प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"नेपाली नागरिकता लिने १० भारतीय नागरिकहरुको समूह पक्राउ "

२०८०-०१-२४

  • A
  • A-
  • A+
Share

भारत देश उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पंचायत भिमपुरा थाना बेल्थरा रोड स्थायी वतन भएका भारतीय नागरिकहरुको समूहले नेपालका विभिन्न जिल्लाबाट विभिन्न समयमा विशेष गरी नागरिकता बनाउन टोली स्थलगत रुपमा खटिएको समय पारी झुट्टा विवरण पेश गरी नेपालको तराईका जिल्लाहरु सिराहा, बारा, पर्सा, रुपन्देही लगायतका स्थानबाट नेपाली नागरिकता प्राप्त गरी नेपालका विभिन्न स्थानमा घर-जग्गा खरिद गरी व्यापार व्यवसाय समेत गरी बसेको भन्ने गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा निजहरुले झुठ्ठा विवरण पेश गरी बिभिन्न मितिमा सक्कलै नेपाली नागरिकता प्राप्त गरेको देखिन आई निजहरु बिरुद्ध सम्मानित जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पूर्जी समेत लिई उक्त भारतीय नागरिकहरुको निगरानी राखी खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको विशेष टोलीले मिति २०८०।०१।२३ गते काठमाण्डौको शंखमुल, कलंकी, वागबजार, गंगबु, बानेश्वर लगायतका स्थानबाट तपसिलमा उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरि निजहरुलाई नागरिकता ऐन तथा लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको ।

 

अनुसन्धानबाट खुल्न आएका कुराहरुः

v पक्राउ परेका भरत प्रसाद गुप्ताले जिल्ला सिराहा रामनगर मिर्चैया-२ बस्ने शिव शंकर प्रसाद गुप्ताको छोरा भरत प्रसाद गुप्ता (जन्म मिति २०२५/०१/१९) को नाममा मिति २०६३/१२/१७ गते जन्मको आधारमा १५३०९०/१०४ नम्बरको नेपाली नागरिकता लिएको देखिएको ।

v पक्राउ परेका राहुल गुप्ताले जिल्ला सिराहा रामनगर मिर्चैया-२ बस्ने भरत प्रसाद गुप्ताको छोरा राहुल गुप्ता (जम्म मिति २०४९/१०/०१ ) को नाममा मिति २०७०/०१/२९ गते वंशजको आधारमा १५३०९०/३४ नम्बरको नेपाली नागरिकता लिएको देखिएको । साथै निजले २०७१/०८/०१ MRP समेत लिएको देखिएको ।

v पक्राउ परेकी अर्का भारतीय नागरिक ज्ञानमती देवी गुप्ताले जिल्ला सिराहा रामनगर मिर्चैया-२ बस्ने भरत प्रसाद गुप्ताको श्रीमती ज्ञानमति देवी गुप्ताको (जन्म मिति २०३०/०१/१० ) को नाममा मिति २०६८/०३/०९ गते १५१०९०/७३० नम्बरको वैवाहिक अंगिकृत नेपाली नागरिकता लिएको देखिएको ।

v पक्राउ परेका अर्का भारतीय नागरिक भरत गुप्ताले मिति २०६३/११/०७ मा जिल्ला प्रशासन कार्यालय बाराबाट ३३३०८१/१९२ नम्बरको नेपाली नागरिकता जन्मको आधारमा लिएको देखिएको ।

v पक्राउ परेकी स्नेह लता गुप्ताले जिल्ला बारा निजगढ-८ बस्ने रामेश्वर प्रसाद गुप्ताको छोरी भरत गुप्ताको श्रीमती स्नेह लता गुप्ता (जम्म मिति २०३७/०५/०१ ) को नाममा मिति २०६९/०९/११ मा वंशजको आधारमा ३३२०११/३६६२८ नम्बरको नेपाली नागरिकता लिएको देखिएको ।

v पक्राउ परेका गोपाल गुप्ताले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट मिति २०६३/११/१८ गते ३७३०६३/१८२ नम्बरको नेपाली नागरिकता लिएको देखिएको ।

