प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“वैदेशिक रोजगारको लागि बुल्गेरिया, न्युजिल्याड, रोमानिया, सर्विया, क्रोसिया समेतका देशहरुमा पठाउने भनि आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई, सिम कार्ड समेत निकाली ४२२ जनालाई ठगी गर्ने गिरोहहरु पक्राउ”

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

वैदेशिक रोजगारको लागि बुल्गेरिया, न्युजिल्याड, रोमानिया, सर्विया, क्रोसिया समेतका देशहरुमा पठाउने भनि आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई कम्पनीको नामबाट  सिम कार्ड समेत निकाली दुरुपयोग गरी Facebook, WhatsApp, TikTok लगायतका सामाजिक सञ्जालहरुमा विदेश जानलाई बिज्ञापन गरी ठगी गर्ने जिल्ला धादिङ साविक जीवनपुर गा.वि.स. हाल धुनिवेशी न.पा. वडा नं. ०४  घर भएका आफ्नो नाम जीवा  गौतम बताउने रमेश बयलकोटीले  जिल्ला काठमाण्डौं किर्तिपुर न.पा वडा नं. ०६ बस्ने ललित जंग बमलाई प्रलोभनमा पारी Visa Plus Pvt. Ltd. नामको कम्पनी (कन्सलटेन्सी) दर्ता गर्न लगाई अवसर रहेको भनी विज्ञापन पोष्ट गरी कन्सलटेन्सीमा नै बोलाई करिव ४२२ जनालाई प्रतिब्यक्ति १० लाख देखि १४ लाख लाग्ने बताई सुरुमा ५० हजार देखि ३ लाख लिने र भिषा पछि अन्य रकम दिने भनी कर्मचारी खटाई रकम लिने गरेकोमा कन्सलटेन्सी संचालन गर्दा ललिजन बम आफुलाई अप्ठ्यारो एंवम ठगिमा पर्ने ठानी यस कार्यालयमा आई जाहेरी दिएकोमा निज रमेश बयलकोटीलाई जिल्ला काठमाण्डौं का.म.न.पा. महाराजगंज र अर्को संचालक जिल्ला कालिकोट छाप्रे ०६ घर भएका दर्शन नेपालीलाई जिल्ला काठमाण्डौं कागेश्वरी न.पा. वडा नं. ०७ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाईएको ।

अनुसन्धानको क्रममा खुल्न आएका कुराहरु:-

·        किर्तिपुर न.पा. वडा नं. ०६ मा कुखुरा फार्म संचालन गरी आएका ललिजन बमसँग २०८० आश्विनमा फर्ममा गएर आफ्नो फर्म गोदावरीमा  ३२ रोपनीमा जग्गामा छ, आफूलाई कामदार चाहीएको छ भनी सम्पर्क गरको र यस्तो काम गरेर प्रगती हुदैन, विदेश पठाउने काम गरौं लगानी आफै गर्ने, नाफा काम हेरेर तपाईलाई दिने बताई निजको नाममा कम्पनी कन्सलटेन्सी दर्ता गरेको ।

·        रमेश बयलकोटीले आफ्नो नाम जिवा गौतम बताएको र जिवा गौतम भनी विदेश जानेहरुलाई काउन्सिलिङ गर्ने गरेको ।

·        यसमा संलग्न गिरोह भारतमा बसी काम गर्ने गरेको बुझिन आएको ।

·        विदेश जानेहरुबाट सुरुमा ५० हजार, अफर लेटर आएपछि १ लाख ५० हजार, वर्क पर्मिट आएपछि २ लाख रकम लाग्छ भनि करिब ४२२ जनाबाट ३ करोड भन्दा बढी रकम उठाएको ।

·        महाराजगंज स्थित निजले संचालन गरेको Visa Plus Pvt. Ltd. कन्सलटेन्सीबाट थान २० र दर्शन नेपालीको जडीबुटी स्थित कोठाबाट १ र जिवा गौतम भन्ने रमेश बयलकोटी बस्ने गरेको कोठा, ललितपुर एकान्तकुनाबाट थान ६३ गरी जम्मा थान ८४ राहदानी लगायत १८२ जनाको रेकर्ड फाईलहरु बरामद भएको ।

