“वैदेशिक रोजगारमा यु.के. पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०१-२५
- A
- A-
- A+
वेरोजगार युवायुवतीलाई वैदेशिक
रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पिडितबाट रकम लिए पश्चात विदेश
नपठाई निज सम्पर्क बिहीन भएकोमा पिडीतले जाहेरी दिई अनुसन्धान हुँदा विदेश पठाउने
भनी ठगी गरेका निम्न व्यक्तिलाई काठमाण्डौंको का.म.न.पा. वडा नं. ३१ मिनभवनबाट
मिति २०८१।०१।२४ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नाम थर :- बिधान कार्की
उमेर :- ३० वर्ष
वतन :-
जिल्ला सर्लाही हरिपुर न.पा. वडा नं. ०२ घर भई हाल जिल्ला काठमाण्डौं दक्षिणकाली न.पा.
वडा नं. ०७ ।
देश :- यु.के.
बिगो रकम :- रु ५,००,०००।– ( अक्षेरुपी पाँच लाख रुपैयाँ )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१
मिनभवन ।
जाहेरवाला :- निराजन के.सी.
घटनाको छोटकरी विवरण :- यु.के. पठाईदिन्छु भनि आकर्षक तलबको प्रलोभन देखाई रु. ५ लाख रकम लिई सम्पर्क विहीन भई ठगी गरी फरार रहेको ।