प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“स्लोभाकियामा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ”

२०७९-०३-१४

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपुर कावासोती न.पा. वडा नं. १६ डण्डा स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० नयाँबानेश्वर बस्ने वर्ष ३० को रोशन भण्डारी समेत ३ जनालाई का.जि. गोङ्गबु स्थित ग्लोबल भिलेज सोर्स प्रा.लि. मा कार्यरत जिल्ला गुल्मी धुरकोट गा.पा. वडा नं. ६ स्थाई घर भई हाल का.जि. सामाखुशी बस्ने वर्ष ३२ को ईन्द्र बहादुर पछाई समेतले स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति रु. ९,५०,०००/-( अक्षेरुपी नौ लाख पचास हजार रुपैयाँ मात्र ) लाग्छ स्लोभाकिया पुगेपछि प्रतिष्ठित Agriculture कम्पनीमा काम लगाइदिन्छु मासिक रु. १,३०,००० सम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निजहरूबाट जम्मा रु. ५,००,०००/- (अक्षरुपी पाँच लाख रुपैयाँ मात्र) रकम लिई  आजभोली भन्दै आलटाल गरी सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज ईन्द्र बहादुर पछाईको खोजतलास गर्ने क्रममा मिति २०७९।०३।१३ गते अं. साँझ १७:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. २६ गोङ्गबुबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।  

निम्न:

     नाम थर  : ईन्द्र बहादुर पछाई

     उमेर      : ३२ वर्ष

     वतन     :  जिल्ला गुल्मी धुरकोट गा.पा. वडा नं. ६ स्थाई घर भई हाल का.जि. सामाखुशी                         

सम्बन्धित समाचार
“बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ"
२०८१-१२-०८

वादी नेपाल सरकार प्रतिवादी जिल्ला सिन्धुपाल्चोक बलेफी गा.पा. वडा नं. ७ स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २९ कालिकास्थान बस्ने बर्ष ४७ की लैला कुमारी गहतराज भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलबाट मिति २०८१।११।०२ गते पक्राउ अनुमति प्राप्त निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दा मिति २०८१।१२।०८ गते अन्दाजी १४:०० बजे काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २९ कालिकास्थानमा फेला पारी कानून बमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि ऐ. मितिमा प्रहरी बृत्त महाराजगञ्ज,काठमाण्डौ पठाईएको । पक्राउ व्यक्ति:-१.    नामः लैला कुमारी गहतराज ।            उमेर : ४७ वर्ष            ठेगानाःजिल्ला सिन्धुपाल्चोक बलेफी गा.पा. वडा नं. ७ स्थायी ठेगाना भई,                     हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २९ कालिकास्थान बस्ने  ।           बिगो रकम: रु. १८,००,०००/- (अठार लाख मात्र),  अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरु:   Ø  प्रहरी बृत्त दरबारमार्ग,काठमाण्डौमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको,

“आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न व्यक्ति पक्राउ”
२०८१-१२-०८

आपराधिक लाभ लिने उद्देश्यसहित योजनावद्ध तवरले बिभिन्न धाक धम्की दिई अपहरण समेत गर्ने डर त्रास देखाई रकम माग गरेको भन्ने जाहेरीको आधारमा यस कार्यालयबाट अनुसन्धान गर्न खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न सुदिप कुमार साह गुप्तालाई मिति २०८१।१२।०७ गते जिल्ला काठमाण्डौ का.म. न.पा. वडा नं. ३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरी आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको ।साथै, निज प्रतिवादी सुदिप कुमार साह गुप्ता यस अघि प्रहरी वृत, थानकोटबाट मिति २०७९।०८।१५ गते लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुर र प्रहरी वृत सिंहदवारबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा प्रतिवादी कायम भई अनुसन्धान भएको अभिलेखबाट देखिन आएको । पक्राउ व्यक्तिः १.    नाम: सुदिप कुमार साह गुप्ताठेगाना : जि. सर्लाही, धनकौल गा.पा.वडा नं.०२       हाल : जि. भक्तपुर, सुर्यविनायक न.पा.वडा नं.०२ लोकन्थली                                                                    

“वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-१२-०७

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.०६, सरस्वती कोलोनीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.  नाम थर           :-    प्रकाश बहादुर सिंह  उमेर                :-    ५१ वर्ष      वतन                :-   जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा. वडा नं.०९ ।हाल                :-    काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.०९ ।  बिगो रकम        :-    रु. ७,७०,०००।- (सात लाख सत्तरी हजार ) देश                 :-    माल्टापक्राउ मिति      :-    २०८१।१२।०६ गते ।पक्राउ स्थान      :-    काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.०६ ।  पीडित संख्या    :-    १ जना   