·        Visa Plus Pvt. Ltd. कन्सलटेन्सी दर्ता गरी ललिजन बमको नाममा बैक खाता खोल्न लगाई निजको ब्यक्तिगत खाता प्रयोग गराई रकम हाल्न लगाई रकम आए पश्चात निज बमलाई लक्षिन्द्र बहादुर शाहीको नाममा चेक काट्न लगाई रकम निकाली लिने गरेको ।

·        निज जिवा गौतम भन्ने रमेश बयलकोटीलाई ३ बर्ष अगाडी नक्सालमा समृद्धि प्रा.लि. मा काम गर्दा पनि आफ्नो नाम संजीव रायमाझी बताएको खुल्न आएको ।

·        Visa Plus Pvt. Ltd. कन्सलटेन्सीबाट  बिभिन्न मुलुकमा कामदारको रुपमा पठाउन मुलुक अनुसार निम्न अनुसार प्रतिब्यक्ति रकम निर्धारण गरेको ।

·        देश                       रकम                            देश                             रकम

·        न्युजिल्याण्ड            १६ लाख                    सर्बिया                           ७ लाख

·        बुल्गेरीया                ७ लाख                      साउदी अरब                    २ लाख ५० हजार

·        रोमानिया                ७ लाख                      टर्की                                १२ लाख

·        क्रोएसिया              १२ लाख                     मकाउ                             १२ लाख

  पक्राउ ब्यक्तिहरु:-

१.     नाम : जिवा गौतम भन्ने रमेश बयलकोटी

      उमेर: ३१ बर्ष

           ‍ठेगाना : साविक जिवनपुर गा.वि.स १ घर भई हाल धनुबेशी ४

          कारवाहीको लागि पठाएको स्थान : जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाईएको  ।

           कन्सलटेन्सी :- Visa Plus Pvt. Ltd

                                                              

२.     नाम : दर्शन नेपाली

            उमेर : २७ बर्ष

            ठेगाना : जिल्ला कालिकोट छाप्रे ०६ ।

            कारवाहीको लागि पठाएको स्थान : जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाईएको 

             कन्सलटेन्सी :- Visa Plus Pvt. Ltd

सम्बन्धित समाचार
“ कारागारबाट फरार डाँका चोरी मुद्दाका कैदी पक्राउ ”
२०८३-०५-१७

घटना विवरण:-मिति २०७९।१०।०९ गते रातको अन्दाजी ०१:३५ बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं. ३ गठ्ठाघर स्थित संभाव्यता बहुउद्देश्य सहकारी संस्थाको ढोका फोडी उक्त सहकारीमा रहेको भल्ट फुटाई डाँका चोरी गरेको कसुरमा पक्राउ परी केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धारा, काठमाडौंमा कैद भुक्तान गरी रहेका कैदी सागर तामाङ भन्ने बिजय मोक्तान मिति २०८२।०५।२४ गतेको प्रदर्शनको क्रममा उक्त कारागारबाट भागी फरार रही काठमाडौं जिल्लाको वडा एरियामा लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०८३।०५।१६ गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला काठमाडौं किर्तिपुर न.पा. वडा नं. ३ बाट पक्राउ गरी केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धारा, काठमाडौं पठाईएको ।  पक्राउ कैदीको विवरणः-१.     नामथरः- सागर तामाङ भन्ने बिजय मोक्तानउमेरः- ३० वर्ष ठेगानाः- जिल्ला मकवानपुर इन्द्रसरोबर गा.पा. वडा नं. ५हालः- जिल्ला काठमाडौं किर्तिपुर न.पा. वडा नं. ३मुद्दाः- डाँका चोरी सम्मानित जिल्ला अदालत भक्तपुरबाटः- ५ बर्ष कैद र रु. ५०,०००।– जरिवाना भएकोमा कैद भुक्तान गर्न बाँकी २ बर्ष ६ महिना रहेको । 

“वैदेशिक रोजगारीको लागि दुबई पठाई दिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८३-०५-१७

