प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“1x BET मार्फत सट्टेबाजी गराउने ब्यक्तिहरु पक्राउ”

२०७९-१२-०८

  • A
  • A-
  • A+
Share

घटना विवरण:

बिश्वमा संचालन हुने बिभिन्न खेल तथा गतिविधिहरुमा सट्टबाजी गर्न प्रयोग हुने Betting Application 1X BET मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा Agent हरु सक्रिय रहेको सुचनाको आधारमा यस कार्यालयबाट खटिएको अनुसन्धान टोलीले मिति २०७९।१२।०६ गते उपत्यकाको लोकन्थली, पेप्सीकोला, बानेश्वर लगायतका स्थानबाट 1X BET को तपसिलमा उल्लेखित सक्रिय ६ जना Agent हरुलाई बिभिन्न सेवा प्रदायक कम्पनीहरुको सिमकार्ड जम्मा थान ३४६ सहित नियन्त्रणमा लिई मुलुकी अपराध सहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको ।

 

अनुसन्धानबाट खुल्न आएका कुराहरुः

v  पक्राउ परेका व्यक्तिहरु मध्ये दिलिप सिंह कठायतले बिगत १ बर्ष देखि; भुपाल राज न्यौपानेले बिगत ९ महिना देखि; नयनराज भण्डारीले बिगत ६ महिना देखि; बरुन कुमार सिंहले बिगत ६ महिना देखि; शिवानी तामाङले आफ्नै नाममा खाता खोली रोसन गुरुङलाई उक्त खाता चलाउन दिई विगत ८ महिनादेखि  र वासुदेव पाण्डेले बिगत १ महिना देखि 1X BET मा सट्टाबाजी गर्ने Agent को रुपमा कार्य गर्न थालेको ।

v रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा बिभिन्न ब्यक्तिहरुको नाममा Digital Wallet/Account खोली कारोबार गर्ने गरेको । सो क्रममा निजहरुले ठूलो मात्रामा बिभिन्न सेवा प्रदायकहरुको सिम कार्ड समेत खरिद गर्ने गरेको ।

v बिभिन्न Wallet बाट संकलन गरेको रकम पक्राउ पपरेका दिलिप सिंह कठायत, भूपालराज न्यौपाने र नयनराज भण्डारीले आफ्नै नाममा रहेको ८ वटा र आफ्नो बहिनीको नामको २ वटा, INFIWAVE नामको नक्कली कम्पनीको खडा गरि उक्त नाममा २ वटा कर्पोरेट खाता गरि जम्मा १२ वटा खाता सञ्चालन गरि बेटिङ कारोबार गरेको । उक्त १२ वटा खाताहरु मध्ये कारोबार विवरण प्राप्त भएको ९ वटा खाता मार्फत् हालसम्म जम्मा रू. ७ करोड ७७ लाख ८७ हजार ३२८  बराबरको बेटिङ कारोबार गरेको देखिएको र बाँकी ३ वटा खाताको विवरण प्राप्त हुने क्रममा रहेको ।

v  पक्राउ परेका दिलिप सिंह कठायतको डेरा कोठाबाट बेटिङको रकन संकलन प्रयोजनका लागि वालेट खोल्न प्रयोग हुने NCELLको सिम  ६३ थान, NTC को सिम १९ थान तथा SMART को १ वटा गरि जम्मा ८३ थान सिमकार्ड; भूपालराज न्यौपानेको साथबाट NCELL को ९१ थान, NTC को ४७ थान गरि जम्मा १३८ थान;  नयनराज भण्डारीको साथबाट NCELL को ११६ थान, NTC को थान ६ सहित जम्मा १२३ थान ; बरुण कुमार सिंहको साथबाट NCELL को सिमकार्ड थान २ गरि कुल ३४६ थान सिमकार्ड  समेत बरामद गरिएको ।

v  पक्राउ परेका बरुण कुमार सिंहले आफ्नै नाममा ४ वटा र बिभिन्न कम्पनीको नाममा खोलिएको अन्य ४ वटा गरि जम्मा ८ वटा बैंक खाता खोली बेटिङ कारोबार गर्ने गरेकोमा कारोबार विवरण प्राप्त भएको १ वटा खातामा जम्मा रु. ८२ लाख ३२ हजार ७७० बराबरको कारोबार देखिएको र अन्य ७ वटा खाताको विवरण प्राप्त हुन बाँकी रहेको ।

v पक्राउ परेकी अर्का व्यक्ति शिवानी तामाङको जम्मा ३ वटा खातामार्फत्  वेटिङ कारोबार हुने गरेकोमा २ वटा खाताको प्राप्त विवरणमा जम्मा रु. ४७ लाख ९३ हजार १० बराबरको रकम कारोबार भएको देखिएको र १ वटा खाताको विवरण प्राप्त हुन बाँकी रहेको ।

