प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”

२०८१-०२-०२

  • A
  • A-
  • A+
Share

    बेरोजगार युवायुवतिलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिए पश्चात देश नपठाई निजहरु सम्पर्क विहिन भएकोमा पीडितहरुले जाहेरी दरखास्त दिई अनुसन्धान हुँदा विदेश पठाउने  भनी ठगी गरेका निम्न व्यक्तिहरुलाई काठमाण्डौंको विभिन्न स्थानहरुबाट मिति २०८१।०२।०२ गते पक्राउ गरी  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।

पक्राउ व्यक्तिहरु:-

१.  नाम थर  :- कमल श्रेष्ठ

उमेर      :-   ४७ वर्ष      

वतन     :-  जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ०५ न्युरोड ।

देश      :- यु.के. 

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्चर  ।

पीडित संख्या :- २ जना

छोटकरी विवरण :- यु.के. पठाई दिन्छु भनी ठगी गरेको ।

२.  नाम थर  :-   दुर्गा राउत

उमेर      :-   २८ वर्ष     

वतन     :-  जिल्ला ओखलढुंगा चम्पादेवी गा.पा. वडा नं. ०८  घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ०७ माहाकाल ।

देश      :-   क्रोएसिया

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०६ बौद्ध  ।

पीडित संख्या :- ६ जना

छोटकरी विवरण :- क्रोएसियामा आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको ।

३.   नाम थर  :-  जित बहादुर क्षेत्री

उमेर      :-   ४० वर्ष     

वतन     :-  जिल्ला बाग्लुङ, बाग्लुङ न.पा. वडा नं. १३ घर भई जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं. १० ।

देश      :-   ईटाली

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ नयाँबानेश्चर  ।

पीडित संख्या :- ३ जना

छोटकरी विवरण :- ईटाली पठाइदिन्छु भनी आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको ।

सम्बन्धित समाचार
"HONEY TRAP मा संलग्न ब्यक्तिहरु पक्राउ ”
२०८१-०३-२८

घटना विवरण :आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले महिला र पुरुषको समुहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर फोन आदानप्रदान गरी सम्पर्क तथा प्रत्यक्ष भेटघाट गराई अश्लिल भिडियो बनाई उक्त भिडियो पिडितलाई पठाई पिडितसंग दबाब मुलक ढंगले डर त्रास देखाई मोल मोलाई गरेर Blackmail गरी रकम असुल गरेको भन्ने जाहेरी यस कार्यालयमा प्राप्त भए पश्चात सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमती लिई यस कार्यालयबाट खटिएको बिशेष अनुसन्धान टोलीले मिति २०८१।०३।२७ गते उक्त वारदातमा संलग्न तेन्जी डोमा छिरिङ/डोल्मा लामा भन्ने सिर्जना तामाङ र सौरभ तामाङ भन्ने लिला बहादुर तामाङलाई का.जि.का.म.न.पा.वडा नं. ६ बौद्धबाट पक्राउ गरी आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको । अनुसन्धानबाट खुल्न आएका कुराहरु:-Ø सौरभ तामाङ भन्ने लिला बहादुर तामाङले पिडितको Facebook id तेन्जी डोमा छिरिङ/डोल्मा लामा भन्ने सिर्जना तामाङको WhatsApp मा पठाई साथी बन्न लगाएको ।Ø Facebook Messenger बाट सिर्जना तामाङले पिडितसंग कुरा गरी भेट्नलाई आफ्नो कोठामा बोलाएको ।  Ø पिडित कोठामा आउन मन्जुर भएपछि सौरभ तामाङ भन्ने लिला बहादुर तामाङले आफ्नो मोबाईल द्वारा पिडितसंगको भिडियो बनाउने प्रयोजनको लागी निज सिर्जना तामाङलाई दिएको ।Ø सौरभले दिएको मोबाईलबाट सिर्जनाले आफ्नो र पिडितको अश्लिल भिडियो बनाई उक्त मोबाईल सौरभलाई फिर्ता गरेको ।Ø उक्त भिडियो सिर्जना र सौरभले पिडितलाई पठाई पिडित संग सुरुमा १ करोडको Bargaining गरेको र पछि १५ लाखमा कुरा मिलाएको ।बरामद समाग्री: Ø विभिन्न कम्पनीको मोबाईल थान-२Ø ५०० दरको नेपाली रुपैया थान-६९ गरी जम्मा रु ३४,५०० मात्र ।-पक्राउ व्यक्तिहरु:- १.      नामः तेन्जी डोमा छिरिङ / डोल्मा लामा भन्ने सिर्जना तामाङ                      उमेरः २० बर्ष      ठेगानाः जिल्ला सिन्धुपाल्चोक मेलम्ची न.पा. वडा नं. ७      हालः का.जि.का.म.न.पा. वडा नं.७ बौद्व  २.      नामः सौरभ तामाङ भन्ने लिला बहादुर तामाङ     उमेरः२९ बर्ष    ठेगानाः जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा. वडा नं. ५     हालः जिल्ला काठमाण्डौ कागेश्वरी मनहरा मुलपानी

