बैंकिङ कसुर मुद्धाका प्रतिवादी पक्राउ "
२०८१-०२-१६
- A
- A-
- A+
घटना विवरण :
वादी नेपाल सरकार
प्रतिवादी जि.दोलखा
साविक झ्याकु गा.वि.स. वडा नं. ९ को हाल परिवर्तित गौरीशंकर गाउँपालिका वडा नं. ३ घर भई हाल जिल्ला
काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं.९ गोठाटार बस्ने मोहन बहादुर बस्नेतको
छोरा बर्ष ४१ को नवराज बस्नेत भएको बैंकिङ कसुर मुद्धामा सम्मानित चितवन जिल्ला अदालत, भरतपुर, चितवनबाट मिति २०८१।०१।३०
गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी
टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०२।१४ गते अन्दाजी २०;३० बजे जिल्ला काठमाण्डौं कागेश्वरी
मनहरा न.पा. वडा नं.९ गोठाटारबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि
मिति २०८१।०२।१५ गते जिल्ला प्रहरी कार्यालय चितवन पठाईएको ।
पक्राउ
व्यक्तिः-
नामः नवराज बस्नेत ।
उमेर : ४१ वर्ष
ठेगानाः जि.दोलखा साविक झ्याकु
गा.वि.स. वडा नं. ९ परिवर्तित हाल गौरीशंकर गा.पा.वडा नं.३ स्थायी वतन भई हाल जिल्ला
काठमाण्डौं कागेश्वरी मनोहरा न.पा.वडा नं. ९ गोठाटार बस्ने ।