v पक्राउ परेका राजेश कुमार गुप्ताले जिल्ला बारा जीतपुर न.पा. ३ बस्ने दिनेश प्रसाद  गुप्ताको छोरा राजेश कुमार गुप्ता (जन्म मिति २०२९/०१/१६ गते) को नाममा मिति २०६३/११/२८ गते जन्मको आधारमा ३०७९।४०१ नम्बरको नेपाली नागरिकता लिएको देखिएको ।

v पक्राउ परेकी मिना देवी गुप्ताले जिल्ला बारा निजगढ-८ बस्ने रामानन्द साहको छोरी राजेश कुमार गुप्ताको श्रीमती मिना देवी गुप्ता (जन्ममिति २०३१/०५/०१ ) को नाममा मिति २०६९/०९/११ गते वंशजको आधारमा ३३२०११/३६६२१ नम्बरको नेपाली नागरिकता लिएको देखिएको ।

v पक्राउ परेका राम प्रवेश गुप्ताले जिल्ला रूपन्देही फरेना-२ बस्ने मोहन गुप्ताको छोरा राम प्रवेश गुप्ताको नाममा मिति २०६३/११/२१ गते २०६३ सालको नागरिकता टोलीबाट जन्मको आधारमा ३७३०५७/१२३ नम्बरको नेपाली नागरिकता लिएको खुल्न आएको ।

v पक्राउ परेका राम सुन्दर गुप्ताले जिल्ला पर्सा बिरगंज उ.म.न.पा. -२ बस्ने मोहन गुप्ताको छोरा राम सुन्दर गुप्ता (जन्ममिति २०३६/०३/१५) को नाममा मिति २०६३/१२/१५ मा जन्मको आधारमा ३४३०२२-२/६३६ नम्बरको नेपाली नागरिकता लिएको खुल्न आएको ।

v पक्राउ परेका सबै व्यक्तिको सन् २०२१ देखि हालसम्म पनि भारतीय मतदाता नामावलीमा विवरण अद्यावधिक भएको  देखिएको ।

 पक्राउ परेका ब्यक्तिहरु:

