प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“वैदेशिक रोजगारमा इजरायल पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”

२०८१-०१-२४

  • A
  • A-
  • A+
Share

वेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिए पश्चात विदेश नपठाई निजहरु सम्पर्क बिहीन भएकोमा पिडीतले जाहेरी दिई अनुसन्धान हुँदा विदेश पठाउने  भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई काठमाण्डौंको बिभिन्न स्थानहरुबाट मिति २०८१।०१।२३ र २४ गते पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।

पक्राउ व्यक्ति:-

१.       नाम थर  :- सुर्य थापा मगर

उमेर      :-   ३० वर्ष      

वतन     :-  जिल्ला ओखलढुंगा सिद्धिचरण न.पा. वडा नं. ०१ घर भई हाल जिल्ला काठमाण्डौं का.म.पा. वडा नं. ६ बौद्ध

देश      :- इजरायल

बिगो रकम :- रु  १०,२०,००० ।– ( अक्षेरुपी दश लाख बीस हजार रुपैयाँ )

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २९ अनामनगर

जाहेरवाला :- हिरा बहादुर लामिछाने समेत ५ जना

घटनाको छोटकरी विवरण :- दुवईमा आकर्षक तलबको प्रलोभन देखाई रकम लिई ठगी गरेपश्चात सम्पर्क विहीन भई फरार

                                     रहेको ।

 

२.      नाम थर  :- बिमला गुरुङ

उमेर      :-   ४६ वर्ष     

वतन     :-  जिल्ला धादिङ ज्वालामुखी गा.पा. वडा नं.०९ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १५ स्वयम्भु ।

देश      :- माल्टा

बिगो रकम :- रु  ७,००,००० ।– ( अक्षेरुपी सात लाख रुपैयाँ )

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १५ स्वयम्भु

जाहेरवाला :- नर बहादुर आचार्य

घटनाको छोटकरी विवरण :- माल्टामा आकर्षक तलबको प्रलोभन देखाई ठगी रकम लिएपश्चात सम्पर्क विहीन भई गरी फरार

         रहेको ।

सम्बन्धित समाचार
“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-०२-०६

सुमन राईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विराज तामाङ भएको बैंकिङ कसुर मुद्दा (बिगो रू.२५,००,०००।– (पच्चिस लाख) मा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएका जिल्ला नुवाकोट, ककनी गा.पा.वडा नं.०४ स्थायी वतन भई हाल का.जि.नागार्जुन न.पा.वडा नं.०६ बस्ने वर्ष ३४ को विराज तामाङलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०२।०४ गते का.जि.धुम्बाराहिबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको । पक्राउ प्रतिवादी :   नाम :  विराज तामाङ    उमेर : ३४ बर्ष    ठेगाना : ककनी गा.पा.वडा नं.०४, नुवाकोट     हाल : का.जि.नागार्जुन

“किर्ते जालसाजी मुद्धाका फरार प्रतिवादी पक्राउ"
२०८१-०२-०६

श्याम कृष्ण श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. १० घर भई बस्ने शुभ नारायण सिंहको छोरा बर्ष ५० को अशोक सिंह भएको किर्ते जालसाजी मुद्धामा( लागत नं. १३७९४) निज प्रतिवादी अशोक सिंहलाई जरिवाना १५,४१२.५०/- भराउने भनि मिति २०७०।०१।२५ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत काठमाण्डौंबाट फैसला भई फरार रहेका प्रतिवादी अशोक सिंहलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०२।०३ गतेको दिन अन्दाजी १४;०० बजेको  समयमा काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं १३ कालिमाटी स्थितबाट पक्राउ गरी मिति २०८१।०२।०४ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौं जिल्ला अदालत बबरमहल काठमाण्डौं पठाईएको ।  पक्राउ व्यक्तिः-नामः अशोक सिंह । उमेर : ५० वर्ष ठेगानाः जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. १० स्थायी वतन भई ऐ.ऐ. बस्ने ।

"अनलाईन मार्फत ठगी गरी Binance App मार्फत लगानी गर्ने कार्यमा संलग्न व्यक्तिहरु पक्राउ”
२०८१-०२-०६

