प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने ब्यक्तिहरु पक्राउ "

२०७९-०१-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं उपत्यकामा केहि व्यक्तिहरु राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनिमय, निर्देशन, आदेश बिपरित क्रिप्टोकरेन्सीको बित्तिय कारोवारमा सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा निजहरुको निग्रानी राख्न यस महाशाखाबाट बिषेश टोली परिचालन गरिएकोमा नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सीहरु बिटक्वाइन (BTC), USDT, Solana, Ethereum लगातयका बिभिन्न करेन्सीहरुको अबैध कारोबारमा सक्रिय रहेका तपसिलमा उल्लेखित ठेगाना भएका अनुप मिश्र, दिपेश थापा, राहुल चचान समेतका व्यक्तिहरुलाई मिति २०७९।०१।०४ र ०५ गते काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न निजहरुले प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरि अनुसन्धान गर्दा निजहरुले हालसम्म जम्मा रु. ६६,७९,७९,९८३ ।- (रु. छैसठ्ठी करोड उनानसी लाख उनानसी हजार नौ सय त्रियासी मात्र ।-) रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएकोमा निजहरुलाई बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवाश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको ।
अनुसन्धानबाट खुलेका बिवरण:
१. पक्राउ परेका व्यक्तिहरु मध्ये अनुप मिश्रले सन् २०२१ मे देखि हालसम्म BINANCE Account प्रयोग गरि USDT, ETH, SHIB, ADA, VET, ALPHA लगायतका २० वटा क्रिप्टो करेन्सीहरु जम्मा नेपाली रुपैयाँ रू.३५,४६,८३,६११.४४ ।– (पैतिस करोड छयालिस लाख त्रीयासी हजार छ सय एघार रुपैयाँ चौवालिस पैसा) बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो BINANCE Account मा जम्मा USD 12,832.13 (अमेरिकी डलर बाह्र हजार आठ सय बत्तिस दशमलव तेह्र) बराबरको 0.31736919 बिट क्वाईन मौज्दात रहेको देखिएको ।
२. अर्का पक्राउ परेका व्यक्ति दिपेश थापाले सन् २०२१ मे देखि हालसम्म २ वटा BINANCE Account मार्फत् BTT, USDT, DOGE लगायतका ७ वटा क्रिप्टो करेन्सीहरु मार्फत् जम्मा नेपाली रु. २४,७९,५६,९१८।– ( रु. चौबिस करोड उनानसी लाख छपन्न हजार नौ सय अठार।-) बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो BINANCE Account मा जम्मा USD 1399.80 (अमेरिकी डलर एक सय पैतालिस दशमलव चालिस) बराबरको 0.03601392 बिट क्वाईन मौज्दात रहेको देखिएको ।
३. पक्राउ परेका राहुल चचानले करिब १ बर्ष अघि देखि हालसम्म USDT, SHIB, LDSHIB2, ETH, ATA, XEC लगायतका २० वटा क्रिप्टो करेन्सीहरु जम्मा नेपाली रु. ६,५३,३९,४३९.३२।– (रु. छ करोड त्रिपन्न लाख उनान्चालिस हजार चारसय उनान्चालिस रुपैया बत्तिस पैसा मात्र ।-) बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो BINANCE Account मा जम्मा USD 651 (अमेरिकी डलर छ सय एकाउन्न मात्र) बराबरको बिट क्वाईन मौज्दात रहेको देखिएको ।
४. निजहरुले दैनिक पाँच हजार देखि ५० हजार सम्म USDT को कारोबार गर्ने गरेको, त्यस्ता क्रिप्टोहरु 1x Bet, Hyper fund लगातयका अनलाईन प्लेफर्महरुमा इन्भेष्ट हुने गरेको । साथै व्यापरिक प्रयोजनका सामाग्रीहरु बिदेशबाट आयात गर्दा समेत अनलाइन मार्फत् क्रिप्टोकै रुपमा पेमेन्ट गर्न प्रयोग गर्ने गरेको ।
५. अबैध भएकाले क्रिप्टोको कारोबार गर्ने व्यक्तिहरुले आफ्नो पहिचान गोप्य राखी अन्य सयौ जना व्यक्तिहरु प्रयोग गरि तिनका नाममा बैंक खाता र BINANCE Account खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो ट्रेड गर्न प्रोत्साहित गर्दै प्रयोग गरेको देखिएको ।
पक्राउ परेको व्यक्तिहरु :-
१.नाम : अनुप मिश्र
उमेर : २२ बर्ष
ठेगाना : जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. १
हाल : का.जि. का.म.न.पा. १६, सोह्रखुट्टे
२.नाम : दिपेश थापा
उमेर : २४ बर्ष
ठेगाना : जिल्ला काभ्रेपलाञ्चोक पनौति न.पा. वडा नं. ०१
हाल: का.जि. का.म.न.पा. १७, क्षेत्रपाटी
३. नाम : राहुल चचान
उमेर : २७ बर्ष
ठेगाना : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१३ बाफल