१.      नामः भरत प्रसाद गुप्ता,          बर्षः ५५

      ठेगानाः जि.सिराहा मिर्चैया न.पा. २

     भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

    हालः का.जि. का.म.न.पा. ३१ शंखमुल ।

२.      नामः  राहुल गुप्ता       बर्षः ३०

ठेगानाः जि.सिराहा मिर्चैया न.पा. २

 भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

हालः का.जि. का.म.न.पा. ३१ शंखमुल ।

३.      नामः ज्ञानमति देवी गुप्ता       बर्षः ५०

ठेगानाः जिल्ला सिराहा मिर्चैया न.पा. २

भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

 हालः का.जि. का.म.न.पा. ३१ शंखमुल । 

४.      नामः गोपाल गुप्ता       बर्षः ३९

ठेगानाः जिल्ला रुपन्देही असुरयना गा.वि.स. वडा नं. ३

भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

हालः का.जि. का.म.न.पा. ३१ शंखमुल । 

५.      नामः रामसुन्दर गुप्ता           बर्षः ४४

ठेगानाः जिल्ला रुपन्देही फरेना गा.वि.स. वडा नं. ३

भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

हालः जि. ललितपुर ल.म.न.पा. ५ लगनखेल । 

६.      नाम: राम प्रबेश गुप्ता          वर्ष: ४३

ठेगाना:साबिक जिल्ला रुपन्देही फरेना गा.वि.स. ३ परिवर्तित सम्मरीमाई गा.पा. ४

     भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

हाल का.जि.टोखा न.पा. ९ गंगबु   

७.       नाम: भरत गुप्ता        वर्ष: ४६

       ठेगाना:जिल्ला बारा पिपरा सिमरा गा.वि.स.  ६  परिवर्तित सिमरा उ.प.म.न.पा. ८

       भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

हाल:का.म.न.पा. १४ कलंकी   

८.      नाम: स्नेह लता गुप्ता      वर्ष: ४२                                                                                  

ठेगाना: जिल्ला    बारा निजगढ गा.वि.स. ८  परिवर्तित निजगढ न.पा. ८

       भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

       हाल:  का.म.न.पा. १४ कलकीं

९.      नाम: मिना देवी गुप्ता   वर्ष: ४९  

ठेगाना: जिल्ला  बारा निजगढ गा.वि.स. ८  परिवर्तित निजगढ न.पा. ८            

भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

      हाल:  का.म.न.पा. १४ कलकीं                      

१०. नाम: राजेश कुमार गुप्ता    वर्ष: ५२

ठेगाना: जिल्ला बारा जितपुर न.पा. ३ परिवर्तित जितपुर उ.प.न.पा. ७ भवानीपुर

भारत बिहार जिल्ला वलिया उत्तर प्रदेश राज्य

      हाल: का.म.न.पा. १४ कलकीं

 बरामद सामाग्रीहरु:

१. भरत प्रसाद गुप्ता, राहुल गुप्ता र ज्ञानमति देवी गुप्ताको नाममा रहेको मतदाता परिचय पत्र, नेपाली नागरीकताको प्रमाणपत्र, काठमाण्डौमा बसाईसराई भएको प्रमाण पत्र, भारतिय राजदुतावास भारतिय नागरिक भएको सिफारिस पत्र, भारतिय सवारी चालक अनुमति पत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतिय पासपोर्ट, भारतीय आधार कार्ड लगायतका कागजातहरु ।

२.  पक्राउ परेका व्यक्तिहरुको नेपाली नागरिकताको प्रमाणपत्र थान-७ ।

३. पक्राउ परेका व्यक्तिहरुको मतदाता परिचय पत्र थान- ५ ।

४. पक्राउ परेका व्यक्तिहरुको मोबाइल फोन थान- ९ ।

 

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१४

घटना विवरणः बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- पवन कुमार के.सी.(बिक्रम)    उमेर             :- ३२ वर्ष     स्थायी वतन   :- जिल्ला दाङ राप्ती गा.पा. वडा नं.०६ ।     हाल             :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.१० ।       देश              :- सिंगापुर       रकम            :- रु.७,००,०००।– (सात लाख)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१० । पीडित संख्या :- २ जना ।२.  नाम थर        :- सुधिर प्रसाद जयसवाल     उमेर             :- २१ वर्ष      स्थायी वतन   :- जिल्ला रौतहट फतुवा विजयपुर न.पा.  वडा नं.०४ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०३ ।        देश              :- साईप्रस रकम            :- रु.१,००,०००।– (एक लाख) पक्राउ मिति   :- २०८३/०४/१४ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.०९ ।  पीडित संख्या :- १  जना ।३. नाम थर         :- लक्ष्मी खड्का    उमेर             :- ३८ वर्ष     स्थायी वतन   :- जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा. वडा नं.०२ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२५ ।       देश              :- रोमानिया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“ लागू औषध (खैरो हिरोइन) सहित मानिसहरु पक्राउ ”
२०८३-०४-१३

घटना विवरण:-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु लगायतका वडा एरियामा लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) ओसारपसार तथा वेचविखन भई रहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३/०४/१२ गते अं १९;०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.१२ टेकु मयलवारीमा बा ४६ प १६२ नम्बरको स्कुटर रोकी बसेका निम्न मानिसहरूलाई पक्राउ गरी निम्न परिमाणमा रहेको लागु औषध खैरो हेरोइन जस्तो वस्तु लगायतका दसीहरू  बरामद गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला काभ्रे धुलिखेल न.पा.वडा नं ०३ आचार्यगाँउ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ६८ को  उद्धव आचार्य । २.     जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ४० को कृष्ण खड्गी ।

“ बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार प्रतिवादी पक्राउ”
२०८३-०४-१३