v हाल सम्म अनुसन्धानको क्रममा खुल्न बिभिन्न ३५ जना व्यक्तिको नाममा खोलिएको डिजिटल वालेटहरुमा जम्मा रु. ४१ करोड १५ लाख ८९ हजार २७६ बराबरको बेटिङ कारोवार देखिएकोमा सो वालेटहरुको समेत कारोबार रोक्का राखी थप अनुसन्धान कार्य भई रहेको ।

v अनुसन्धानका क्रममा बिभिन्न १५ जना व्यक्तिको ३४ वटा बैंक खाता मार्फत् जम्मा रु. १२ करोड २५ लाख ३५ हजार ९११ बराबरको रकम बेटिङ कारोबार देखिएकोमा सो बैंक खाताहरु समेत रोक्का राखी थप अनुसन्धान कार्य भैरहेको ।

v प्राप्त भएका विवरण अनुसार पक्राउ परेका व्यक्तिहरुबाट हालसम्म जम्मा रु. ९ करोड ८ लाख १३ हजार १०८ बराबरको रकम बेटिङ मार्फत् कारोबार भएको देखिएको ।

पक्राउ परेका ब्यक्तिहरु:

१.   जिल्ला  जुम्ला चन्दन नाथ न.पा.वडा नं.६ खलङ्गा घर भई हाल जिल्ला भक्तपुर लोकनथली बस्ने बर्ष २३ को दिलिप सिंह कठायत ।     

२.   जिल्ला  जुम्ला चन्दन नाथ न.पा.वडा नं.१० गैरीगाँउ घर भई हाल जिल्ला भक्तपुर लोकनथली बस्ने बर्ष २३ को भुपाल राज न्यौपाने ।

३.   जिल्ला जुम्ला चन्दन नाथ न.पा.वडा नं.५ तलिवाडा घर भइ हाल जिल्ला भक्तपुर गठाघर बस्ने बर्ष १९ को नयन राज भण्डारी ।

४.   जिल्ला सर्लाही बलरा न.पा. वडा  नं. ५ घर भई हाल काठमाण्डौ म.न.पा. वडा न. ३२ बस्ने वर्ष २८ को वरुण कुमार सिंह ।

५.   जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा. वडा नं. ३२ बस्ने वर्ष ३२ को वासुदेव पाण्डे ।

६.   जिल्ला काभ्रेपलाञ्चोक मादनकुडारी गा.पा. वडा नं. १ घर भई हाल का.जि. बालुवाटार बस्ने बर्ष २६ की शिवानी तामाङ ।

बरामद सामाग्रीहरु:

१.      बिभिन्न सेवा प्रदायक कम्पनीहरुको सिमकार्ड ३४६ थान ।

२.      विभिन्न कम्पनीको मोबाइल फोन थान-१० ।

३.      बिभिन्न बैंकको चेकबुक थान-३ र एटिएम थान-१२।

४.      ACER कम्पनीको ल्यापटप थान-१ ।

सम्बन्धित समाचार
“ कारागारबाट फरार डाँका चोरी मुद्दाका कैदी पक्राउ ”
२०८३-०५-१७

घटना विवरण:-मिति २०७९।१०।०९ गते रातको अन्दाजी ०१:३५ बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं. ३ गठ्ठाघर स्थित संभाव्यता बहुउद्देश्य सहकारी संस्थाको ढोका फोडी उक्त सहकारीमा रहेको भल्ट फुटाई डाँका चोरी गरेको कसुरमा पक्राउ परी केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धारा, काठमाडौंमा कैद भुक्तान गरी रहेका कैदी सागर तामाङ भन्ने बिजय मोक्तान मिति २०८२।०५।२४ गतेको प्रदर्शनको क्रममा उक्त कारागारबाट भागी फरार रही काठमाडौं जिल्लाको वडा एरियामा लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०८३।०५।१६ गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला काठमाडौं किर्तिपुर न.पा. वडा नं. ३ बाट पक्राउ गरी केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धारा, काठमाडौं पठाईएको ।  पक्राउ कैदीको विवरणः-१.     नामथरः- सागर तामाङ भन्ने बिजय मोक्तानउमेरः- ३० वर्ष ठेगानाः- जिल्ला मकवानपुर इन्द्रसरोबर गा.पा. वडा नं. ५हालः- जिल्ला काठमाडौं किर्तिपुर न.पा. वडा नं. ३मुद्दाः- डाँका चोरी सम्मानित जिल्ला अदालत भक्तपुरबाटः- ५ बर्ष कैद र रु. ५०,०००।– जरिवाना भएकोमा कैद भुक्तान गर्न बाँकी २ बर्ष ६ महिना रहेको । 