सामाजिक संजाल Faceboook, WhatsApp, Instagram, लगायतका Apps हरुको माध्यमबाट साथी बनाई कुराकानी गरी विभिन्न प्रलोभन देखाई सामान पार्सल, अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि प्रलोभन देखाउनुको साथै अनधिकृत रुपमा ईसेवा आईडीमा समेत पहुँच पुर्‍याई गैरकानूनी कार्य गरी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा रु. 16,59,000।- रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी गर्नुको साथै उक्त ठगी गरेको रकम  कार्यमा संलग्न रहेका निम्न व्यक्तिहरुलाई का.जि का.म.न.पा वडा नं. ७ सरस्वतीनगरबाट मिति २०८१।०२।०४ गते पक्राउ गरी निजहरुलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको । पक्राउ परेका व्यक्तिहरु: १.  नाम थर: सुदिप प्याकुरेल      उमेर: ३१ बर्ष     स्थायी ठेगाना: जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. २    अस्थायी ठेगाना:  जिल्ला काठमाण्डौं कामनपा वडा नं. ६ । २.  नाम थर: संञ्जय बस्नेत  बर्ष: ३० बर्ष  स्थायी ठेगाना : जिल्ला सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नं. १  अस्थायी ठेगाना:  जिल्ला काठमाण्डौं कामनपा  वडा नं. ६ ३.  नाम थर: छेवाङ लामा   उमेर : १९ बर्ष  स्थायी ठेगाना : जिल्ला नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४  अस्थायी ठेगाना: जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा४.  नाम थर: करण तामाङ गोले  उमेर : २१ बर्ष     स्थायी ठेगाना : जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थानपाल गाउँपालिका वडा नं.५     अस्थायी ठेगाना : जिल्ला काठमाण्डौं गोकर्णेश्वर नगरपालिका वडा नं. ६अनुसन्धानको क्रममा खुल्न आएका कुराहरु:Ø संजय बस्नेतको साथमा रहेको IMEI No : 867662050126787 / 867662050126795 भएको Poco2 Device मोबाईल सेटमा Binance App Installation गरी ID Create गरेर Approx Total Volume 7.15791838 BTC { जम्मा ने. रु. ६,३८,६५,४९६।–  (अक्षरुपी छ करोड अठ्तीस लाख पैसठ्ठी हजार चार सय छयानब्बे मात्र) } Ø करण तामाङ गोलेको साथमा रहेको IMEI No: 867662050204881/867662050204899 भएको POCO Device मोबाईल सेटमा Binance App Installation  गरी ID Create  गरेर Approx Total Volume  5.11939122 BTC { जम्मा ने.रु ४,५६,७७,०३१।– ( अक्षरुपी चार करोड छपन्न लाख सतहत्तर हजार एकतीस मात्र)} कारोबार गरेको खुल्न आएको । Ø संजय बस्नेत र करण तामाङ गोलेले Binance App मार्फत हाल सम्म रु १०, ९५,४२,५२७।– ( अक्षरुपी दश करोड पन्चान्नब्बे लाख बयालीस हजार पाँच सय सत्ताईस मात्र) कारोबार गरेको खुल्न आएको ।Ø निवेदकहरुलाई अनलाईन मार्फत ठगी गरेको रकम Binance App मार्फत लगानी गरी विभिन्न ATM Booth बाट नगद भुक्तानी लिने गरेको । बरामद भएका सामानहरुको विवरण : Ø बजाज कम्पनीको V15 बा ८५ प २५०४ मो.सा. Ø बजाज कम्पनीको NS 200 CC को बागमती प्रदेश-2-03-020 प 8638 को मो.सा.Ø मोबाईल थान- ५Ø Lenovo  कम्पनीको Laptop थान – १Ø विभिन्न व्यक्तिहरुको नाममा रहेको ATM Card थान – १५Ø विभिन्न व्यक्तिहरुको नाममा रहेको विभिन्न बैंकको चेकबुक थान – १२Ø विभिन्न बैंकबाट जारी भएको ATM Slip थान -  ४Ø करण तामाङको नाममा रहेको NIC ASIA बैंकको निजकै नाममा काटिएको रु ५,३०,०००।– को चेक थान- १ Ø नगद रु २,०४,५००।– 

“बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ"
२०८१-०२-०६

अनमोल अधिकारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पिदम बहादुर बोम्जनको छोरी शुक्रराज तामाङको श्रीमती जिल्ला दोलखा बैतेश्वर गा.पा. १ स्थाई वतन भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं. ४ बस्ने बर्ष ३७ की सिता बोम्जन तमाङ भएको बैंकिङ कसुर मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालत, भक्तपुरबाट मिति २०८१।०१।०७ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०२।०४ गते अं १२;०० बजे काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा. वडा ०५ गणेश चोक स्थितबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि ऐ. मितिमा  जिल्ला प्रहरी परिसर भक्तपुर पठाईएको । पक्राउ व्यक्तिः-नामः सिता बोम्जन तामाङ । उमेर : ३७ वर्ष ठेगानाः  जिल्ला दोलखा बैतेश्वर गा.पा. १ स्थाई वतन भई हाल काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं. ४ बस्ने ।

“वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०२-०६

बेरोजगार युवायुवतीहरुलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिए पश्चात विदेश नपठाई निजहरु सम्पर्क विहिन भएकोमा पीडितहरुले जाहेरी दरखास्त दिई अनुसन्धान हुँदा विदेश पठाउने  भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई काठमाण्डौंको विभिन्न स्थानहरुबाट मिति २०८१।०२।०४ र ऐ.ऐ ०६ गते पक्राउ गरी  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्तिहरु:-१.            नाम थर  :- धनेश्वर साहउमेर      :-   ३२ वर्ष      वतन     :-  जिल्ला सिराहा, सिराहा न.पा. वडा न. ०२ घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. सातदोबाटो  ।देश      :- न्युजिल्याण्डबिगो रकम :- रु. २०,००,०००।–(अक्षेरुपी बिस लाख)  पक्राउ स्थान :- जिल्ला ललितपुर ललितपुर म.न.पा. सातदोबाटो  ।पीडित संख्या :- २ जनाअनुसन्धान पश्चात खुल्न आएका कुराहरु :-  न्युजिल्याण्ड पठाइदिन्छु भनी भारतको दिल्लीस्थित द्धारीकामाई मेट्रो स्टेसन पहाडगंजमा १४ जना मानिसहरुलाई ३ महिना राखेको भन्ने खुल्न आएको । पीडितहरु मध्ये २ जनालाई सिंगापुर पठाएको र १ महिनामा फिर्ता गराएको भन्ने बुझिएको । हाल भारतको दिल्लीमा ५ जना अझै रहेको भन्ने बुझिएको । न्युजिल्याण्ड जान प्रतिव्यक्ति १३ लाखसम्म लिने गरेको । दिल्ली पुगेपछि सबैको रकम राख्न लगाउने र रकम लिए पश्चात सम्पर्क विहिन भई फरार रहेको ।  २.                    नाम थर  :-   सिकेन्दर चौधरीउमेर       :-   ३७ वर्ष      वतन  :- जिल्ला सप्तरी अगाईनसाइर कृष्ण शवरण गा.पा. वडा नं. ०३ घर  भई हाल जिल्ला ललितपुर महाक्ष्मी न.पा. ईमाडोल ।देश      :-  न्युजिल्याण्डबिगो रकम :- रु. १,००,०००।–( अक्षेरुपी एक लाख रुपैयाँ)पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्वर  ।पीडित संख्या :- २ जनाअनुसन्धान पश्चात खुल्न आएका कुराहरु :-  :- न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गरको । ३.                       नाम थर  :-   भविन्द्रनाथ तामाङउमेर       :-   ४२ वर्ष      वतन  जिल्ला सिराहा गोलबजार न.पा. वडा नं. ०६ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०३ महाराजगंज । देश      :-  मौरिससबिगो रकम :- रु. २,७२,०००।–( अक्षेरुपी दुई लाख बहत्तर हजार रुपैयाँ)   पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०३ महाराजगंज ।पीडित संख्या :- १ जना अनुसन्धान पश्चात खुल्न आएका कुराहरु :-  :- मौरिसस पठाइदिन्छु भनी ठगी गरको

“ज्यान मार्ने उद्योग, हातहतियार खरखजना तथा संगठित अपराध कसुरका फरार प्रतिवादी पक्राउ”
२०८१-०२-०४

मिति २०८०।११।१२ गते अं.२०:३५ बजेको समयमा जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.०१ गैरीचोक स्थित ऐ.ऐ.बस्ने वर्ष ३७ को विनोद गिरीलाई लक्षित गरी गोली प्रहार गरेको घटनामा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना र संगठित अपराध कसुरमा मुद्दा दर्ता भई वारदात पश्चात फरार रहेका मुख्य प्रतिवादी सन्तोष गिरीलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०२।०३ गते भक्तपुर जिल्ला सुर्यविनायकबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाईएको ।पक्राउ प्रतिवादी :   नाम :  सन्तोष गिरी   उमेर : ३३ बर्ष    ठेगाना : विरेन्द्रनगर न.पा.वडा नं.०१, सुर्खेत   हाल : सुर्यविनायक, भक्तपुर