प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै करौडौंको ठगी गर्ने गिरोह पक्राउ"

२०७९-१२-१३

  • A
  • A-
  • A+
Share

काठमाण्डौंमा सानु भण्डारी समेतको संयुक्त मिलेमतोमा २०७७ साल देखि हाल सम्म बिभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि बिभिन्न किसिमका प्रलोभन र बिश्वासमा पारी  ८१ जना पीडितहरुबाट करिब र १३ ६३ करोड  लाख भन्दा बढी ठगी गरेको  भनि पीडितहरुले दिएको किटानी जाहेरी दरखास्तको आधारमा यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९।१२।१२  गते ठगी गर्ने कार्यमा संलग्न तपशील बमोजिमका ३ जना व्यक्तिहरुलाई ललितपुर धापाखेल एरियाबाट पक्राउ गरि निजहरुलाई मुलुकी अपराध संहिताको दफा २४९ (२) र (१) बमोजिमको   कसुर अपराधमा आवाश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको ।

 

अनुसन्धानबाट खुल्न आएका कुराहरुः

v पक्राउ परेका व्यक्तिहरुले आफूसंग सम्पर्कमा आएका र चिनजानमा रहेका सबै व्यक्तिहरुलाई प्रयोग गरि तिनका आफन्त र नातागोताका व्यक्तिहरु समेतलाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धि form भर्न लगाई प्रति व्यक्ति १५ देखि २० लाख असुल गरि ठगी गरेको देखिएको ।

v भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धि फर्म भराइएका सबै व्यक्ति नेपाली नागरिक रहेको खुलेको ।

v पक्राउ परेका व्यक्तिहरुले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरुसंग सेटिङ भैरहेको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसंग सम्बन्धित बिभिन्न निकायसंग सम्बन्धित पत्र,  निर्णयहरु एवं पत्रपत्रिका र अनलाईनहरुमा आएका फोटो र न्यूजहरु तथा शरणार्थी समस्या हेर्ने बिभिन्न निकायका कर्मचारीहरुको सरुवा सम्बन्धि समाचार समेत पीडितहरुलाई सेयर गरि शतप्रतिशत काम हुन्छ भनि अनेक बहाना बनाई लामो समयसम्म पीडितहरुलाई आश्चासन दिई राखेको ।

v पीडितहरुलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर,सौराहा, काठमाण्डौ लगायत स्थानमा पटक-पटक बोलाई हैरानी दिएको । 

v काम नभएमा पैसा फिर्ता गरिदिन्छु भनि ठगी गर्ने व्यक्तिले ग्यारेन्टीको रुपमा रित नपुगेका र पर्याप्त रकम नभएका करोड बराबरको चेकहरु जाहेरवालाहरुलाई दिएको पाइएको ।

v लामो समयसम्म अमेरिका जाने नदेखिएपछि आफूहरु ठगी भएको थाहा पाई पीडितहरुले आफ्नो पैसा फिर्ता गर भन्दा पीडकहरुले उल्टै ज्यान मार्ने सम्मको धम्की दिएको ।

v ठगि भएको रकम संकलनका लागि बिभिन्न व्यक्तिको बैंक खाता प्रयोग भएको पाइएको । पीडितहरुले ६५ लाख भन्दा बढी रकम बिभिन्न व्यक्तिको खातामा डिपोजिट गरेको भेटिएको ।

v पीडितहरुमध्ये १० जना भन्दा बढीको नाममा नेपाल सरकार    गृह मन्त्रालयको नाममा सरकारी लोगो समेत प्रयोग गरि शरणार्थी परिचय पत्र तथा ट्राभल डकुमेन्ट समेत बनेको पाइएको

v नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा तत्कालीन मन्त्रालयका पदाधिकारी र शरणार्थी समस्या समाधान सम्बन्धि कार्यदलका सदस्यहरुको समेत मिलेमतो रहेको आशंकामा थप अनुसन्धान भइरहेको । 

पक्राउ परेका व्यक्तिहरु:

१.      जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ घर भई हाल ऐ. ऐ. महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा हाईट बस्ने बर्ष ५० को सानु भण्डारी ।

२.      जिल्ला मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. १० घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ धापाखेल बस्ने बर्ष ४९ को केशव प्रसाद दुलाल ।

३.      जिल्ला पाँचथर फिदिम न.पा. वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ धापाखेल बस्ने बर्ष ४५ को टंक कुमार गुरूङ ।

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१४

घटना विवरणः बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- पवन कुमार के.सी.(बिक्रम)    उमेर             :- ३२ वर्ष     स्थायी वतन   :- जिल्ला दाङ राप्ती गा.पा. वडा नं.०६ ।     हाल             :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.१० ।       देश              :- सिंगापुर       रकम            :- रु.७,००,०००।– (सात लाख)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१० । पीडित संख्या :- २ जना ।२.  नाम थर        :- सुधिर प्रसाद जयसवाल     उमेर             :- २१ वर्ष      स्थायी वतन   :- जिल्ला रौतहट फतुवा विजयपुर न.पा.  वडा नं.०४ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०३ ।        देश              :- साईप्रस रकम            :- रु.१,००,०००।– (एक लाख) पक्राउ मिति   :- २०८३/०४/१४ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.०९ ।  पीडित संख्या :- १  जना ।३. नाम थर         :- लक्ष्मी खड्का    उमेर             :- ३८ वर्ष     स्थायी वतन   :- जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा. वडा नं.०२ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२५ ।       देश              :- रोमानिया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- लाक्पा शेर्पा    उमेर             :- ४३ वर्ष     स्थायी वतन   :- जिल्ला तेह्रथुम छथर गा.पा. वडा नं.०१ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३२ ।       देश              :- जर्जिया       रकम            :- रु.५,५०,०००।– (पाँच लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।पीडित संख्या :- २ जना ।  २.  नाम थर        :- कालिका रोक्का     उमेर             :- ३९ वर्ष      स्थायी वतन   :- जिल्ला नवलपरासी पुर्व मध्यविन्दु न.पा. वडा नं.०८ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।        देश              :- यु.के. रकम            :- रु.५,००,०००।– (पाँच लाख) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।  पीडित संख्या :- १  जना ।

“ बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार प्रतिवादी पक्राउ”
२०८३-०४-१३

घटना विवरण:-वादी नेपाल सरकार प्रतिवादी जिल्ला संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध नयाँ बस्ती बस्ने वर्ष ५९ को दुर्गा बहादुर भण्डारी भएको २ (दुई) वटा बैंकिङ कसुर (मुद्दा नं. ०८०-C१- ४२२१ र  ०८०-C१- ४२२२) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालत, ववरमहलको मिति २०८१/०२/१७ गतेको फैसलाले कैदः ८ (आठ) दिन र  जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ठहरी फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.६ बौद्धबाट पक्राउ गरी मिति २०८३।०४।१३ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराईएको । निम्नःनामथर: दुर्गा बहादुर भण्डारी,उमेर: ५९ वर्ष,ठेगाना: जि.संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जि.काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध बस्ने  । मुद्दा: बैंकिङ कसुर (मुद्दा नं.०८०-C१- ४२२१ र ०८०-C१- ४२२२) पक्राउ स्थान: जि.काठमाडौं का.म.न.पा. वडा नं. ०६ बौद्ध  । सजायः कैदः ८(आठ) दिन र जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ।

“ लागू औषध (खैरो हिरोइन) सहित मानिसहरु पक्राउ ”
२०८३-०४-१३

घटना विवरण:-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु लगायतका वडा एरियामा लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) ओसारपसार तथा वेचविखन भई रहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३/०४/१२ गते अं १९;०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.१२ टेकु मयलवारीमा बा ४६ प १६२ नम्बरको स्कुटर रोकी बसेका निम्न मानिसहरूलाई पक्राउ गरी निम्न परिमाणमा रहेको लागु औषध खैरो हेरोइन जस्तो वस्तु लगायतका दसीहरू  बरामद गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला काभ्रे धुलिखेल न.पा.वडा नं ०३ आचार्यगाँउ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ६८ को  उद्धव आचार्य । २.     जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ४० को कृष्ण खड्गी ।

“अभद्र व्यवहार गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

 मिति २०८३।०४।१२ गते दिउसो अं.१५:४० बजेको समयमा जिल्ला कठमाडौं का.म.न.पा.वडा नं.१२ टेकु स्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण मानिस तथा महिलाहरु समेतलाई गाली गलौज गर्ने धाकधम्की तथा दु:ख हैरानी दिइ अभद्र व्यवहर गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा मिति २०८३/०४/१२ गते यस कार्यालयबाट खटिइ गएको प्रहरी टोलिले उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरूलाई फेला पारी सोधपुछ गर्ने क्रममा निजहरुले सार्वजनिक स्थानमा प्रहरी कर्मचारीहरु सँग समेत अभद्र व्यवहार गरेको हुँदा निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला मकवानपुर बागमती गा.पा.वडा नं.०४ स्थाई गर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.२५ बस्ने नारायण सिंह घिसिङको छोरा वर्ष ३४ को राज घिसिङ । २.     जिल्ला सिन्धुली गोलञ्जोर गा.पा.वडा नं.०१ स्थाई घर भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०७ बस्ने हरी प्रसाद पहाडीको छोरा वर्ष ४१ को दिपक पहाडी ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१२

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- गणेश बहादुर कार्की    उमेर             :- ४६ वर्ष     स्थायी वतन   :- जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं.११ ।     हाल             :- जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं.०६ ।       देश              :- सर्विया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/११ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०६ । पीडित संख्या :- १ जना ।२.  नाम थर        :- झगे बि.क.     उमेर             :- ४७ वर्ष      स्थायी वतन   :- जिल्ला दाङ दंगीशरण गा.पा. वडा नं.०२ ।      हाल             :- जिल्ला काठमाडौं नागार्जुन न.पा. वडा नं.०४ ।        देश              :- युरोप रकम            :- रु.३०,००,०००।– (तीस लाख) पक्राउ मिति   :- २०८३/०४/११ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२१ ।  पीडित संख्या :- ३ जना ।३. नाम थर         :- कमल श्रेष्ठ    उमेर             :- ३४ वर्ष     स्थायी वतन   :- जिल्ला चितवन खैरहनी न.पा. वडा नं.०३ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ ।       देश              :- अजरबैजान       रकम            :- रु.४,००,०००।– (चार लाख)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ । पीडित संख्या :- १ जना ।४.  नाम थर        :- शारदा श्रेष्ठ     उमेर             :- ६१ वर्ष      स्थायी वतन   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।      देश              :- फ्रान्स रकम            :- रु.७,५०,०००।– (सात लाख पचास हजार) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।  पीडित संख्या :- १ जना ।