“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-०८
- A
- A-
- A+
घटना विवरण:-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः-
१. नाम थर :- राज
कुमार भण्डारी
उमेर
:- ५१ वर्ष
स्थायी वतन :- जिल्ला रुपन्देही मायादेवी गा.पा. वडा नं.०६
।
हाल :- जिल्ला काठमाडौं
तारकेश्वर न.पा. वडा नं.१० ।
देश :- न्युजिल्यान्ड
रकम :- रु.३,००,०००।–
(तिन लाख)
पक्राउ मिति :- २०८३/०४/०८
गते ।
पक्राउ स्थान :- जिल्ला
काठमाडौं तारकेश्वर न.पा. वडा नं.१० ।
पीडित संख्या :- २ जना ।
२. नाम थर
:- सुरेश
घिमिरे
उमेर :- २९ वर्ष
स्थायी वतन
:- जिल्ला ओखलढुङगा लिखुतामाकोशी गा.पा. वडा नं.०९ ।
हाल :- जिल्ला काठमाडौं बुढानिलकण्ठ
न.पा. वडा नं.१२ ।
देश :- पोर्चुगल
रकम
:- रु.१८,००,०००।– (अठार लाख )
पक्राउ मिति
:- २०८३/०४/०८ गते ।
पक्राउ स्थान
:- जिल्ला काठमाडौं का.म.न.पा.वडा
नं.०७ ।
पीडित संख्या :- १ जना ।