प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“जब सेन्टरको नाममा ठगि गर्ने गिरोह पक्राउ ”

२०७८-११-२३

  • A
  • A-
  • A+
Share


            उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगिमा परेको भनि निवेदन आए पश्चात प्रारम्भिक अनुसन्धान गरी  यस महाशाखाबाट मिति २०७८।११।२२ गते खटि गएको विशेष प्रहरी टोलीले काठमाण्डौको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगाएतका स्थानबाट   ठगिमा   सक्रिय ब्यक्तिहरु पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र  बालाजुमा पठाईएको ।

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरुः

·       उल्लेखित जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरु दर्ता गर्ने र उक्त कम्पनिहरुले सामाजिक सञ्जाल,पत्रपत्रिका , प्रचारपम्पलेट का माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फारम भर्ने बहानामा रु ३०० देखी रु ५०० सम्म फारम चार्ज तथा १०००।– देखि ६०००।– सम्म जब ग्यारेन्टि शुल्क लिने गरेको पाईएको ।

·       फारम भर्ने व्यक्तिहरुलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको पाईएको ।

·       कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई  तपाईको जागिर पक्का भईसकेको छ भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाईएको ।

       

पक्राउ परेका व्यक्तिहरु

१.      जिल्ला  अर्घखाँची छत्रदेव गा.पा. वडा नं. ६ ठुलापोखरी  घर भई हाल जिल्ला भक्तपुर , लोकन्थली बस्ने का.जि. का.म.न.पा.१० नयाँ बानेश्वर स्थित Society Welfare facilities management services Pvt.Ltd. का सञ्चालक वर्ष २६ को अमर पाण्डे।

२.      जिल्ला अर्घखाँची छत्रदेव गा.पा. वडा न. ६  घर भई हाल जि. काठमाण्डौ पेप्सिकोला बस्ने वर्ष ३२ को तिलकराम पाण्डे ।

३.      जिल्ला लमजुङ दुधपोखरी गा.पा. २  घर भई हाल का.जि. तारकेश्वर न.पा.  जरखुं बस्ने का.जि. का.म. न.पा. १६ बालाजु स्थित  दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर का  सञ्चालक वर्ष २२ को आनन्द मरहठ्ठा ।

४.      जिल्ला सिराहा , सिराहा न.पा. वडा नं. १९ घर भई हाल जिल्ला ललितपुर सानोगाँउ बस्ने  का.जि. का.म.न.पा. ३२ कोटेश्वर स्थित NN Multipurpose Pvt.Ltd. का सञ्चालक  वर्ष २३ को विवेक यादव ।

५.      जिल्ला ओखलढुङगा सिद्दिचरण न.पा.वडा नं. ३ अधेँरी घर भई हाल का.जि. कपन बस्ने का.जि. का.म.न.पा.वडा ‍नं. ३२ आकाशेपुल स्थित -ABS Job and training Center pvt.Ltd  र हलेसी सेक्युरिटी सर्भिस प्रा.लि.का सञ्चालक  वर्ष २८ का अश्विन राई ।

६.      जिल्ला सिन्धुली फिक्कल गा.पा. वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ जडिबुटी बस्ने का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित सिन्धु रोजगारी सेवा का  सञ्चालक वर्ष २२ का घनश्याम पहाडी ।

७.      जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ जडिबुटी बस्ने का.जि. चाबहिल स्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रा.लि. का सञ्चालिका वर्ष २५ की सृजना लामिछाने ।

८.      जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका – ४ घर भई हाल काठमाण्डौ जिल्ला कोटेश्वर बस्ने का.जि.का.म.न.पा. ३२ कोटेश्वर स्थित Quickmandu MP Pvt.Ltd.का सञ्चालिका वर्ष ४० की ज्ञानु न्यौपाने।

९.      जिल्ला रौतहट मौलापुर गाँउपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ कोटेश्वर बस्ने का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित अनमोल जब मल्टिपल प्रा. लि.का सञ्चालक वर्ष २२ का रामवचन कुमार यावद ।

  पुनश्च: उपत्यकाका विभिन्न स्थानमा जागिर लगाईदिने प्रलोभनमा ठगि भईरहेको पाईएकाले रोजगारदाता कम्पनिको पृष्ठभुमि अध्ययन गर्नु हुन सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ ।  

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१४

घटना विवरणः बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- पवन कुमार के.सी.(बिक्रम)    उमेर             :- ३२ वर्ष     स्थायी वतन   :- जिल्ला दाङ राप्ती गा.पा. वडा नं.०६ ।     हाल             :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.१० ।       देश              :- सिंगापुर       रकम            :- रु.७,००,०००।– (सात लाख)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१० । पीडित संख्या :- २ जना ।२.  नाम थर        :- सुधिर प्रसाद जयसवाल     उमेर             :- २१ वर्ष      स्थायी वतन   :- जिल्ला रौतहट फतुवा विजयपुर न.पा.  वडा नं.०४ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०३ ।        देश              :- साईप्रस रकम            :- रु.१,००,०००।– (एक लाख) पक्राउ मिति   :- २०८३/०४/१४ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.०९ ।  पीडित संख्या :- १  जना ।३. नाम थर         :- लक्ष्मी खड्का    उमेर             :- ३८ वर्ष     स्थायी वतन   :- जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा. वडा नं.०२ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२५ ।       देश              :- रोमानिया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“ लागू औषध (खैरो हिरोइन) सहित मानिसहरु पक्राउ ”
२०८३-०४-१३

