प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“श्रृंखलाबद्ध डांका घटनामा सम्लग्न समूह पक्राउ”

२०७९-०४-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं उपत्यकाका  भित्र रातको समयमा बिभिन्न स्थानहरुमा घरहरुमा जबर्जस्ती प्रबेश गरी परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुन चाँदीका गर गहना डांका कार्यमा सम्लग्न रहेका मानिसहरुको खोजतलास गर्ने क्रममा मिति २०७९/०४/२४ गते राति अ.१२:३० बजेको समयमा का.जि.किर्तिपुर न.पा.वडा नं.६ स्थित नारायण बस्नेतको घरमा अपरिचित व्यक्तिहरु प्रबेश गरी धारिलो हात हतियार देखाई नगद,सुन तथा हिराका गरगहना समेत डांका गरी लगेको साथै उपत्यकाका बिभिन्न ३ स्थानमा तथा उपत्यका बाहिर १ स्थानमा डांका चोरी गर्ने कार्यमा सम्लग्न  जिल्ला सि.पा.मेलम्ची-६ तारामाराङ घर भई हाल का.जि. बौद्ध बस्ने बर्ष अ.३५/३६ को सागर भन्ने रामसिङ तामाङ समेतका ३ जनालाई डांका चोरी गरेको नगद रु १,४२,१०५।- ( एक लाख बयालिस हजार एक सय पाँच  रुपैया ) तथा  खुकुरी थान २ फलामको रड १ थान , मो.सा. १ थान समेत बरामद तथा पक्राउ गरि आवश्यक कारबाहीको लागी प्रहरी वृत्त, कीर्तिपुर र बौद्ध पठाईएको ।

साथै अनुसन्धानबाट निजहरुले डाँका गर्ने क्रममा हातहतियार देखाई परिवारलाई नियन्त्रणमा लिई परिवारका सदस्यहरुको हात बाँधि मुखमा टेप लगाउने, आफुहरूलाई कहिले हामी प्रहरी हौं खानतलासी गर्न आएका हौं भन्ने तथा कहिले हामी सशस्त्र समुह हौं तपाईंहरूले घरमा अवैध धन लुकाएर राखेको रहेछ के कहाँ छ देखाउनुस् भनी डर धम्की देखाउने गरेको, डाँका गर्ने घरमा २/३ दिन अगाडी रेकी गरी घर धनिलाई समेत भेटी तपाईंको घरको टि.भि. पुरानो रहेछ भित्रको सामान बहुमुल्य हुन्छ २ लाख सम्म आउँछ भनी घरको कोठा तथा ढोकाहरूको अवलोकन गर्ने गरेको खुल्न आएको ।

पक्राउ व्यक्ति:-

१)  नाम:–  राम सिंह तामाङ                  

    उमेर :– ३८ बर्ष

    ठेगाना:– जिल्ला सि.पा.मेलाम्चि न.पा. वडा न ७ तालामाराङ

    हालको ठेगाना:- का.जि. नँया बस्ती ,पाटिटार

 २) नाम:-  दिल बहादुर सिङतान  

   उमेर :- ३८ बर्ष

   ठेगाना :- जिल्ला मकवानपुर साविक फापरबारी ९ हाल बाग्मती गा.पा.वडा न ८

  हालको ठेगाना :- का.जि. जोरपाटी  

 

३) नाम:-  शुशिल भन्ने बाबुलाल थिङ  

   उमेर :- ३५ बर्ष

   ठेगाना :- जिल्ला मकवानपुर बकैया-५

   हालको ठेगाना :- का.जि. जोरपाटी

  (निज शुशिल भन्ने बाबुलाल थिङ लाई मिति २०७९।०४।२९ गते आवश्यक कारबाहीको लागी बृत्त बौद्ध पठाईएको )

 निज सम्लग्न घटनाहरु :-

१. मिति २०७९/०३/०६ गते अं. राती ०१:०० बजेको समयमा का.जि. शंखरापुर न.पा. वडा नं. ०९ खुलालटार स्थित लाल बहादुर   थापाको घरमा अपरिचित व्यक्तिहरू प्रवेश गरी हातहतियार देखाई नगद, सुन-चाँदीका गर-गहना तथा मोबाईल समेत गरी रु. २,४१,०००।– बराबरको डाँका गरी लगेको घटना ।