घटना विवरणः  बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि दुवई लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाडौं काठमाडौं   महानगरपालिका  वडा नं.०८ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको ।  पक्राउ व्यक्तिको विवरणः-१.  नाम थर       :- अंसगर नदाफ उमेर             :- ४० वर्ष  स्थायी वतन    :- जिल्ला महोत्तरी बलवा न.पा. वडा नं.०९ ।  हाल             :- जिल्ला काठमाडौं काठमाडौं  महानगरपालिका  वडा नं.०८ ।     देश              :- दुबई     रकम            :- रु.३,१२,०००।– (तीन लाख बाह्र हजार)     पक्राउ मिति   :- २०८३/०५/१६ गते ।     पक्राउ स्थान   :- जिल्ला काठमाडौं काठमाडौं  महानगरपालिका  वडा नं.०८ ।      पीडित संख्या :- २ जना ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१४

घटना विवरणः बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- पवन कुमार के.सी.(बिक्रम)    उमेर             :- ३२ वर्ष     स्थायी वतन   :- जिल्ला दाङ राप्ती गा.पा. वडा नं.०६ ।     हाल             :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.१० ।       देश              :- सिंगापुर       रकम            :- रु.७,००,०००।– (सात लाख)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१० । पीडित संख्या :- २ जना ।२.  नाम थर        :- सुधिर प्रसाद जयसवाल     उमेर             :- २१ वर्ष      स्थायी वतन   :- जिल्ला रौतहट फतुवा विजयपुर न.पा.  वडा नं.०४ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०३ ।        देश              :- साईप्रस रकम            :- रु.१,००,०००।– (एक लाख) पक्राउ मिति   :- २०८३/०४/१४ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.०९ ।  पीडित संख्या :- १  जना ।३. नाम थर         :- लक्ष्मी खड्का    उमेर             :- ३८ वर्ष     स्थायी वतन   :- जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा. वडा नं.०२ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२५ ।       देश              :- रोमानिया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“ लागू औषध (खैरो हिरोइन) सहित मानिसहरु पक्राउ ”
२०८३-०४-१३

घटना विवरण:-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु लगायतका वडा एरियामा लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) ओसारपसार तथा वेचविखन भई रहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३/०४/१२ गते अं १९;०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.१२ टेकु मयलवारीमा बा ४६ प १६२ नम्बरको स्कुटर रोकी बसेका निम्न मानिसहरूलाई पक्राउ गरी निम्न परिमाणमा रहेको लागु औषध खैरो हेरोइन जस्तो वस्तु लगायतका दसीहरू  बरामद गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला काभ्रे धुलिखेल न.पा.वडा नं ०३ आचार्यगाँउ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ६८ को  उद्धव आचार्य । २.     जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ४० को कृष्ण खड्गी ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- लाक्पा शेर्पा    उमेर             :- ४३ वर्ष     स्थायी वतन   :- जिल्ला तेह्रथुम छथर गा.पा. वडा नं.०१ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३२ ।       देश              :- जर्जिया       रकम            :- रु.५,५०,०००।– (पाँच लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।पीडित संख्या :- २ जना ।  २.  नाम थर        :- कालिका रोक्का     उमेर             :- ३९ वर्ष      स्थायी वतन   :- जिल्ला नवलपरासी पुर्व मध्यविन्दु न.पा. वडा नं.०८ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।        देश              :- यु.के. रकम            :- रु.५,००,०००।– (पाँच लाख) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।  पीडित संख्या :- १  जना ।

“ बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार प्रतिवादी पक्राउ”
२०८३-०४-१३

घटना विवरण:-वादी नेपाल सरकार प्रतिवादी जिल्ला संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध नयाँ बस्ती बस्ने वर्ष ५९ को दुर्गा बहादुर भण्डारी भएको २ (दुई) वटा बैंकिङ कसुर (मुद्दा नं. ०८०-C१- ४२२१ र  ०८०-C१- ४२२२) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालत, ववरमहलको मिति २०८१/०२/१७ गतेको फैसलाले कैदः ८ (आठ) दिन र  जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ठहरी फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.६ बौद्धबाट पक्राउ गरी मिति २०८३।०४।१३ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराईएको । निम्नःनामथर: दुर्गा बहादुर भण्डारी,उमेर: ५९ वर्ष,ठेगाना: जि.संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जि.काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध बस्ने  । मुद्दा: बैंकिङ कसुर (मुद्दा नं.०८०-C१- ४२२१ र ०८०-C१- ४२२२) पक्राउ स्थान: जि.काठमाडौं का.म.न.पा. वडा नं. ०६ बौद्ध  । सजायः कैदः ८(आठ) दिन र जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ।