प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“अनलाईन मार्फत ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरु पक्राउ”

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

काठमाडौको विभिन्न स्थानमा घर भाडामा लिई चिनियाँ नागरिकहरुले अवैध रुपमा अफिस संचालन गरी सामाजिक संजाल Whatsapp मा बिभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाईन मार्फत बिजनेसबाट ठुलो रकम फाईदा हुन्छ भनी Telegram मा Operation Teacher नामक च्यानल मार्फत अनलाईन कक्षा संचालन गरी विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई ठगी गरेको भन्ने व्यहोराको सुचना यस कार्यालयमा प्राप्त भई उक्त सुचनाको आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौको विभिन्न स्थानहरु बाट उक्त ठगी कार्यमा प्रयोग गरिएका निम्न विधुतीय उपकरणहरु सहित ठगी कार्यमा संलग्न ९ जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिक सहित १९ जना व्यक्तिहरुलाई यस कार्यालयबाट खटि गएका प्रहरी टोलीले मिति २०७९/१२/१४ गते  जिल्ला काठमाडौ बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला र का.जि. का.म.न.पा वडा नं.४ चण्डोलबाट पक्राउ गरी ठगी सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको ।

पक्राउ परेका ब्यक्तिहरु:

१. जिल्ला दोलखा शैलुङगेश्वर गाउँपालिका वडा नं.३ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं.२ चपली बस्ने गंगा बहादुर श्रेष्ठको छोरा बर्ष ४६ को बुद्धिराज श्रेष्ठ  ।

२. जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं.२ चपली बस्ने सोबितमान तामाङको छोरा बर्ष २९ को ईन्द्र तामाङ  ।

३. जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वडा नं.६ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं.२ चपली बस्ने रामकुमार लामाको छोरा बर्ष ३६ को राजकुमार लामा  ।

४. जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा वडा नं.२ बस्ने पुष्कर भण्डारीको छोरा बर्ष २५ को प्रयास भण्डारी ।

५. जिल्ला दोलखा बैतेश्वर गाउँपालिका वडा नं.२ बस्ने ईन्द्र बहादुर श्रेष्ठको छोरा बर्ष २६ को अर्जुन श्रेष्ठ ।

६. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने पासपोर्ट नं. EJ 3445274 बाहक बर्ष ३३ को HUANG HUANRONG

७.  चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने पासपोर्ट नं. EJ 6843552 बाहक बर्ष ३६ को XU FUXIANG

८. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने पासपोर्ट नं. EF 9602984 बाहक बर्ष ३४ को LAN ZHENGWEI

९. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने बर्ष ४० को XIE GUO YI

१०. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने बर्ष २९ को XIE SHUANG DI

११. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने बर्ष ३१ को GAO MING

१२. जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला काठमाण्डौ बौद्ध जोरपाटी बस्ने पदम बहादुर सुनुवारको छोरी बर्ष ३४ की रविना सुनुवार  ।

१३. जिल्ला लम्जुङ दुधपोखरी गाउँपालिका वडा नं.६ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला बस्ने कुम बहादुर गुरुङको छोरी बर्ष ३४ की सुनिता गुरुङ ।

१४. जिल्ला मकवानपुर हेटौडा उप म.न.पा.वडा नं.८ घर भई हाल जिल्ला ललितपुर हात्तिवन बस्ने बर्ष २२ की कृष्टिना लामा भन्ने जमुना गोले ।

१५. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने बर्ष ३१ को EHOU PING VING

१६. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने बर्ष ३० को CHEN DUR LIN

१७. चिनियाँ नागरिक हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने पासपोर्ट नं. EC 0167236 बाहक बर्ष ३९ को LI JIAN HONG

१८. जिल्ला उदयपुर गाईघाट न.पा वडा नं.११ घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने खड्रग बहादुर मगरको छोरी बर्ष १९ की अनिता मगर ।

१९. जिल्ला गोरखा चुमनुब्री गाउँपालिका वडा नं.  घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.४ चण्डोल बस्ने कार्की गुरुङको छोरी बर्ष २० की अनु गुरुङ ।

बरामद सामाग्रीहरु:

१.      बिभिन्न कम्पनीका Laptop थान १२

२.      विभिन्न कम्पनीका मोबाइल सेट (सिम सहित) थान - ७७

३.      बिभिन्न दुरसंचार सेवा प्रदायक कम्पनीका सिम कार्ड थान – ७४

४.      बिभिन्न ब्यक्तिहरुको नाममा रहेको राहदानी थान- ६

५.      नेपाली नगद रु ४,०१,८८०।-( अक्षेरुपी चार लाख एक हजार आठ सय असी मात्र)

६.      बिभिन्न कम्पनीका डेक्सटप थान- २

७.      बिभिन्न कम्पनीका राउटर थान- ४ 

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१४

घटना विवरणः बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- पवन कुमार के.सी.(बिक्रम)    उमेर             :- ३२ वर्ष     स्थायी वतन   :- जिल्ला दाङ राप्ती गा.पा. वडा नं.०६ ।     हाल             :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.१० ।       देश              :- सिंगापुर       रकम            :- रु.७,००,०००।– (सात लाख)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१० । पीडित संख्या :- २ जना ।२.  नाम थर        :- सुधिर प्रसाद जयसवाल     उमेर             :- २१ वर्ष      स्थायी वतन   :- जिल्ला रौतहट फतुवा विजयपुर न.पा.  वडा नं.०४ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०३ ।        देश              :- साईप्रस रकम            :- रु.१,००,०००।– (एक लाख) पक्राउ मिति   :- २०८३/०४/१४ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.०९ ।  पीडित संख्या :- १  जना ।३. नाम थर         :- लक्ष्मी खड्का    उमेर             :- ३८ वर्ष     स्थायी वतन   :- जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा. वडा नं.०२ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२५ ।       देश              :- रोमानिया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“ लागू औषध (खैरो हिरोइन) सहित मानिसहरु पक्राउ ”
२०८३-०४-१३