“दिउँसोको समयमा चोरी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०३-२८

घटना विवरण:- मिति २०८१/०३/२३ गते अ. १४:०० बजेको समयमा जिल्ला भक्तपुर ठिमी न.पा. वडा नं. २ मुनाल मार्ग स्थित द्धारीकानाथ धितालको घरमा डेरा गरी बस्ने जगदिश नेपालको कोठा बाट सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा मुल्य रु. ७,१३,३८०/- ( अक्षरुपी सात लाख तेह्र हजार तिन सय असी ) बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ५ जोरपाटी बस्ने वर्ष ४३ को राजु तामाङ् र चोरी गरी लगेको धनमाल वेचबिखन गर्ने कार्यमा संलग्न जिल्ला भोजपुर साविक पात्लेपानी गा.वि.स. वडा नं. ९ घर भई का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ७ बस्ने वर्ष ५४ की शारदा तिरुवा बि.क.लाई मिति २०८१/०३/२५ गते पक्राउ गरी गरी थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत ठिमी भक्तपुर पठाईएको ।पक्राउ प्रतिवादीहरु :-१. नाम :- राजु तामाङ्उमेर :- ४३ वर्ष ठेगाना :- का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ५ जोरपाटी २. नाम :- शारदा तिरुवाउमेर :- ५४ वर्ष ठेगाना :- जिल्ला भोजपुर साविक पात्लेपानी गा.वि.स. वडा नं. ९ घर भईहाल का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ७ बस्ने  बरामद सामानको विवरण :१. सुनका बिभिन्न गर गहना १.७९ तोला२. नगद रु.४,१०,०००/- (अक्षरुपी रु चार लाख दश हजार)३. घटना घटाएको समयमा प्रयोग भएको स्कुटर थान -१ ४. मोवाईल थान २ 

"Cash App मार्फत ५ करोड बराबरको कारोबार गर्ने कार्यमा संलग्न गिरोह पक्राउ”
२०८१-०३-२८

