प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“भन्सार छलि चोरी पैठारी गरी नेपालमा ल्याईएका सवारी साधनहरु बरामद”

२०८१-०१-१४

  • A
  • A-
  • A+
Share

उपरोक्त सम्बन्धमा काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी सवारी साधनहरु नेपालका बिभिन्न स्थानहरुमा बिक्री वितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले मिति २०८०/११/२७ गते उपत्यकाका बिभिन्न स्थानबाट  बेबारिसे अवस्थामा पार्कीङ गरी राखेको वाग्मती प्रदेश ०१-०२५ च ८९८५  नम्बरको  BREZZA  गाडी १, प्रदेश ०३-०१-००१६च ४७२१  BREZZA  गाडी १ वटा , बाग्मती प्रदेश ०१-०२४ च ६८१२ भएको  BREZZA  गाडी १ वटा  र बाग्मती प्रदेश ०१-०२३च २९७३ भएको BREZZA  गाडी १ वटा  तथा मिति २०८०/१२/२५ गते का.जि. का.म.न.पा. वडा न २६ नँया बसपार्क बाट ग ३ च २६६९ नम्बरको Alto  गाडी १ वटा र  मिति २०८१/०१/१२ गते का.जि.का.म.न.पा.वडा न ३१ नँया बानेश्वर बाट प्रदेश १ -०२-००२ च ५१०८ नम्बरको Scorpio गाडी १ वाट  गरि जम्मा ६ थान गाडी   फेला पारी यस कार्यालयमा ल्याई थप अनुसन्धान तथा कारबाहीको लागी मिति २०८१/०१/१४ गते त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण पठाईएको ।

बरामद गरिएका सवारी साधनहरु :-

१. बिभिन्न मोडलका BREZZA  गाडी ४ थान

२. Scorpio गाडी १ थान

३. Alto गाडी १ थान 

सम्बन्धित समाचार
“ वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०१-२६

घटना विवरण :-वेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात विदेश नपठाई निजहरु सम्पर्क विहीन भएकोमा पिडीतहरुले जाहेरी दरखास्त दिई अनुसन्धान हुँदा विदेश पठाउने  भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाण्डौंको विभिन्न स्थानहरुबाट मिति २०८१।०१।२५ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्तिहरु :-१.          नाम थर  :- वकिल बहादुर आलेउमेर      :-  ३८ वर्ष      वतन     :-  जिल्ला गोरखा गण्डकी गा.पा. वडा नं. ०२ ।देश      :-  क्यानडाबिगो रकम :- रु  ३६,००,००० ।– ( अक्षेरुपी छत्तीस लाख रुपैयाँ )पक्राउ स्थान :- जिल्ला गोरखा, गोरखा  गा.पा. वडा नं.०६ ।जाहेरवाला :- राजन सुनार समेत ६ जना घटनाको छोटकरी विवरण :- क्यानडा पठाईदिन्छु भनि क्यानडा जान लागत  प्रतिव्यक्ति रु. १७ लाख लाग्छ, मासिक तलब रु. १ लाख ८० हजार हुन्छ, क्यानडामा आफ्नो मान्छे छ भनि  प्रलोभन देखाई रकम लिए पश्चात सम्पर्क विहीन भई ठगी गरी फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा पक्राउ गरिएको । २.      नाम थर  :- धर्मेन्द्र श्रेष्ठ         उमेर      :-   ३४ वर्ष      वतन     :-  जिल्ला तनहुँ ऋषिङ  गा.पा. वडा नं. ०८ घर भई हाल जिल्ला काठमाण्डौं का.म.पा. वडा नं. २६ गोगंबु ।देश      :-  यु.के. बिगो रकम :- रु  ९,५०,००० ।– ( अक्षेरुपी नौं लाख पचास हजार रुपैयाँ )पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६ गोगंबु ।जाहेरवाला :- सुविना के.सी. समेत २ जना घटनाको छोटकरी विवरण :- बेलायत पठाईदिन्छु भनि आकर्षक तलबको प्रलोभन देखाई रकम लिई ठगी गरे पश्चात सम्पर्क विहिन भई फरार रहेको ।

