“रातको समयमा डाँका चोरी गर्ने व्यक्ति पक्राउ”
२०८१-०२-१६
- A
- A-
- A+
घटना विवरण:-
मिति २०८१/०२/१३ गते रातीको २३:०० बजे का.जि.बु.न.पा.वडा
नं.१२ कपन मुस्कान चोक नजिक सोहील बाह्रबिसे सुनचाँदी पसलका सञ्चालक जय बिक्रम
बि.क. लाई निजकै डेरा कोठाबाट हामी अनुसन्धान कार्यालयका सादा पोसाकका प्रहरी हो तपाईको
पसल अनुसन्धान गर्न आएका हौ भनि ३/४ जनाको समुहले बोलाई पसल खोल्न लगाई निजलाई
कुटपिट गरी पसलमा रहेका सुनका बिभिन्न गरगहना अन्दाजी ५ तोला र मोबाईल लुटपाट गरी
फरार रहेको घटना अनुसन्धानको क्रममा जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा.वडा नं.
३ स्थायी घर भई हाल का.जि.गोकणेश्वर न.पा.वडा नं.३ अत्तरखेल बस्ने वर्ष ४८ को
भाग्यराम पाईन लगायतका मानिसहरुको संलग्नता रहेको भन्ने खुल्न आएकोले निजलाई यस
कार्यालयबाट खटिई गएको प्रहरी टोलिले मिति २०८१/०२/१४ गते दिउँसोको १७:०० बजेको
समयमा का.जि गोकणेश्वरबाट चोरी गरी लगेको केही सुनका गरगहना सहित पक्राउ गरी थप
अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत वौद्ध पठाईएको ।
साथै डाँका तथा चोरी कार्यमा
संलग्न अन्य नामथर, वतन नखुलेका ३ जना मानिसहरु फरार रहेका ।
पक्राउ प्रतिवादी :-
१. नाम :- भाग्यराम
पाईन
उमेर :- ४८ वर्ष
ठेगाना :- जिल्ला सिन्धुपाल्चोक
बाह्रविसे न.पा.वडा नं. ३
हाल :- का.जि.गोकणेश्वर
न.पा. ३ अत्तरखेल
पुनश्च :- निज भाग्यराम पाईन
मिति २०७०/०८/२९ गते ज्यान मार्ने उद्दोग कसुरमा पक्राउ परी ४ वर्ष कैद भुक्तान
गरी छुटेको ।
बरामद सामानको विवरण र
फोटो :-
१. सुन जस्तो देखिने पहेलो रङको धातु थोरै पोते
सहितको तौल गर्दा १६ ग्रामको जन्तर थान १
२. सुन जस्तो देखिने पहिलो
रङको धातु थोरै रहेको पोते सहितको तौल गर्दा
१४ ग्रामको जन्तर थान १
३. जन्तर पछाडी प्रयोग
हुने पित्तलको भाग मात्र वाँकी रहेको पोते सहितको तौल गर्दा ७० ग्राम थान ७
४. पित्तलको भाग मात्र
बाँकी रहेको U
आकारको लकेट तौल गर्दा १४ ग्राम थान १
५. पित्तलको भाग मात्र
बाँकी रहेको मंगलसुत्र तौल गर्दा २ ग्राम थान १
६. ५० को दरको अमेरिकन
डलर थान ६ को ३०० USD र Infinix कम्पनिको मोबाईल थान १