घटना विवरण:-वादी नेपाल सरकार प्रतिवादी जिल्ला संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध नयाँ बस्ती बस्ने वर्ष ५९ को दुर्गा बहादुर भण्डारी भएको २ (दुई) वटा बैंकिङ कसुर (मुद्दा नं. ०८०-C१- ४२२१ र  ०८०-C१- ४२२२) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालत, ववरमहलको मिति २०८१/०२/१७ गतेको फैसलाले कैदः ८ (आठ) दिन र  जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ठहरी फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.६ बौद्धबाट पक्राउ गरी मिति २०८३।०४।१३ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराईएको । निम्नःनामथर: दुर्गा बहादुर भण्डारी,उमेर: ५९ वर्ष,ठेगाना: जि.संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जि.काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध बस्ने  । मुद्दा: बैंकिङ कसुर (मुद्दा नं.०८०-C१- ४२२१ र ०८०-C१- ४२२२) पक्राउ स्थान: जि.काठमाडौं का.म.न.पा. वडा नं. ०६ बौद्ध  । सजायः कैदः ८(आठ) दिन र जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- लाक्पा शेर्पा    उमेर             :- ४३ वर्ष     स्थायी वतन   :- जिल्ला तेह्रथुम छथर गा.पा. वडा नं.०१ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३२ ।       देश              :- जर्जिया       रकम            :- रु.५,५०,०००।– (पाँच लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।पीडित संख्या :- २ जना ।  २.  नाम थर        :- कालिका रोक्का     उमेर             :- ३९ वर्ष      स्थायी वतन   :- जिल्ला नवलपरासी पुर्व मध्यविन्दु न.पा. वडा नं.०८ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।        देश              :- यु.के. रकम            :- रु.५,००,०००।– (पाँच लाख) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।  पीडित संख्या :- १  जना ।

“अभद्र व्यवहार गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

 मिति २०८३।०४।१२ गते दिउसो अं.१५:४० बजेको समयमा जिल्ला कठमाडौं का.म.न.पा.वडा नं.१२ टेकु स्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण मानिस तथा महिलाहरु समेतलाई गाली गलौज गर्ने धाकधम्की तथा दु:ख हैरानी दिइ अभद्र व्यवहर गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा मिति २०८३/०४/१२ गते यस कार्यालयबाट खटिइ गएको प्रहरी टोलिले उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरूलाई फेला पारी सोधपुछ गर्ने क्रममा निजहरुले सार्वजनिक स्थानमा प्रहरी कर्मचारीहरु सँग समेत अभद्र व्यवहार गरेको हुँदा निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला मकवानपुर बागमती गा.पा.वडा नं.०४ स्थाई गर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.२५ बस्ने नारायण सिंह घिसिङको छोरा वर्ष ३४ को राज घिसिङ । २.     जिल्ला सिन्धुली गोलञ्जोर गा.पा.वडा नं.०१ स्थाई घर भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०७ बस्ने हरी प्रसाद पहाडीको छोरा वर्ष ४१ को दिपक पहाडी ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१२

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- गणेश बहादुर कार्की    उमेर             :- ४६ वर्ष     स्थायी वतन   :- जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं.११ ।     हाल             :- जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं.०६ ।       देश              :- सर्विया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/११ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०६ । पीडित संख्या :- १ जना ।२.  नाम थर        :- झगे बि.क.     उमेर             :- ४७ वर्ष      स्थायी वतन   :- जिल्ला दाङ दंगीशरण गा.पा. वडा नं.०२ ।      हाल             :- जिल्ला काठमाडौं नागार्जुन न.पा. वडा नं.०४ ।        देश              :- युरोप रकम            :- रु.३०,००,०००।– (तीस लाख) पक्राउ मिति   :- २०८३/०४/११ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२१ ।  पीडित संख्या :- ३ जना ।३. नाम थर         :- कमल श्रेष्ठ    उमेर             :- ३४ वर्ष     स्थायी वतन   :- जिल्ला चितवन खैरहनी न.पा. वडा नं.०३ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ ।       देश              :- अजरबैजान       रकम            :- रु.४,००,०००।– (चार लाख)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ । पीडित संख्या :- १ जना ।४.  नाम थर        :- शारदा श्रेष्ठ     उमेर             :- ६१ वर्ष      स्थायी वतन   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।      देश              :- फ्रान्स रकम            :- रु.७,५०,०००।– (सात लाख पचास हजार) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।  पीडित संख्या :- १ जना ।