“वैदेशिक रोजगारीको लागि दुबई पठाई दिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८३-०५-१७

घटना विवरणः  बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि दुवई लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाडौं काठमाडौं   महानगरपालिका  वडा नं.०८ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको ।  पक्राउ व्यक्तिको विवरणः-१.  नाम थर       :- अंसगर नदाफ उमेर             :- ४० वर्ष  स्थायी वतन    :- जिल्ला महोत्तरी बलवा न.पा. वडा नं.०९ ।  हाल             :- जिल्ला काठमाडौं काठमाडौं  महानगरपालिका  वडा नं.०८ ।     देश              :- दुबई     रकम            :- रु.३,१२,०००।– (तीन लाख बाह्र हजार)     पक्राउ मिति   :- २०८३/०५/१६ गते ।     पक्राउ स्थान   :- जिल्ला काठमाडौं काठमाडौं  महानगरपालिका  वडा नं.०८ ।      पीडित संख्या :- २ जना ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१४

घटना विवरणः बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- पवन कुमार के.सी.(बिक्रम)    उमेर             :- ३२ वर्ष     स्थायी वतन   :- जिल्ला दाङ राप्ती गा.पा. वडा नं.०६ ।     हाल             :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.१० ।       देश              :- सिंगापुर       रकम            :- रु.७,००,०००।– (सात लाख)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१० । पीडित संख्या :- २ जना ।२.  नाम थर        :- सुधिर प्रसाद जयसवाल     उमेर             :- २१ वर्ष      स्थायी वतन   :- जिल्ला रौतहट फतुवा विजयपुर न.पा.  वडा नं.०४ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०३ ।        देश              :- साईप्रस रकम            :- रु.१,००,०००।– (एक लाख) पक्राउ मिति   :- २०८३/०४/१४ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.०९ ।  पीडित संख्या :- १  जना ।३. नाम थर         :- लक्ष्मी खड्का    उमेर             :- ३८ वर्ष     स्थायी वतन   :- जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा. वडा नं.०२ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२५ ।       देश              :- रोमानिया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- लाक्पा शेर्पा    उमेर             :- ४३ वर्ष     स्थायी वतन   :- जिल्ला तेह्रथुम छथर गा.पा. वडा नं.०१ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३२ ।       देश              :- जर्जिया       रकम            :- रु.५,५०,०००।– (पाँच लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।पीडित संख्या :- २ जना ।  २.  नाम थर        :- कालिका रोक्का     उमेर             :- ३९ वर्ष      स्थायी वतन   :- जिल्ला नवलपरासी पुर्व मध्यविन्दु न.पा. वडा नं.०८ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।        देश              :- यु.के. रकम            :- रु.५,००,०००।– (पाँच लाख) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।  पीडित संख्या :- १  जना ।

“ लागू औषध (खैरो हिरोइन) सहित मानिसहरु पक्राउ ”
२०८३-०४-१३

घटना विवरण:-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु लगायतका वडा एरियामा लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) ओसारपसार तथा वेचविखन भई रहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३/०४/१२ गते अं १९;०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.१२ टेकु मयलवारीमा बा ४६ प १६२ नम्बरको स्कुटर रोकी बसेका निम्न मानिसहरूलाई पक्राउ गरी निम्न परिमाणमा रहेको लागु औषध खैरो हेरोइन जस्तो वस्तु लगायतका दसीहरू  बरामद गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला काभ्रे धुलिखेल न.पा.वडा नं ०३ आचार्यगाँउ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ६८ को  उद्धव आचार्य । २.     जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ४० को कृष्ण खड्गी ।

“ बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार प्रतिवादी पक्राउ”
२०८३-०४-१३

घटना विवरण:-वादी नेपाल सरकार प्रतिवादी जिल्ला संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध नयाँ बस्ती बस्ने वर्ष ५९ को दुर्गा बहादुर भण्डारी भएको २ (दुई) वटा बैंकिङ कसुर (मुद्दा नं. ०८०-C१- ४२२१ र  ०८०-C१- ४२२२) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालत, ववरमहलको मिति २०८१/०२/१७ गतेको फैसलाले कैदः ८ (आठ) दिन र  जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ठहरी फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.६ बौद्धबाट पक्राउ गरी मिति २०८३।०४।१३ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराईएको । निम्नःनामथर: दुर्गा बहादुर भण्डारी,उमेर: ५९ वर्ष,ठेगाना: जि.संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जि.काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध बस्ने  । मुद्दा: बैंकिङ कसुर (मुद्दा नं.०८०-C१- ४२२१ र ०८०-C१- ४२२२) पक्राउ स्थान: जि.काठमाडौं का.म.न.पा. वडा नं. ०६ बौद्ध  । सजायः कैदः ८(आठ) दिन र जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ।