“स्लोभाकियामा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ”
२०७९-०३-१४
- A
- A-
- A+
जिल्ला नवलपुर कावासोती न.पा. वडा नं. १६ डण्डा स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० नयाँबानेश्वर बस्ने वर्ष ३० को रोशन भण्डारी समेत ३ जनालाई का.जि. गोङ्गबु स्थित ग्लोबल भिलेज सोर्स प्रा.लि. मा कार्यरत जिल्ला गुल्मी धुरकोट गा.पा. वडा नं. ६ स्थाई घर भई हाल का.जि. सामाखुशी बस्ने वर्ष ३२ को ईन्द्र बहादुर पछाई समेतले स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति रु. ९,५०,०००/-( अक्षेरुपी नौ लाख पचास हजार रुपैयाँ मात्र ) लाग्छ स्लोभाकिया पुगेपछि प्रतिष्ठित Agriculture कम्पनीमा काम लगाइदिन्छु मासिक रु. १,३०,००० सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निजहरूबाट जम्मा रु. ५,००,०००/- (अक्षरुपी पाँच लाख रुपैयाँ मात्र) रकम लिई आजभोली भन्दै आलटाल गरी सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज ईन्द्र बहादुर पछाईको खोजतलास गर्ने क्रममा मिति २०७९।०३।१३ गते अं. साँझ १७:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २६ गोङ्गबुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : ईन्द्र
बहादुर पछाई
उमेर : ३२
वर्ष
वतन : जिल्ला
गुल्मी धुरकोट गा.पा. वडा नं. ६ स्थाई घर भई हाल का.जि. सामाखुशी