प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"गैरनेपाली तिब्बेतियनलाई नेपाली नागरिकता दिलाउने कार्यमा सक्रिय गिरोह पक्राउ"

२०७९-१२-०८

  • A
  • A-
  • A+
Share

घटना विवरण:

काठमाण्डौको बबरमहल एरियामा केहि ब्यक्तिहरुले निश्चित रकमको चलखेल गरि बिभिन्न सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारीस तयार गरि गैरनेपाली व्यक्तिहरूको सक्कलै नेपाली नागरिकता समेत वनाई दिने गरेको भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले त्यस्ता कार्यमा संलग्न रहेका व्यक्तिहरुको निग्रानी राखी खोजतलास गर्ने क्रममा मिति २०७९।१२।०५ गते दिउँसो जिल्ला काठमाण्डौ बबरमहल स्थितबाट कृष्ण बहादुर कटवाल सहित तपशीलमा उल्लेखित नाम भएका ५ जना व्यक्तिहरुलाई विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, बिभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरु, किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरुको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरि बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकता सहित फेला पारी निजहरुलाई पक्राउ गरि नागरिकता ऐन तथा लिखत सम्बन्धि कसुरमा आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको ।

 

अनुसन्धानबाट खुल्न आएका कुराहरुः

v पक्राउ परेका कृष्ण बहादुर कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता विना नै लेखापढी गर्ने कार्य गर्दै आएका । निजले पक्राउ परेका अर्का व्यक्ति हिरालाल सिवाकोटी समेतको सहयोगमा विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, बिभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्वपूर्ण कागजात, छाप तथा दस्तखत किर्ते गर्दै आएको ।

v निज कटवालले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट गैरनेपाली विशेषगरि तिब्बतियन शरणार्थीहरुको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा बिभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेको ।

v पक्राउ परेका नेपाली नागरिक न्युल्केश श्रेष्ठलाई पक्राउ परेका कृष्ण कटवाल समेतले मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाई दिई प्रति पटक रु. १० हजार दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उपस्थित गराई सनाखत गर्ने गराउने गरेको ।

v निज न्युल्केश श्रेष्ठले हाल सम्म गैरनेपाली तिब्बतियन व्यक्तिहरू सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनि सहयोग गरेको खुलेको ।

v पक्राउ परेका कृष्ण कटवालले त्यसरी किर्ते कागजात तयार गरि गैर नेपाली सक्कली नेपाली नागरिकता दिलाउन प्रति व्यक्ति रु. ३ देखि ५ लाखसम्म रकम लिने गरेको खुलेको ।

v पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बेतियन शरणार्थी क्याम्पमा बस्दै आएका र निजले मिति २०७९। ११।३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट स्थायी ठेगाना का.म.न.पा. १७ राखी ना.प्र.प.नं. २७-०१-७९-१५९०१ को नेपाली नागरिकता लिएको देखिएको । यस्तै गरि नागरिकता लिएका अन्य २५-३० जनाको सक्कलै नागरिकता प्राप्त भई सो उपर थप अनुसन्धान भइरहेको ।

v पक्राउ परेका अर्का व्यक्ति विजय लामा विगत ९ वर्ष देखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको र जिल्ला प्रशासन कार्यालय काठमाण्डौ भित्र मिलाउनु पर्ने सबै कामको जिम्मा लिने गरेको । निज विजय लामाले भित्र मिलाउनुपर्छ भनि पक्राउ परेका कृष्ण ब. कटवालसंग प्रति नागरिकता रु. १ लाख ५० हजार सम्म लिई नागरिकता प्राप्त गर्ने कार्यमा सहजिकरण गरेको खुल्न आएको ।

v पक्राउ परेका कृष्ण ब. कटवालले मात्रै ५/ वर्षको अवधिमा झण्डै ५०० भन्दा व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको र यस्तो कार्यमा निज कटवाल जस्तै अन्य ४/५ जना व्यक्ति पनि सक्रिय रहेको भन्ने बुझिन आएको हुदाँ अन्य त्यस्ता शंकित व्यक्तिहरुको समेत खोजतलास एवं अनुसन्धान कार्य भैरहेको ।

v यसरी गैरनेपाली तिब्बेतियन शरणार्थी लगायतलाई सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा सक्रिय गिरोहलाई प्रलोभनमा परि सहज तवरले नागरिकता उपलब्ध गराएको आशंकामा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरु उपर समेत आवाश्यक अनुसन्धान कार्य भइरहेको ।

v  पक्राउ परेका कृष्ण ब. कटवाल यस अघि पनि किर्ते र ठगी मुद्दामा सजाय पाइसकेको व्यक्ति भएको खुलेको ।