घटना विवरण:-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु लगायतका वडा एरियामा लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) ओसारपसार तथा वेचविखन भई रहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३/०४/१२ गते अं १९;०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.१२ टेकु मयलवारीमा बा ४६ प १६२ नम्बरको स्कुटर रोकी बसेका निम्न मानिसहरूलाई पक्राउ गरी निम्न परिमाणमा रहेको लागु औषध खैरो हेरोइन जस्तो वस्तु लगायतका दसीहरू  बरामद गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला काभ्रे धुलिखेल न.पा.वडा नं ०३ आचार्यगाँउ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ६८ को  उद्धव आचार्य । २.     जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ४० को कृष्ण खड्गी ।

“ बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार प्रतिवादी पक्राउ”
२०८३-०४-१३

घटना विवरण:-वादी नेपाल सरकार प्रतिवादी जिल्ला संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध नयाँ बस्ती बस्ने वर्ष ५९ को दुर्गा बहादुर भण्डारी भएको २ (दुई) वटा बैंकिङ कसुर (मुद्दा नं. ०८०-C१- ४२२१ र  ०८०-C१- ४२२२) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालत, ववरमहलको मिति २०८१/०२/१७ गतेको फैसलाले कैदः ८ (आठ) दिन र  जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ठहरी फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.६ बौद्धबाट पक्राउ गरी मिति २०८३।०४।१३ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराईएको । निम्नःनामथर: दुर्गा बहादुर भण्डारी,उमेर: ५९ वर्ष,ठेगाना: जि.संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जि.काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध बस्ने  । मुद्दा: बैंकिङ कसुर (मुद्दा नं.०८०-C१- ४२२१ र ०८०-C१- ४२२२) पक्राउ स्थान: जि.काठमाडौं का.म.न.पा. वडा नं. ०६ बौद्ध  । सजायः कैदः ८(आठ) दिन र जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- लाक्पा शेर्पा    उमेर             :- ४३ वर्ष     स्थायी वतन   :- जिल्ला तेह्रथुम छथर गा.पा. वडा नं.०१ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३२ ।       देश              :- जर्जिया       रकम            :- रु.५,५०,०००।– (पाँच लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।पीडित संख्या :- २ जना ।  २.  नाम थर        :- कालिका रोक्का     उमेर             :- ३९ वर्ष      स्थायी वतन   :- जिल्ला नवलपरासी पुर्व मध्यविन्दु न.पा. वडा नं.०८ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।        देश              :- यु.के. रकम            :- रु.५,००,०००।– (पाँच लाख) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।  पीडित संख्या :- १  जना ।

“अभद्र व्यवहार गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

 मिति २०८३।०४।१२ गते दिउसो अं.१५:४० बजेको समयमा जिल्ला कठमाडौं का.म.न.पा.वडा नं.१२ टेकु स्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण मानिस तथा महिलाहरु समेतलाई गाली गलौज गर्ने धाकधम्की तथा दु:ख हैरानी दिइ अभद्र व्यवहर गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा मिति २०८३/०४/१२ गते यस कार्यालयबाट खटिइ गएको प्रहरी टोलिले उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरूलाई फेला पारी सोधपुछ गर्ने क्रममा निजहरुले सार्वजनिक स्थानमा प्रहरी कर्मचारीहरु सँग समेत अभद्र व्यवहार गरेको हुँदा निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला मकवानपुर बागमती गा.पा.वडा नं.०४ स्थाई गर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.२५ बस्ने नारायण सिंह घिसिङको छोरा वर्ष ३४ को राज घिसिङ । २.     जिल्ला सिन्धुली गोलञ्जोर गा.पा.वडा नं.०१ स्थाई घर भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०७ बस्ने हरी प्रसाद पहाडीको छोरा वर्ष ४१ को दिपक पहाडी ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१२

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- गणेश बहादुर कार्की    उमेर             :- ४६ वर्ष     स्थायी वतन   :- जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं.११ ।     हाल             :- जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं.०६ ।       देश              :- सर्विया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/११ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०६ । पीडित संख्या :- १ जना ।२.  नाम थर        :- झगे बि.क.     उमेर             :- ४७ वर्ष      स्थायी वतन   :- जिल्ला दाङ दंगीशरण गा.पा. वडा नं.०२ ।      हाल             :- जिल्ला काठमाडौं नागार्जुन न.पा. वडा नं.०४ ।        देश              :- युरोप रकम            :- रु.३०,००,०००।– (तीस लाख) पक्राउ मिति   :- २०८३/०४/११ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२१ ।  पीडित संख्या :- ३ जना ।३. नाम थर         :- कमल श्रेष्ठ    उमेर             :- ३४ वर्ष     स्थायी वतन   :- जिल्ला चितवन खैरहनी न.पा. वडा नं.०३ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ ।       देश              :- अजरबैजान       रकम            :- रु.४,००,०००।– (चार लाख)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ । पीडित संख्या :- १ जना ।४.  नाम थर        :- शारदा श्रेष्ठ     उमेर             :- ६१ वर्ष      स्थायी वतन   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।      देश              :- फ्रान्स रकम            :- रु.७,५०,०००।– (सात लाख पचास हजार) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।  पीडित संख्या :- १ जना ।