२. मिति २०७९/०३/१२ गते का.जि.शंखरापुर न.पा.९ स्थित शुसिला थापाको घरमा धारिलो हतियार देखाई डर धम्कि देखाई नगद, सुन   तथा मोबाईल समेत गरी रु. ६,०५,७५०।– बराबरको डाँका गरी लगेको ।

३. मिति २०७९/०३/२० गते अं राती ०१:१५ बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं. ११ स्थित सलाम सिंह     लामाको घरमा अपरिचित व्यक्तिहरू प्रवेश गरी हातहतियार देखाई नगद, सुन तथा मोबाईल समेत रु. १२,४९,०००।- बराबरको डाँका   गरी लगेको ।

४. मिति २०७९/०४/२४ गते राति अ.१२:३० बजेको समयमा का.जि.किर्तिपुर न.पा.वडा नं.६ स्थित नारायण बस्नेतको घरमा अपरिचित   व्यक्तिहरु प्रबेश गरी धारिलो हात हतियार देखाई नगद,सुन तथा हिराका गरगहना समेत गरी रु. ५६,६५,१२४।– बराबरको डाँका गरी   लगेको ।

अनुसन्धानबाट खुल्न आएका कुराहरू:-

·        उक्त डाँका चोरीमा संलग्न मानिसहरू यस अगाडी नै खुन डाँका, चोरी डाँका र कर्तव्य ज्यान जस्ता जघन्य मुद्धामा जेल सजाय भुक्तान गरि सकेको खुल्न आएको,

·        सम्धि भन्ने दिल बहादुर तामाङ २०६८ सालमा ललितपुरबाट खुन डाँका केश पश्चात २०७८ साल पुस महिनामा जेल छुट भएको,

·        सागर भन्ने रामसिंह तामाङ २०६३ सालमा भक्तपुर जिल्लाबाट मानवबेचबिखन मुद्धामा जेल परि २०७४ सालमा छुटी बौद्ध नयाँबस्तिमा रक्सि पसल सञ्चालन गरी बस्ने गरेको ।

बरामद सामानहरु:-

१.नगद रु १४२,१०५ ।- ( एक लाख बयालिस हजार एक सय पाँच)

२. भा रू. ८० ।-

३. मोबाईल थान ५

४. मो.सा. थान १

५. खुकुरी थान २

६. फलामको रड थान १ 

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१४

घटना विवरणः बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- पवन कुमार के.सी.(बिक्रम)    उमेर             :- ३२ वर्ष     स्थायी वतन   :- जिल्ला दाङ राप्ती गा.पा. वडा नं.०६ ।     हाल             :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.१० ।       देश              :- सिंगापुर       रकम            :- रु.७,००,०००।– (सात लाख)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१० । पीडित संख्या :- २ जना ।२.  नाम थर        :- सुधिर प्रसाद जयसवाल     उमेर             :- २१ वर्ष      स्थायी वतन   :- जिल्ला रौतहट फतुवा विजयपुर न.पा.  वडा नं.०४ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०३ ।        देश              :- साईप्रस रकम            :- रु.१,००,०००।– (एक लाख) पक्राउ मिति   :- २०८३/०४/१४ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.०९ ।  पीडित संख्या :- १  जना ।३. नाम थर         :- लक्ष्मी खड्का    उमेर             :- ३८ वर्ष     स्थायी वतन   :- जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा. वडा नं.०२ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२५ ।       देश              :- रोमानिया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“ लागू औषध (खैरो हिरोइन) सहित मानिसहरु पक्राउ ”
२०८३-०४-१३

घटना विवरण:-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु लगायतका वडा एरियामा लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) ओसारपसार तथा वेचविखन भई रहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३/०४/१२ गते अं १९;०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.१२ टेकु मयलवारीमा बा ४६ प १६२ नम्बरको स्कुटर रोकी बसेका निम्न मानिसहरूलाई पक्राउ गरी निम्न परिमाणमा रहेको लागु औषध खैरो हेरोइन जस्तो वस्तु लगायतका दसीहरू  बरामद गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला काभ्रे धुलिखेल न.पा.वडा नं ०३ आचार्यगाँउ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ६८ को  उद्धव आचार्य । २.     जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ४० को कृष्ण खड्गी ।

“ बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार प्रतिवादी पक्राउ”
२०८३-०४-१३

