“ कर्तब्य ज्यान तथा डाँका चोरी मुद्धामा फरार अभियुक्त दुई बर्ष पछि पक्राउ”
२०७९-०३-१०
- A
- A-
- A+
मिति २०७७/०२/२१ गते अं. ०८:३० बजे जिल्ला मोरङ सुन्दर हरैचा न.पा. वडा नं. ९ घर भई का.जि. का.म.न.पा. वडा नं.-०७ कुमारीगाल बस्ने वर्ष -१९ को उज्वल काफ्ले मृत फेला परेको घटनाको अनुसन्धान गर्दा निज मृतकलाई का.जि. का.म.न.पा. वडा नं.-७ गौरीघाट बस्ने बिबेक मल्लले Methadone नामको औषधी खुवाईएको र सो पश्चात निजको मृत्यु भएको भन्ने खुल्न आएको तथा उपत्यकाको विभिन्न ठाउँमा डाँका चोरी मुद्धामा फरार भएका विवेक मल्ललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलास गर्ने क्रममा मिति २०७९/०३/०९ गते जिल्ला उदयपुर कटारी न.पा. वडा नं.-६ चुहाडबाट पक्राउ गरी थप आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त गौशाला पठाईएको ।
पक्राउ अभियुक्त:
नाम :
बिवेक मल्ल
उमेर : २५ वर्ष
ठेगाना : का.जि. का.म.न.पा. वडा नं.-७ गौरीघाट ।