पक्राउ परेका ब्यक्तिहरु:

१.      नामः कृष्ण बहादुर कटुवाल,          बर्षः ४७

ठेगानाः जिल्ला झापा कचनाकबल गाउँपालिका वडा नं. ३   

हालः जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. १ ईमाडोल ।

२.      नामः न्युल्केश श्रेष्ठ       बर्षः ७०

ठेगानाः जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ११ बबरमहल

बसोबासः जिल्ला भक्तपुर मध्यपुर ठिमी । 

३.      नामः हिरालाल शिवाकोटी       बर्षः ४९

ठेगानाः जिल्ला मोरङ सुन्दर हरैचा न.पा. वडा नं. ३

 हालः ललितपुर, धोबीघाट । 

४.      नामः लोब्साङ ठिन्ले         बर्षः २५

ठेगानाः जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ८

दुलेगौँडा स्थित तिब्बतियन शरणार्थी क्याम्प

५.      नामः बिजय लामा            बर्षः ३०

ठेगानाः जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं. ७  

बरामद सामाग्रीहरु:

१. स्थानीय पञ्जिकाधिकारी, प्रशासकीय अधिकृत, काठमाण्डौ महानगरपालिका ६ नं. वडा कार्यालयको छाप थान-४

२. जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट लोब्साङ ठिन्ले गुरूङको नाममा जारी भएको २७-०१-७९-१५९०१ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र र निजकै नामको ePassport Application Form थान-२

३. बिभिन्न व्यक्तिको नाममा बिभिन्न जिल्लाबाट जारी भएको देखिने सक्कली तथा नक्कली नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र,जन्मदर्ता, बसाइसराई कागज, वडा कार्यालयका अन्य सिफारिस, सवारी चालक अनुमतिपत्र, पासपोर्ट तथा राष्ट्रिय परिचय     पत्रहरुको फोटोहरु गरि अ. ५०० थान ।

   ४.  नेपाली नगद रू.३ लाख ५० हजार ५००।-

   ५.   पक्राउ परेका व्यक्तिहरुको मोबाइल थान -७ ।

 

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१४

घटना विवरणः बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- पवन कुमार के.सी.(बिक्रम)    उमेर             :- ३२ वर्ष     स्थायी वतन   :- जिल्ला दाङ राप्ती गा.पा. वडा नं.०६ ।     हाल             :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.१० ।       देश              :- सिंगापुर       रकम            :- रु.७,००,०००।– (सात लाख)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१० । पीडित संख्या :- २ जना ।२.  नाम थर        :- सुधिर प्रसाद जयसवाल     उमेर             :- २१ वर्ष      स्थायी वतन   :- जिल्ला रौतहट फतुवा विजयपुर न.पा.  वडा नं.०४ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०३ ।        देश              :- साईप्रस रकम            :- रु.१,००,०००।– (एक लाख) पक्राउ मिति   :- २०८३/०४/१४ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.०९ ।  पीडित संख्या :- १  जना ।३. नाम थर         :- लक्ष्मी खड्का    उमेर             :- ३८ वर्ष     स्थायी वतन   :- जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा. वडा नं.०२ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२५ ।       देश              :- रोमानिया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“ लागू औषध (खैरो हिरोइन) सहित मानिसहरु पक्राउ ”
२०८३-०४-१३

घटना विवरण:-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु लगायतका वडा एरियामा लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) ओसारपसार तथा वेचविखन भई रहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३/०४/१२ गते अं १९;०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.१२ टेकु मयलवारीमा बा ४६ प १६२ नम्बरको स्कुटर रोकी बसेका निम्न मानिसहरूलाई पक्राउ गरी निम्न परिमाणमा रहेको लागु औषध खैरो हेरोइन जस्तो वस्तु लगायतका दसीहरू  बरामद गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला काभ्रे धुलिखेल न.पा.वडा नं ०३ आचार्यगाँउ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ६८ को  उद्धव आचार्य । २.     जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ४० को कृष्ण खड्गी ।

“ बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार प्रतिवादी पक्राउ”
२०८३-०४-१३