सम्बन्धित समाचार
“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०६-१८

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी  दुबई लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्तिहरु:-१.   नाम थर  :- हरक सिंह धामीउमेर    :-   २७ वर्ष      वतन   :- जिल्ला दार्चुला ब्यास न.पा. वडा नं. ०३ । हाल   :-  जिल्ला काठमाण्डौं किर्तीपुर न.पा. वडा नं. ०२ ।बिगो रकम  :- रु. १,४०,०००।– ( अक्षरेपि एक लाख चालिस हजार मात्र ) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं किर्तीपुर न.पा. वडा नं. ०२ नयाँबजार ।पक्राउ मिति :- २०८१।०६।१८  गते ।पीडित संख्या  :- १ जना   २.   नाम थर  :-  हरि रम्तेल उमेर    :-  ३३ वर्ष      वतन   :- जिल्ला धादिङ ज्वालामुखी गा.पा. वडा नं. ०४ । हाल   :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. ०९ ।बिगो रकम  :- रु. १,५०,०००।– ( अक्षरेपि एक लाख पचाँस हजार मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु  ।पक्राउ मिति :- २०८१।०६।१८ गते । पीडित संख्या  :- १ जना

“वैदेशिक रोजगारमा बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०६-१६

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा श्रीमान श्रीमतीको मिलेमतोमा विदेश पठाउने भनी ठगी गर्ने गरेका निम्न दम्पतीलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०३ बसुन्धराबाट मिति २०८१।०६।१६ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- टंक प्रसाद सुवेदी ( उमेर :- ४१ वर्ष )वतन   :- जिल्ला मोरङ सुन्दरहरैँचा  न.पा. वडा नं. ०९ ।२. नाम थर :- निता गौतम सुवेदी ( उमेर :- ४४ वर्ष )वतन :- जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. ०८ ।हाल  दुवै जना :- जिल्ला काठमाण्डौं का.म. न.पा. वडा नं. ०३ बसुन्धरा ।बिगो रकम  :- रु. ५,४०,०००।– ( पाँच लाख चालिस हजार) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं  का.म.न.पा.वडा नं. ०३ बसुन्धरा ।पक्राउ मिति :- २०८१।०६।१६ गते । पीडित संख्या  :- ३ जना 

“भिसा अवधी समाप्त पश्चात ग्रैहकानूनी तवरले बसिरहेका बंगलादेशी नागरिकहरू पक्राउ”
२०८१-०६-१५

