“भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अभियुक्तहरु पक्राउ”
२०८१-०२-०२
- A
- A-
- A+
बेरोजगार महिलाहरुलाई दुबईमा रहेको
कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई लगी त्यहाँ पुगेपछि
प्रलोभनमा पारेर कुवेत पुर्याई प्रतिष्ठित कम्पनीमा काम लगाई दिन्छु भनी विश्वास
दिलाई कुवेत पुर्याएपछि घरेलु काममा
लगाउनुको साथै निजलाई शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएकोमा निजको दाजुले
यस कार्यालयमा निवेदन दिएकोले यस कार्यालयबाट कुवेत स्थित नेपाली राजदुतावास
मार्फत उद्धार गर्न पहल गरिएकोमा पिडितलाई मिति २०८१/०१/२७ गते उद्धार गरी नेपाल
फर्काइएकोमा त्यसरी नेपाल सरकारबाट निषेधित गरिएको क्षेत्रमा लगी अलपत्र पारी बन्धक
बनाउने व्यक्ति उपर अनुसन्धान गर्दा मानव तस्करी समेतका कार्यमा संलग्न
मानिसहरुलाई मिति २०८१/०१/३१ गते जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ बौद्ध पिपलबोटबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि मावन बेचबिखन अनुसन्धान व्युरो बवरमहल,
काठमाण्डौं पठाइएको ।
पक्राउ व्यक्तिहरु:-
१.
नाम
थर :- राकेश सुनार भन्ने गोपाल सुनार
उमेर :- २४ वर्ष
वतन :- जिल्ला दैलेख नारायण न.पा. वडा नं. ०९ घर भई
हाल जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. लोलाङ ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ बौद्ध
पिपलबोट ।
२.
नाम
थर : आयुष भन्ने आकाश बाबु वि.क
उमेर:- २५ बर्ष
वतन :- जिल्ला गोरखा पालुङटार न.पा. वडा नं. ०८ घर भई हाल
जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०६ ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ बौद्ध
पिपलबोट ।
अनुसन्धानबाट खुल्न आएका कुराहरु :-
·
नेपाल
सरकारबाट घरेलु कामदारमा निषेधित गरेको क्षेत्रमा इजाजत बेगर अभियुक्तले आफ्नो नाम
ढाटी ठुलो संख्यामा महिला पठाउने गरेको ।
·
महिलालाई
संयुक्त ईमिरेट दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी लगेर कुवेत पुर्याई घरेलु कामदारको रुपमा
काम लगाएको र शारीरिक तथा मानसिक यातना दिएको ।
·
पिडितले
घरमा काम गर्न नसकेपछि स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको र रु. १ लाख ५०
हजार मागेको र बढी गरे त्यही मारी दिने धम्की दिएकोमा पिडितले आफन्तलाई खबर गरेको
खुल्न आएको ।
·
पिडितको
दाजुले मिति २०८१-०१-२१ गते यस कार्यालयमा आई उद्धारको लागी निवेदन दिएकोमा यस
कार्यालयको पहलमा कुवेत स्थित राजदुतावाससँग समन्वय गरी मिति २०८१-०१-२७ गते नेपाल ल्याई निवेदकलाई जिम्मा दिएको र संलग्नको
खोजतलास सुरु गरी २ जनालाई पक्राउ गरिएको अन्य संलग्नको को छन् भन्ने सम्बन्धमा
अनुसन्धान जारी रहेको ।
·
निजहरुले
दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली एजेन्ट राखेर भिजिट भिसामा दुबई पुर्याउने
र त्यहाँ गएपछि भिजिट भिसा आफुहरुले डिमाण्ड बनाई बिभिन्न प्रलोभनमा पारेर कुवेत
पुर्याउने गरेको ।
·
राकेश
नेपालीले गोपाल सुनार र राकेश सुनारको नाममा जन्म मिति फरक राखी ठेगाना फरक बनाई २
वटा नागरिकता लिएको भेटिएको ।
निजहरुले दुबईमा सम्पर्क कार्यालय खोलेर महिलालाई
प्रलोभनमा पारेर दुबई लैजाने भनी कुवेत पुर्याउने र त्यहाँ एजेन्ट राखेर ठुलो रकम
लिई सप्लाई गर्ने गरेको खुल्न आएको ।