“घरमा मानिस नभएको मौका पारी चोरी गर्ने व्यक्ति पक्राउ”
२०८१-०१-२५

मिति २०८०/१२/०३  गते बिहानको समयमा का.जि.कागेश्वरी मनोहरा  न.पा. ७ हरहरमहादेव स्थित रुपक बस्नेतको घरबाट  मोवाईल , ल्यापटप लगायतको धनमाल तथा मिति २०८१/०१/२४ गते बिहान ०८:३० बजेको समयमा का.जि.गोकर्णेश्वर न.पा. वडा न ५ बस्ने सृष्टी लामा समेतका घरमा कोही नभएको मौका पारी बिभिन्न मोवाईल ल्यापटप ,I Pad लगायतका  धनमाल चोरी गरि लगेको घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न जिल्ला काठमाण्डौ शंखरापुर न.पा. वडा न. १२ बस्ने बर्ष ४० को बिबेक भन्ने बिनोद थापा मगर लाई चोरी गरि लगेका Lap top, I pad , mobile सहितका  बिभिन्न  धनमाल  सहित मिति २०८१/०१/२४  गते  पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी परिसर काठमाण्डौ पठाईएको । पक्राउ प्रतिवादीहरु :- १. नाम :- बिनोद थापा मगर उमेर :- ४०  वर्ष ठेगाना :- जिल्ला काठमाण्डौ शंखरापुर न.पा. वडा न १२ बरामद सामानहरु :-१. Asus   कम्पनिको ल्याप्टप थान १ २. मोवाईल थान १०३. Apple  कम्पनिको  Ipad  थान १ ४.Samsung कम्पनिको Tab थान १ 

“फरार प्रतिवादी पक्राउ”
२०८१-०१-२५

दावा डोमा शेर्पाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धुर्व खरेल भएको ठगी सम्बन्धी कसुर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भई फरार रहेका जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वर बस्ने बर्ष २७ को धुर्व खरेललाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०१।२५ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ७ चावहिलबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहिको लागि मिति २०८१।०१।२५ गते जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको ।पक्राउ प्रतिवादी : नाम :  धुर्व खरेल उमेर : २७ बर्ष  ठेगाना :  सुनकोशी गा.पा ०२, सिन्धुपाल्चोक  हाल :  का.म.न.पा वडा नं. ३१ नयाँबानेश्वर

“वैदेशिक रोजगारमा अमेरिका पठाईदिन्छु भनी ठगी गर्ने मानव तस्करीमा संलग्न ब्यक्ति पक्राउ”
२०८१-०१-२५

वेरोजगार युवायुवतीलाई अमेरिका पठाउन सकिन्छ त्यसको लागी केही समय ब्राजिलमा गएर काम गर्नु पर्छ भनि ब्राजिलको Textile कम्पनीमा Working Visa मा पठाउने हो भनि श्रम स्वीकृती समेत निकाली फिलिपिन्स हुँदै जानु पर्छ भनि पिडितहरु ४ जनाबाट पटक पटक गरी जम्मा १ करोड १८ लाख ५९ हजार लिएपछि सम्पर्क विहीन भई फरार रहेका मानव तस्करीमा संलग्न तेज राम चौधरीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला ललितपुर लपु.म.न.पा. वडा नं. ०७ झम्सिखेलबाट मिति २०८१।०१।२४ गते पक्राउ गरी  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.      नाम थर  :- तेज राम चौधरीउमेर      :-   ४१ वर्षवतन     :-  जिल्ला कैलाली गौरी गंगा न.पा. वडा नं. ०२ घर भई हाल जिल्ला ललितपुर लपु.म.पा. वडा नं. ७ झम्सिखेल ।बिगो रकम :- रु. १,१८,५९,००० ।– ( अक्षेरुपी एक करोड अठार लाख उनन्साठी हजार रुपैयाँ )पक्राउ स्थान :- जिल्ला ललितपुर लपु.म.न.पा. वडा नं. ०७ झम्सिखेल ।जाहेरवाला :- राम बहादुर वली समेत ४ जनाअनुसन्धानबाट खुल्न आएका कुराहरु :-·    अमेरिका लैजाने भनि पिडितलाई ब्राजिलको Working Visa लगाई श्रम स्वीकृती समेत निकाली फिलिपिन्स पुर्याएकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको ।·    निज पिडितहरु मध्ये महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर के.सी.बाट २७ लाख, टिका खड्काबाट २३ लाख र राम    बहादुर वलीबाट ४० लाख गरी जम्मा १ करोड १८ लाख ५९ हजार ठगी गरेको देखिएको ।    ·    पिडितहरुलाई नेपाल फर्केपछि पुन : दिल्लीको महिपालपुर स्थित होटल सप्तगिरीमा २ महिना राखेको खुल्न आएको साथै   पिडितहरु पुन : नेपाल फर्केकोमा January 18 2024 मा पुन सोही समूहले भारतको दिल्ली पुर्याई त्यहा रहेका एक भारतीय नागरिकले ७ दिन बाहिर निस्कन नदिई बन्धक समेत बनाएको खुल्न आएको । ·    पिडितहरुलाई बन्धक बनाएपछि हाल पक्राउ परेको तेज राम चौधरीले रकम दिनुस् काम हुन्छ भनेपछि निजहरुबाट ३९ लाख रकम असुलेपछि होटलबाट मुक्त गरिएकोमा पिडितहरु नेपाल फर्केर निजहरुको विरुद्ध उजुरी दिएको ।