बंगलादेशी नागरीकहरू बिभिन्न मितिमा नेपाल प्रवेश गरी ग्रैहकानूनी ढंगले बसोबास गर्नुको साथै शंकास्पद गतिविधिहरुमा संलग्न रहेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटिएको विशेष टोलिले मिति २०८१।०६।१४ गते का.जि.का.म.न.पा. ठमेल तथा सोह्रखुट्टे एरियाबाट भिषा अवधि समाप्त पश्चात ग्रैहकानूनी तवरले बसिरहेका बंगलादेशी नागरिक MOKHLES समेत १५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग, कालिकास्थान काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्तिहरू :१. नामः MOKHLESउमेरः ४० वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल२. नामः AMIRUL ISLAM ROBINउमेरः २० वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल३. नामः MASUD SIKARIउमेरः ३५ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल४. नामः MUSA DHALIउमेरः २५ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल५. नामः MD MUSHARROF HOSSAINउमेरः २० वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल६. नामः SOJIB MIAHउमेरः २४ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल  ७. नामः MD AL AMINउमेरः २० वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल८. नामः MD ANWAR HOSSAINउमेरः ४४ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल९. नामः SALMAN MIAHउमेरः २२ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल१०. नामः SALEH AHMED REJUONEउमेरः २१ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल११. नामः MD ABU SALEHउमेरः ३१ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल१२. नामः MD NUR ALOMउमेरः २० वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल१३. नामः MD MONIR HOSSENउमेरः ३९ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल१४. नामः MD HAFIZ UDDINउमेरः २७ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल१५. नामः KAMRUL HASANउमेरः २१ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल

“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०६-१५

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र दुबई लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- सुदन राज अमात्यउमेर    :-   ३४ वर्ष      वतन   :- भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. ०९ गच्छेटोल ।हाल  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०७ ।  बिगो रकम  :- रु. ५,००,०००।– ( अक्षरेपि पाँच लाख मात्र ) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २८ पुतलीसडक ।पक्राउ मिति :- २०८१।०६।१५  गते ।पीडित संख्या  :- १ जना   २.   नाम थर  :-  अन्जना चौलागाई उमेर    :-  २८ वर्ष      वतन   :- जिल्ला नुवाकोट तादी गा.पा. वडा नं. ०३ ।हाल  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०९ नयाँबसपार्क  ।बिगो रकम  :- रु. २,९०,०००।– ( अक्षरेपि दुई लाख नब्बे हजार मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०९ नयाँबसपार्क  ।पक्राउ मिति :- २०८१।०६।१५ गते ।पीडित संख्या  :- १ जना      ३. नाम थर  :- बिन्दु के.सी. उमेर    :-   ३५ वर्ष       वतन   :- जिल्ला गुल्मी मालिका गा.पा. वडा नं. ०६। हाल  :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. ०२ गोदावरी  । बिगो रकम  :- रु. १,०५,०००।– ( अक्षरेपि एक लाख पाँच हजार मात्र )  पक्राउ स्थान  :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. ०२ गोदावरी  । पक्राउ मिति :- २०८१।०६।१५  गते ।           पीडित संख्या  :- १ जना   

“वैदेशिक रोजगारमा कतार पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०६-०९

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी कतार लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा. वडा नं. १५  तीनथानाबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :-  खालिक खान उमेर    :-  ३१ वर्ष      वतन   :- जिल्ला सर्लाही मलंगवा न.पा. वडा नं. ०६ ।हाल  :- जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा. वडा नं. १५  ।बिगो रकम  :- रु. ८०,०००।– (असी हजार)पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा. वडा नं. १५  तीनथाना ।पक्राउ मिति :- २०८१।०६।०९ गते । पीडित संख्या  :- १ जना

“वैदेशिक रोजगारमा टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०६-०८

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा टर्की लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १३ बाफलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :-  लिला बहादुर खड्का उमेर    :-  ५१ वर्ष      वतन   :- जिल्ला कपिलवस्तु बाणगंगा न.पा . वडा नं. ०७ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकी  ।बिगो रकम  :- रु. ७,००,०००।– ( अक्षरेपि सात लाख मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १३ बाफल  ।पक्राउ मिति :- २०८१।०६।०८ गते । पीडित संख्या  :- १ जना