“ सुन तथा चाँदीका गरगहना र स्कुटर चोरी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८३-०४-०५
- A
- A-
- A+
घटना विवरण:-
मिति २०८३।०२।२९ गते जिल्ला काठमाडौँ, का.म.न.पा. वडा नं. ६ पशुपती मार्ग स्थित घरमा कोही नभएको मौका पारी घरको ढोकाको ताला फोडी घर भित्र प्रवेश गरी कोठामा रहेको सुन चाँदीको गरगहना, नगद र मिति २०८३।०३।३० गते का.जि.का.म.न.पा. वडा नं. ३ महाराजगंज स्थित कान्तीबाल अस्पतालको पार्किङबाट होण्डा कम्पनीको डियो स्कुटर समेत चोरी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८३।०४।०४ गते काठमाडौँ जिल्लाको विभिन्न स्थानहरुबाट उक्त घटनामा संलग्न तपशिलमा उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त वौद्ध, काठमाडौँ पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः-
१. नामथरः-
दिपेश लिम्बु २.
नामथरः- अमर भन्ने अर्मस लामा
उमेरः-
२१ वर्ष उमेरः- १९ बर्ष
ठेगानाः- जिल्ला मोरङ लेटाङ न.पा. वडा नं. ५ ठेगानाः- जिल्ला काभ्रपलान्चोक रोशी गा.पा. वडा
नं. १
हालः- का.जि. बु.न.पा. वडा नं. २ नाराणथान
बस्ने हालः- का.जि.का.म.न.पा. वडा नं. ९ सिनामंगल
३. नामथरः- अजय लामा
उमेरः- ३० वर्ष
ठेगानाः- जिल्ला सिन्धुपाल्चोक भोटेकोशी
गा.पा. वडा नं. १
हालः- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा
नं. ५ इमाडोल
बस्ने