“ कारागारबाट फरार कैदी पक्राउ ”
२०८३-०४-०८
- A
- A-
- A+
घटना विवरण:-
मिति २०८२।०५।२४ गतेको प्रदर्शनको क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल सुन्धारा, काठमाडौँमा मुद्रा सम्बन्धी कसुर मुद्दामा कैद सजाय भुक्तानी गर्दै गरेको अवस्थामा उक्त कारागारबाट भागी फरार रहेका विशाल भन्ने छत्र बहादुर कार्कीलाई खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बनेपा, काभ्रेपलान्चोकको समन्वयमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८३।०४।०७ गते जिल्ला काभ्रेपलान्चोक पनौती न.पा. वडा नं. ५ चौकोटबाट पक्राउ गरी केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धारा, काठमाडौँ पठाईएको ।
पक्राउ कैदीको विवरणः-
१. नामथरः-
विशाल भन्ने छत्र बहादुर कार्की
उमेरः-
४७ वर्ष
ठेगानाः- जिल्ला ओखलढुंगा चम्पादेवी गा.पा. वडा
नं. ९
हालः- जिल्ला काभ्रपलान्चोक पनौती न.पा. वडा
नं. ५ बस्ने
मुद्दाः- मुद्रा सम्बन्धी कसुर
कैद सजायः- १ बर्ष ६ महिना कैद र रु. १०,०००।- जरिवाना
पक्राउ स्थानः-
जिल्ला काभ्रेपलान्चोक पनौती न.पा. वडा नं. ५ चौकोट