“खैरो हेरोईन र गाँजा सहित २ जना व्यक्तिहरू पक्राउ”
२०८१-१२-०६

मिति २०८१।१२।०५ गते अं.१५:०० बजेको समयमा जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.०९ मण्डिखाटार एरियामा लागू औषधको ओसार-पसार तथा कारोवार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला दोलखा, बैतेश्वर गा.पा. वडा नं.०८ स्थायी वतन भई हाल का.जि.का.म.न.पा. वडा नं.०९ बुढानिलकण्ठ बस्ने मनिष भुजेल समेत २ जनालाई लागू ‌औषध खैरो हेरोईन जस्तो देखिने लेसिलो पदार्थ २२ ग्राम, लागू औषध गाँजा जस्तो देखिने वस्तु ५०० ग्राम, डिजिटल तराजु थान-१ र नगद रू. उनान्तीस हजार समेत फेला पारी पक्राउ गरी मिति २०८१।१२।०६ गते निजहरुलाई लागू ‌औषध (नियन्त्रण) ऐन, २०३३ सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्ठौ, भद्रकाली पठाईएको ।पक्राउ व्यक्तिहरू : १. नाम : मनिष भुजेल    उमेर : २५ बर्ष    ठेगाना : जि. दोलखा, बैतेश्वर गा.पा. वडा नं.०८    हाल : का.जि. बुढानिलकण्ठ न.पा. वडा नं.०९ २. नाम: आयुष गुरुङ    उमेर: २७ बर्ष    ठेगाना: जि. सुनसरी, रामधुनी न.पा.०१    हाल: का.जि. बुढानिलकण्ठ न.पा. वडा नं.०९ बरामद दशीहरुः१.   लागू औषध खैरौ हेरोईन जस्तो देखिने लेसिलो पदार्थः २२ ग्राम२.   लागू औषध गाँजा जस्तो देखिने वस्तुः ५०० ग्राम३.   MODEL No- PBP -1057 डिजिटल तराजु थान - १ ४.   नगद रू.२९,०००।– (उनान्तीस हजार) ५.   मोवाईल थान - २ 

“अवैध विदेशी मुद्रा सहित मानिस पक्राउ”
२०८१-१२-०५

विभिन्न व्यक्तिहरुले ठुलो परिमाणमा अमेरीकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरु राजश्व छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटीएको प्रहरी टोलीले मिति २०८१।१२।०४ गते बेलुकी अं.२३:०० बजेको समयमा का.जि.टोखा नगरपालिका वडा नं.०२ झोरमा ना. ७ ख १६५२ नं.को मालबाहक ट्रक गाडी शंका लागि रोकी उल्लेखित सवारी साधन नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त ट्रकको “वोनट” ड्राईभर बस्ने कोठाको ( क्याविनको बायाँ तर्फको) माथिल्लो भागमा फल्सबटम बनाई लुकाई छिपाई ल्याएको अमेरीकी डलर, युरो लगायतका मुद्राहरु फेला पारी सवारी चालक कुसाङ लामा सहित सवारी साधन पक्राउ गरिएको । थप अनुसन्धान कार्य जारी रहेको । साथै निजले अवैध तरीकाबाट भन्सार तथा राजस्व छलि अवैध विदेशी मुद्राको कारोवार गरेको हुदाँ निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग,  हरिहरभवन पठाईएको । पक्राउ व्यक्ति : नाम : फुच्चे भन्ने कुसाङ लामा उमेर :  ४३ बर्ष   ठेगाना : जि. सिन्धुपाल्चोक, भोटेकोशी  गा. पा. वडा नं ०१ हालः काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं.०२ थप खुल्न आएको विवरणः मिति २०७३ साल पौष १३ गते राजश्व छली सुन चोरी पैठारी मुद्दामा ७ के.जि. सुन सहित पक्राउ परी ५ बर्ष कैद भुक्तान गरेको ।   बरामदी  विवरणः १.     अमेरीकी डलर (USD) -$ १०० दरका नोटहरु जम्मा थान ३,११९ (तिन हजार एक सय उन्नाईस) २.     अमेरीकी डलर (USD) -$ ५० दरका नोटहरु जम्मा थान १७९ (एक सय उनान्असी) ३.     युरो (Euro) – ५०० दरका थान ११ (एघार) ४.     युरो (Euro) – २०० दरका थान ४८० (चार सय असी) ५.     युरो (Euro) – १०० दरका थान ४१४८ (चार हजार एक सय अड्चालिस) ६.     युरो (Euro) – ५० दरका थान १७१७७ (सत्र हजार एक सय सतहत्तर) ७.     नारायणी प्रदेश-७ ख १६५२ को मालबाहक ट्रक गाडी थान- १ ८.     मोवाईल- थान २ नेपली रुपैयामा हुन आउने जम्मा रकम – २५,१९,२४,९५०।– ( पच्चिस करोड उन्नाईस लाख चौबिस हजार नौ सय पचास मात्र ) 

“वैदेशिक रोजगारीको लागि अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-१२-०१

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अल्बानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२, टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.  नाम थर           :-    युवराज घिमिरे उमेर                :-    ३४ वर्ष      वतन                :-   जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. वडा नं.४ ।हाल                :-    काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.१० ।  बिगो रकम        :-    रु. १,००, ०००।- (एक लाख ) देश                 :-    अल्बानियापक्राउ मिति      :-    २०८१।१२।०१ गते ।          पीडित संख्या    :-     १ जना