घटना विवरणःCash App नामक Online Application प्रयोग गरी अबैध रुपमा आर्थिक कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा जिल्ला मोरङ बिराटनगर घर बताउने हाल अमेरिका बस्ने मनिष कुमार बुढाथोकीले पक्राउ परेका गौरभ भट्टराई, सुजन दाहाल, सिद्धार्थ नेपाली, आशुतोष कोईराला, मिलन मिश्रलाई Cash App  Server को Access  दिई ६ ओटा ईसेवा वालेट, ५ ओटा Connect IPS Account र सोहि Account हरुमा Linkup भएका १९ ओटा बिभिन्न बैंकका खाताहरु समेतमा अबैध तरिकाले Cash App मार्फत ५ करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आए पश्चात उक्त कार्यमा संलग्न निम्न नामथर भएका ब्यक्तिहरुलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलिले काठमाण्डौं उपत्यकाको बिभिन्न स्थानबाट बिभिन्न IPhone ब्राण्डका मोबाईल थान-५, बिभिन्न कम्पनीका ल्यापटप थान-३ समेत  ५ जनाको साथबाट बरामद एवं पक्राउ गरी निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसूरमा र सोहि संहिताको दफा २६२ (क) १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं ।   पक्राउ ब्यक्तिहरुको विवरणः    १.      नामथर  :  गौरभ भट्टराईउमेर      :  २२ बर्षठेगाना  : जिल्ला मोरङ उर्लाबारी म.न.पा. वडा नं. ०८ हाल      :  जिल्ला काठमाण्डौ  रवि भवन ।२.      नामथर  :  सुजन दाहालउमेर      :  २३ बर्षठेगाना  : जिल्ला मोरङ उर्लाबारी म.न.पा. वडा नं. ०८ हाल      :  जिल्ला काठमाण्डौ सोल्टिमोड ।३.      नामथर  :  सिद्धार्थ नेपालीउमेर     :  २२ बर्षठेगाना  : जिल्ला ओखलढुङगा चम्पादेवी गा.पा. वडा नं. ०६हाल      :  जिल्ला काठमाण्डौ सिनामंगल ।४.      नामथर  :  आशुतोष कोईरालाउमेर     :  २४ बर्षठेगाना   : जिल्ला सुनसरी धरान उ.पा.न.पा. वडा नं. १५हाल      :  जिल्ला काठमाण्डौ बौद्ध ।५.      नामथर  :  मिलन मिश्रउमेर     :  २४ बर्षठेगाना  : जिल्ला मोरङ उर्लाबारी म.न.पा. वडा नं. ०७ हाल     :  जिल्ला भक्तपुर गट्ठाघर ।

“ठगी गरी आपराधिक लाभ (Extortion) लिने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०३-२७

“म सडक डिभिजनको इन्जिनियर हुँ” भनि  सामाजिक सञ्जाल मार्फत विभिन्न महिलाहरूसँग जोडीई चिनजान गरी  प्रेम तथा विवाहको प्रलोभन देखाई घर परिवारका अन्य सदस्यहरुको ”Fake ID” बनाई निजहरुको नामबाट आफैले पिडित महिलाहरुसँग कुराकानी गरी विश्वास दिलाई विभिन्न वर-वहाना बनाई रकम लिई ठगी गरी अपराधिक लाभ लिने कार्यमा संलग्न रहेका नरेन्द्र साउदलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०३।२६ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ सिनामंगलबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको ।पक्राउ प्रतिवादी :   नाम :  नरेन्द्र साउद   उमेर : २७ बर्ष    ठेगाना : जि.वैतडी, डिलासैनी गा.पा.वडा नं.०१    हाल :  जि. कञ्चनपुर शुक्लाफाँटा न.पा. वडा नं.०२

“ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ"
२०८१-०३-२७

विप्लब पौडेलको जाहेरीले वादी नेपाल स़रकार प्रतिवादी जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ५ घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं. १८ भैसेपाटी बस्ने चिन्तामणी घिमिरेको छोरा बर्ष ३७ की विपना घिमिरे भएको ठगी सम्बन्धी मुद्धामा निज प्रतिवादी विपना घिमिरेलाई सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौडाबाट मिति २०८१।०२।०८ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०३।२६ गते अन्दाजी १९;०० बजे जिल्ला काठमाण्डौं किर्तीपुर न.पा. वडा नं.७ पाँगाबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०८१।०३।२७ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको । पक्राउ व्यक्तिः-नामः विपना घिमिरेउमेर : ३७ वर्ष, ठेगानाः जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ५ घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं. १८    भैसेपाटी बस्ने ( ना.प्र.नं. ५५/३६६८३) मकवानपुर ।

“बैंकिङ कसुर मुद्धाका प्रतिवादी पक्राउ "
२०८१-०३-२६

घटना विवरण :जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ७ कुमारीगाल घर भई ऐ.ऐ. बस्ने बलराम पौडेलको छोरा बर्ष ५२ को मणिराम पौडेल प्रतिवादी भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहल काठमाण्डौबाट मिति २०८१।०३।१२ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०३।२५ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा ७ कुमारीगाल स्थितबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी बृत्त गौशाला  काठमाण्डौ पठाईएको । पक्राउ व्यक्तिः-नामः मणिराम पौडेल ।उमेर :५२ वर्ष ठेगानाः  जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ७ कुमारीगाल बस्ने ।