घटना विवरण:-वादी नेपाल सरकार प्रतिवादी जिल्ला संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध नयाँ बस्ती बस्ने वर्ष ५९ को दुर्गा बहादुर भण्डारी भएको २ (दुई) वटा बैंकिङ कसुर (मुद्दा नं. ०८०-C१- ४२२१ र  ०८०-C१- ४२२२) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालत, ववरमहलको मिति २०८१/०२/१७ गतेको फैसलाले कैदः ८ (आठ) दिन र  जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ठहरी फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.६ बौद्धबाट पक्राउ गरी मिति २०८३।०४।१३ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराईएको । निम्नःनामथर: दुर्गा बहादुर भण्डारी,उमेर: ५९ वर्ष,ठेगाना: जि.संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जि.काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध बस्ने  । मुद्दा: बैंकिङ कसुर (मुद्दा नं.०८०-C१- ४२२१ र ०८०-C१- ४२२२) पक्राउ स्थान: जि.काठमाडौं का.म.न.पा. वडा नं. ०६ बौद्ध  । सजायः कैदः ८(आठ) दिन र जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- लाक्पा शेर्पा    उमेर             :- ४३ वर्ष     स्थायी वतन   :- जिल्ला तेह्रथुम छथर गा.पा. वडा नं.०१ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३२ ।       देश              :- जर्जिया       रकम            :- रु.५,५०,०००।– (पाँच लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।पीडित संख्या :- २ जना ।  २.  नाम थर        :- कालिका रोक्का     उमेर             :- ३९ वर्ष      स्थायी वतन   :- जिल्ला नवलपरासी पुर्व मध्यविन्दु न.पा. वडा नं.०८ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।        देश              :- यु.के. रकम            :- रु.५,००,०००।– (पाँच लाख) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।  पीडित संख्या :- १  जना ।

“अभद्र व्यवहार गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

 मिति २०८३।०४।१२ गते दिउसो अं.१५:४० बजेको समयमा जिल्ला कठमाडौं का.म.न.पा.वडा नं.१२ टेकु स्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण मानिस तथा महिलाहरु समेतलाई गाली गलौज गर्ने धाकधम्की तथा दु:ख हैरानी दिइ अभद्र व्यवहर गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा मिति २०८३/०४/१२ गते यस कार्यालयबाट खटिइ गएको प्रहरी टोलिले उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरूलाई फेला पारी सोधपुछ गर्ने क्रममा निजहरुले सार्वजनिक स्थानमा प्रहरी कर्मचारीहरु सँग समेत अभद्र व्यवहार गरेको हुँदा निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला मकवानपुर बागमती गा.पा.वडा नं.०४ स्थाई गर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.२५ बस्ने नारायण सिंह घिसिङको छोरा वर्ष ३४ को राज घिसिङ । २.     जिल्ला सिन्धुली गोलञ्जोर गा.पा.वडा नं.०१ स्थाई घर भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०७ बस्ने हरी प्रसाद पहाडीको छोरा वर्ष ४१ को दिपक पहाडी ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१२

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- गणेश बहादुर कार्की    उमेर             :- ४६ वर्ष     स्थायी वतन   :- जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं.११ ।     हाल             :- जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं.०६ ।       देश              :- सर्विया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/११ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०६ । पीडित संख्या :- १ जना ।२.  नाम थर        :- झगे बि.क.     उमेर             :- ४७ वर्ष      स्थायी वतन   :- जिल्ला दाङ दंगीशरण गा.पा. वडा नं.०२ ।      हाल             :- जिल्ला काठमाडौं नागार्जुन न.पा. वडा नं.०४ ।        देश              :- युरोप रकम            :- रु.३०,००,०००।– (तीस लाख) पक्राउ मिति   :- २०८३/०४/११ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२१ ।  पीडित संख्या :- ३ जना ।३. नाम थर         :- कमल श्रेष्ठ    उमेर             :- ३४ वर्ष     स्थायी वतन   :- जिल्ला चितवन खैरहनी न.पा. वडा नं.०३ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ ।       देश              :- अजरबैजान       रकम            :- रु.४,००,०००।– (चार लाख)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ । पीडित संख्या :- १ जना ।४.  नाम थर        :- शारदा श्रेष्ठ     उमेर             :- ६१ वर्ष      स्थायी वतन   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।      देश              :- फ्रान्स रकम            :- रु.७,५०,०००।– (सात लाख पचास हजार) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।  पीडित संख्या :- १ जना ।