घटना विवरण:-वादी नेपाल सरकार प्रतिवादी जिल्ला संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध नयाँ बस्ती बस्ने वर्ष ५९ को दुर्गा बहादुर भण्डारी भएको २ (दुई) वटा बैंकिङ कसुर (मुद्दा नं. ०८०-C१- ४२२१ र  ०८०-C१- ४२२२) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालत, ववरमहलको मिति २०८१/०२/१७ गतेको फैसलाले कैदः ८ (आठ) दिन र  जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ठहरी फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.६ बौद्धबाट पक्राउ गरी मिति २०८३।०४।१३ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराईएको । निम्नःनामथर: दुर्गा बहादुर भण्डारी,उमेर: ५९ वर्ष,ठेगाना: जि.संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जि.काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध बस्ने  । मुद्दा: बैंकिङ कसुर (मुद्दा नं.०८०-C१- ४२२१ र ०८०-C१- ४२२२) पक्राउ स्थान: जि.काठमाडौं का.म.न.पा. वडा नं. ०६ बौद्ध  । सजायः कैदः ८(आठ) दिन र जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- लाक्पा शेर्पा    उमेर             :- ४३ वर्ष     स्थायी वतन   :- जिल्ला तेह्रथुम छथर गा.पा. वडा नं.०१ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३२ ।       देश              :- जर्जिया       रकम            :- रु.५,५०,०००।– (पाँच लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।पीडित संख्या :- २ जना ।  २.  नाम थर        :- कालिका रोक्का     उमेर             :- ३९ वर्ष      स्थायी वतन   :- जिल्ला नवलपरासी पुर्व मध्यविन्दु न.पा. वडा नं.०८ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।        देश              :- यु.के. रकम            :- रु.५,००,०००।– (पाँच लाख) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।  पीडित संख्या :- १  जना ।

“अभद्र व्यवहार गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

 मिति २०८३।०४।१२ गते दिउसो अं.१५:४० बजेको समयमा जिल्ला कठमाडौं का.म.न.पा.वडा नं.१२ टेकु स्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण मानिस तथा महिलाहरु समेतलाई गाली गलौज गर्ने धाकधम्की तथा दु:ख हैरानी दिइ अभद्र व्यवहर गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा मिति २०८३/०४/१२ गते यस कार्यालयबाट खटिइ गएको प्रहरी टोलिले उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरूलाई फेला पारी सोधपुछ गर्ने क्रममा निजहरुले सार्वजनिक स्थानमा प्रहरी कर्मचारीहरु सँग समेत अभद्र व्यवहार गरेको हुँदा निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला मकवानपुर बागमती गा.पा.वडा नं.०४ स्थाई गर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.२५ बस्ने नारायण सिंह घिसिङको छोरा वर्ष ३४ को राज घिसिङ । २.     जिल्ला सिन्धुली गोलञ्जोर गा.पा.वडा नं.०१ स्थाई घर भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०७ बस्ने हरी प्रसाद पहाडीको छोरा वर्ष ४१ को दिपक पहाडी ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१२

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- गणेश बहादुर कार्की    उमेर             :- ४६ वर्ष     स्थायी वतन   :- जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं.११ ।     हाल             :- जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं.०६ ।       देश              :- सर्विया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/११ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०६ । पीडित संख्या :- १ जना ।२.  नाम थर        :- झगे बि.क.     उमेर             :- ४७ वर्ष      स्थायी वतन   :- जिल्ला दाङ दंगीशरण गा.पा. वडा नं.०२ ।      हाल             :- जिल्ला काठमाडौं नागार्जुन न.पा. वडा नं.०४ ।        देश              :- युरोप रकम            :- रु.३०,००,०००।– (तीस लाख) पक्राउ मिति   :- २०८३/०४/११ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२१ ।  पीडित संख्या :- ३ जना ।३. नाम थर         :- कमल श्रेष्ठ    उमेर             :- ३४ वर्ष     स्थायी वतन   :- जिल्ला चितवन खैरहनी न.पा. वडा नं.०३ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ ।       देश              :- अजरबैजान       रकम            :- रु.४,००,०००।– (चार लाख)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ । पीडित संख्या :- १ जना ।४.  नाम थर        :- शारदा श्रेष्ठ     उमेर             :- ६१ वर्ष      स्थायी वतन   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।      देश              :- फ्रान्स रकम            :- रु.७,५०,०००।– (सात लाख पचास हजार) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।  पीडित संख्या :- १ जना ।