“वैदेशिक रोजगारमा यु.के. पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०१-२५

वेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पिडितबाट रकम लिए पश्चात विदेश नपठाई निज सम्पर्क बिहीन भएकोमा पिडीतले जाहेरी दिई अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गरेका निम्न व्यक्तिलाई काठमाण्डौंको का.म.न.पा. वडा नं. ३१ मिनभवनबाट मिति २०८१।०१।२४ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.      नाम थर  :- बिधान कार्की  उमेर      :- ३० वर्ष      वतन     :- जिल्ला सर्लाही हरिपुर न.पा. वडा नं. ०२ घर भई हाल जिल्ला काठमाण्डौं दक्षिणकाली न.पा. वडा नं. ०७ ।देश      :- यु.के.बिगो रकम :- रु ५,००,०००।– ( अक्षेरुपी पाँच लाख रुपैयाँ )पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ मिनभवन ।जाहेरवाला :- निराजन के.सी. घटनाको छोटकरी विवरण :- यु.के. पठाईदिन्छु भनि आकर्षक तलबको प्रलोभन देखाई रु. ५ लाख रकम लिई सम्पर्क विहीन भई ठगी गरी फरार रहेको ।

“वैदेशिक रोजगारमा इजरायल पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०१-२४

वेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात विदेश नपठाई निजहरु सम्पर्क बिहीन भएकोमा पिडीतले जाहेरी दिई अनुसन्धान हुँदा विदेश पठाउने  भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई काठमाण्डौंको बिभिन्न स्थानहरुबाट मिति २०८१।०१।२३ र २४ गते पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.       नाम थर  :- सुर्य थापा मगरउमेर      :-   ३० वर्ष      वतन     :-  जिल्ला ओखलढुंगा सिद्धिचरण न.पा. वडा नं. ०१ घर भई हाल जिल्ला काठमाण्डौं का.म.पा. वडा नं. ६ बौद्ध ।देश      :- इजरायलबिगो रकम :- रु  १०,२०,००० ।– ( अक्षेरुपी दश लाख बीस हजार रुपैयाँ )पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २९ अनामनगर ।जाहेरवाला :- हिरा बहादुर लामिछाने समेत ५ जना घटनाको छोटकरी विवरण :- दुवईमा आकर्षक तलबको प्रलोभन देखाई रकम लिई ठगी गरेपश्चात सम्पर्क विहीन भई फरार                                      रहेको । २.      नाम थर  :- बिमला गुरुङउमेर      :-   ४६ वर्ष      वतन     :-  जिल्ला धादिङ ज्वालामुखी गा.पा. वडा नं.०९ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १५ स्वयम्भु ।देश      :- माल्टाबिगो रकम :- रु  ७,००,००० ।– ( अक्षेरुपी सात लाख रुपैयाँ )पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १५ स्वयम्भु ।जाहेरवाला :- नर बहादुर आचार्य घटनाको छोटकरी विवरण :- माल्टामा आकर्षक तलबको प्रलोभन देखाई ठगी रकम लिएपश्चात सम्पर्क विहीन भई गरी फरार          रहेको ।