“बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०१-१३
- A
- A-
- A+
बेरोजगार युवायुवतिलाई बैदेशिक
रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात
बिदेश नपठाई निजहरु सम्पर्क विहीन भएकोमा पिडीतले जाहेरी दिई अनुसन्धान हुदा बिदेश
पठाउने भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई
काठमाण्डौको बिभिन्न स्थानहरुबाट मिति २०८१।०१।१२ र १३ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरु:-
१.
नाम
थर :- कुल बहादुर लिम्बु
उमेर :- ५२ वर्ष
वतन :- जिल्ला धनकुटा
साकुरीगढी गा.पा. वडा नं. ०५ घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ०७ चावहिल ।
देश :- क्रोएसिया
बिगो रकम :- रु २,५५,०००।– (अक्षेरुपी दुई लाख पचपन्न हजार रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०५
जोरपाटी ।
जाहेरवाला :- मोनिराज राई समेत २ जना ।
छोटकरी विवरण :- क्रोएसियामा आक्रर्षक तलवको प्रलोभन देखाई ठगी
गर्ने गरेको ।
२.
नाम
थर :-
विजय भण्डारी
उमेर :- ३८ वर्ष
वतन :- जिल्ला झापा दमक न.पा. वडा नं. ०५ घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा. वडा नं. ०६
हात्तीगौँडा ।
देश :- स्पेन
बिगो रकम :- रु ५६,००,०००।– (अक्षेरुपी छपन्न लाख रुपैयाँ)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ बबरमहल ।
जाहेरवाला :- शेखर
थापा समेत ८ जना
छोटकरी विवरण :- स्पेनमा आक्रर्षक तलवको प्रलोभन
देखाई ठगी गर्ने गरेको ।