुर बिगो रकमः- रु. ६,००,०००।–(छ लाख मात्र)

“ठगी (अनुचित लेनदेन) तथा आपराधिक विश्वासघात मुद्धाका फरार प्रतिवादी पक्राउ”
२०८३-०४-०१

घटना विवरण:-गोविन्द कुमार साह समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बलराम साह समेत भएको ठगी (अनुचित लेनदेन) तथा आपराधिक विश्वासघात मुद्दामा  सम्मानित धनुषा जिल्ला अदालतबाट मिति २०८३।०३।२९ गते पक्राउ अनुमती प्राप्त भई फरार रहेका जिल्ला धनुषा जनकपुरधाम उ.म.न.पा. वडा नं. १६ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ४ हात्तिवन बस्ने वर्ष ३२ को हरेराम साहलाई यस कार्यालयबाट खटिगएको प्रहरी टोलीले मिति २०८३।०३।३१ गते अं २०:०० बजेको समयमा जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ४ हात्तिवनबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, धनुषा पठाईएको । पक्राउ व्यक्तिको विवरण:-नामः- हरेराम साहउमेरः- ३२ बर्षठेगानाः- जिल्ला धनुषा, जनकपुरधाम उ.म.न.पा. वडा नं. १६ घरभई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ४ हात्तिवन बस्ने । जम्मा बिगो रकमः- रु.४,००,००,०००।– ( चार करोड मात्र )

“वैदेशिक रोजगारीको लागि हंगेरी पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-११-०१

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि हंगेरी लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नाम थर      :- महेश तामाङ   उमेर            :- ५६ वर्ष    स्थायी वतन  :- जिल्ला दोलखा कालिन्चोक गा.पा. वडा नं.४ ।   हाल           :- जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं.८ ।देश             :- हंगेरीविगो रकम    :- रु.३,००,०००।– (तीन लाख)पक्राउ मिति   :- २०८२/११/०१  गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।