“वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ"
२०८३-०४-११
- A
- A-
- A+
घटना विवरण
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि जर्जिया लगायतका देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि जर्जिया लगायतका
देशहरुमा नपठाई सम्पर्क
विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान
हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न
प्रतिवादीलाई जिल्ला काठमाडौं का.म.न.पा.
वडा नं.०९ शंखमुलबाट पक्राउ गरी
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरणः-
१. नाम थर :- केशव
बहादुर शाही
उमेर
:- ४१ वर्ष
स्थायी वतन :- जिल्ला दैलेख महावु गा.पा. वडा नं.०४ ।
हाल :- जिल्ला ललितपुर
ललितपुर म.न.पा. वडा नं.०९ ।
देश :- जर्जिया लगायतका देशहरु
रकम :- रु.८८,५०,०००।–
(अठासी लाख पचास हजार)
पक्राउ मिति :- २०८३/०४/१०
गते ।
पक्राउ स्थान :- जिल्ला
काठमाडौं का.म.न.पा. वडा नं.०९ ।