घटना विवरण:-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु लगायतका वडा एरियामा लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) ओसारपसार तथा वेचविखन भई रहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३/०४/१२ गते अं १९;०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.१२ टेकु मयलवारीमा बा ४६ प १६२ नम्बरको स्कुटर रोकी बसेका निम्न मानिसहरूलाई पक्राउ गरी निम्न परिमाणमा रहेको लागु औषध खैरो हेरोइन जस्तो वस्तु लगायतका दसीहरू  बरामद गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला काभ्रे धुलिखेल न.पा.वडा नं ०३ आचार्यगाँउ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ६८ को  उद्धव आचार्य । २.     जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ४० को कृष्ण खड्गी ।

“ बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार प्रतिवादी पक्राउ”
२०८३-०४-१३

घटना विवरण:-वादी नेपाल सरकार प्रतिवादी जिल्ला संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध नयाँ बस्ती बस्ने वर्ष ५९ को दुर्गा बहादुर भण्डारी भएको २ (दुई) वटा बैंकिङ कसुर (मुद्दा नं. ०८०-C१- ४२२१ र  ०८०-C१- ४२२२) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालत, ववरमहलको मिति २०८१/०२/१७ गतेको फैसलाले कैदः ८ (आठ) दिन र  जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ठहरी फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.६ बौद्धबाट पक्राउ गरी मिति २०८३।०४।१३ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराईएको । निम्नःनामथर: दुर्गा बहादुर भण्डारी,उमेर: ५९ वर्ष,ठेगाना: जि.संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जि.काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध बस्ने  । मुद्दा: बैंकिङ कसुर (मुद्दा नं.०८०-C१- ४२२१ र ०८०-C१- ४२२२) पक्राउ स्थान: जि.काठमाडौं का.म.न.पा. वडा नं. ०६ बौद्ध  । सजायः कैदः ८(आठ) दिन र जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- लाक्पा शेर्पा    उमेर             :- ४३ वर्ष     स्थायी वतन   :- जिल्ला तेह्रथुम छथर गा.पा. वडा नं.०१ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३२ ।       देश              :- जर्जिया       रकम            :- रु.५,५०,०००।– (पाँच लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।पीडित संख्या :- २ जना ।  २.  नाम थर        :- कालिका रोक्का     उमेर             :- ३९ वर्ष      स्थायी वतन   :- जिल्ला नवलपरासी पुर्व मध्यविन्दु न.पा. वडा नं.०८ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।        देश              :- यु.के. रकम            :- रु.५,००,०००।– (पाँच लाख) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।  पीडित संख्या :- १  जना ।

“अभद्र व्यवहार गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

 मिति २०८३।०४।१२ गते दिउसो अं.१५:४० बजेको समयमा जिल्ला कठमाडौं का.म.न.पा.वडा नं.१२ टेकु स्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण मानिस तथा महिलाहरु समेतलाई गाली गलौज गर्ने धाकधम्की तथा दु:ख हैरानी दिइ अभद्र व्यवहर गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा मिति २०८३/०४/१२ गते यस कार्यालयबाट खटिइ गएको प्रहरी टोलिले उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरूलाई फेला पारी सोधपुछ गर्ने क्रममा निजहरुले सार्वजनिक स्थानमा प्रहरी कर्मचारीहरु सँग समेत अभद्र व्यवहार गरेको हुँदा निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला मकवानपुर बागमती गा.पा.वडा नं.०४ स्थाई गर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.२५ बस्ने नारायण सिंह घिसिङको छोरा वर्ष ३४ को राज घिसिङ । २.     जिल्ला सिन्धुली गोलञ्जोर गा.पा.वडा नं.०१ स्थाई घर भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०७ बस्ने हरी प्रसाद पहाडीको छोरा वर्ष ४१ को दिपक पहाडी ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१२

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- गणेश बहादुर कार्की    उमेर             :- ४६ वर्ष     स्थायी वतन   :- जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं.११ ।     हाल             :- जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं.०६ ।       देश              :- सर्विया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/११ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०६ । पीडित संख्या :- १ जना ।२.  नाम थर        :- झगे बि.क.     उमेर             :- ४७ वर्ष      स्थायी वतन   :- जिल्ला दाङ दंगीशरण गा.पा. वडा नं.०२ ।      हाल             :- जिल्ला काठमाडौं नागार्जुन न.पा. वडा नं.०४ ।        देश              :- युरोप रकम            :- रु.३०,००,०००।– (तीस लाख) पक्राउ मिति   :- २०८३/०४/११ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२१ ।  पीडित संख्या :- ३ जना ।३. नाम थर         :- कमल श्रेष्ठ    उमेर             :- ३४ वर्ष     स्थायी वतन   :- जिल्ला चितवन खैरहनी न.पा. वडा नं.०३ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ ।       देश              :- अजरबैजान       रकम            :- रु.४,००,०००।– (चार लाख)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ । पीडित संख्या :- १ जना ।४.  नाम थर        :- शारदा श्रेष्ठ     उमेर             :- ६१ वर्ष      स्थायी वतन   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।      देश              :- फ्रान्स रकम            :- रु.७,५०,०००।– (सात लाख पचास हजार) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।  पीडित संख्या :- १ जना ।