“ वैदेशिक रोजगारीको लागि लक्समबर्ग पठाईदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८३-०४-०५
- A
- A-
- A+
घटना विवरण:-
जय बहादुर गुरुङ समेतको जाहेरीले वादी नेपाल सरकार
प्रतिवादी कृष्ण पुन भएको वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणबाट पक्राउ
अनुमति प्राप्त भई फरार रहेका प्रतिवादीहरू कृष्ण पुनलाई यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८३।०४।०५ गते अं.१४:३० बजेको समयमा जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३ बासवारीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।
पक्राउ व्यक्तिको विवरणः
१.
नाम थर :- कृष्ण पुन
उमेर
:- ३८ वर्ष
ठेगाना:- जिल्ला रुपन्देही तिलोत्तमा न.पा.वडा नं.४
हालः- जिल्ला काठमाडौँ का.म.न.पा. वडा नं.०३ महाराजगंज