“अभद्र व्यवहार गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-११
- A
- A-
- A+
घटना विवरण
मिति
२०८३।०४।०९ गते दिउसो अं.१५:०० बजेको समयमा
जिल्ला कठमाडौं का.म.न.पा.वडा नं.१२ टेकु स्थित सार्वजनिक स्थानमा आवत जावत
गर्ने सर्वसाधारण
मानिस तथा महिलाहरु समेतलाई गाली गलौज गर्ने धाकधम्की तथा दु:ख
हैरानी दिइ अभद्र व्यवहर गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्याउने
कार्य गरेको भन्ने सूचनाको आधारमा मिति २०८३/०४/०९ गते यस कार्यालयबाट खटिइ गएको प्रहरी
टोलिले उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरूलाई फेला पारी सोधपुछ गर्ने क्रममा
निजहरुले सार्वजनिक स्थानमा प्रहरी कर्मचारीहरु सँग समेत अभद्र व्यवहार गरेको
हुँदा निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त
कालिमाटी, काठमाडौंमा पठाईएको ।
पक्राउ
व्यक्तिहरुको विवरणः-
१.
जिल्ला मकवानपुर राक्सीराङ
गा.पा.वडा नं.०८ स्थाई गर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा.वडा नं.०९ बस्ने
डम्बर बहादुर मोक्तानको छोरा वर्ष ४२ को आशिष मोक्तान ।
२.
जिल्ला काभ्रेपलान्चोक
महाभारत गा.पा.वडा नं. ०६ स्थाई घर भई हाल जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा
नं.०६ बस्ने बिर सिंह मोक्तानको छोरा वर्ष ४१ को लोकमान मोक्तान ।
३.
जिल्ला काभ्रेपलान्चोक
महाभारत गा.पा.वडा नं. ०६ स्थाई घर भई हाल जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा
नं.०६ बस्ने अमृत सिंह मोक्तानको छोरा वर्ष ४४ को मोहन सिंह मोक्तान ।