प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“आपराधिक लाभ (Extortion) लिने कार्यमा संलग्न व्यक्ति पक्राउ”

२०८१-०२-१६

  • A
  • A-
  • A+
Share

विभिन्न सामाजिक संजाल मार्फत महिलाहरूसँग चिनजान गर्नुका साथै भेटघाट समेत गरी विभिन्न प्रलोभन देखाई शारीरिक सम्बन्ध स्थापित गरी सोको गोप्यरूपमा फोटो तथा भिडियो खिची उक्त फोटो भिडियो निज तथा निजका आफन्तहरूलाई विभिन्न माध्ययमद्वारा पठाई दिन्छु भनि रकम माग गर्ने तथा पुनःशारीरिक सम्बन्ध स्थापित गर्नको लागि वाध्य पारी आपराधिक लाभ (Extortion) लिने कार्यमा संलग्न सन्तोष किसानलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१।०१४ गते का.जि.का.म.न.पा.वडा नं.३२ कोटेश्वरबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको

 

         पक्राउ व्यक्ति :

नाम :  सन्तोष किसान

उमेर : ३० बर्ष

ठेगाना : म्याग्दी न.पा.वडा नं.०५, म्याग्दी ।

हाल : का.जि.का.म.न.पा.वडा नं.३६ नयाँ बसपार्क ।

सम्बन्धित समाचार
“पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरुमा पठाईदिने भनि १,००० जना भन्दा बढी मानिसहरुलाई ठगी गर्ने Consultancy संचालकहरु पक्राउ”
२०८१-०२-३०

जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ कोटेश्वर तथा तिनकुनेमा रेशम रावल समेतले  संचालन गरेको Unique Consults & Consulatancy Pvt.Ltd., World Wide Consults And Consultancy Company, Global Human Resources Management Company, Riyans Education Consultancy Pvt.Ltd., Rawal Travel and Tours Pvt.Ltd. समेतबाट वैदेशिक रोजगारीमा पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरुमा वैदेशिक रोजगारी तथा  भिजिट भिषामा पठाउने भनि सक्कल राहदानी, नागरिकता, शैक्षिक प्रमाण पत्र सबै सक्कलै कागजातहरु लिई ४ वटा विभिन्न कन्सलटेन्सीहरु खोली कागजात र रकम गैरकानूनी रुपले संकलन गरेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट प्रहरी टोली खटी गई खानतलासी गर्दा राहदानी थान २२९ सहितका कागजात भेटिएकाले संचालक सहित ६ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाइएको । अनुसन्धानको क्रममा खुल्न आएका कुराहरु:-v Facebook, Whatsapp, TikTok लगायतका सामाजिक संजालमा विभिन्न देशहरुमा आकर्षक तलब भत्ता सेवा सुविधाहरु पाइन्छ भनी सार्वजनिक रुपमा झुट्टा विज्ञापन Boost गरी प्रचार प्रसार गर्ने गरेको,v सक्कल राहदानी, नागरिकता, शैक्षिक प्रमाण पत्र सबै सक्कलै कागजातहरु लिई डकुमेन्टेशन, नोटरी गर्न भनि धेरै जना व्यक्तिहरुसँग रु.३५,०००।– लिएको र रु.१७,५००।– मात्र रसिद काटी पठाउने गरेको,v तिनेकुनेमा घरको फ्ल्याट भाडामा लिई साइन बोर्डहरु समेत केहि पनि नराखी Head Office को रुपमा सञ्चालन गरी त्यसको १०० मिटरको आसपासमा फरक-फरक घरमा ‍माथि उल्लेखित कम्पनीहरु खोली उक्त कम्पनीहरुमा सामाजिक संजाल तथा प्रत्यक्ष रुपमा सम्पर्कमा आउने मानिसहरुबाट डकुमेन्टहरु दैनिक रुपमा Center Collection गरी त्यहिँबाट सम्पूर्ण फेक डकुमेन्ट तयार गर्ने लगायतका कार्यहरु गर्ने गरेको,v विदेश पठाउने काम नभएपछि सक्कल कागजपत्र माग्न जाँदा पीडितहरुलाई रु. १,५०,००० देखि रु २,००,०००।–  सम्म रकम दिनु अनि मात्र डकुमेन्ट फिर्ता पाउनुहुन्छ भनी फर्काउने गरेको,v विभिन्न होटल, कृषि फर्म, विधालय आदिको Stamp Pad प्रयोग गरी आफैंले झुट्ठा Work Experience, No Objection Letter आदि कागजातहरु बनाइदिने गरेको, v त्यसरी प्राप्त हुन आउने रकमहरु प्रेम बहादुर रावलको कृषि विकाश बैंकको खातामा समेत जम्मा गर्ने गरेको,v यस कार्यालयमा पीडितहरु २५ जनाको जाहेरी दरखास्त प्राप्त हुन आएको र जाहेरी दरखास्त आउने क्रम जारी रहेको, v बरामद हुन आएको रसिदको ठेली समेतका कागजातहरु हेर्दा पीडितहरुको संख्या १,००० (एक हजार) भन्दा बढी रहेको र ठगी रकम २ करोड ५० लाख भन्दा बढी रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको । पक्राउ  व्यक्तिहरु:-१.     नाम थर :- रेशम रावल                                                      ४. नाम थर :- सन्तविर घिमिरेउमेर :- २७ वर्ष                                                                     उमेर :- ३५ वर्ष वतन :-  जिल्ला सुर्खेत विरेन्द्रनगर न.पा. वडा नं. ०९ ।                   वतन :- जिल्ला मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. १० ।  हाल:-  का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर बस्ने ।                   हाल:- का.जि.का.म.न.पा. वडा नं. ३२ नरेफाट ।२.  नाम थर :- प्रेम बहादुर रावल                                             ५. नामथर :- राजेश साउदउमेर :- २४ वर्ष                                                                        उमेर :-  २६ वर्ष वतन :- जिल्ला सुर्खेत विरेन्द्रनगर न.पा. वडा नं. ०९ ।                       वतन :- जिल्ला डडेलधुरा अमरगढी न.पा. वडा नं. ९ हाल  :-  का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर बस्ने ।                    हाल :- का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर बस्ने ।३. नामथर :- सुरेन्द्र तामाङ                                                    ६. नामथर :- टंकराज खनालउमेर:- ३० वर्ष                                                                           उमेर :- २५ वर्षवतन :- जिल्ला काभ्रेपलान्चौक तिमाल गा.पा. वडा नं. ९ ।                 वतन :- जिल्ला अछाम रामारोशन गा.पा. वडा नं. १ हाल :- का.जि.का.म.न.पा. धुम्बाराही बस्ने ।                                    हाल :- का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर बस्ने । 

“गोदामबाट सामान चोरी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०२-३०

मिति २०८१/०१/३१ गते दिउँसोको समयमा का.जि.का.म.न.पा.वडा नं. ३२ कोटेश्वर फुलवारीमार्ग स्थितमा सन्दिप कुमार गुप्ताले सञ्चालन गरेको आहाना ईन्टरप्राईजेज प्रा.लि.को गोदाम बन्द रहेको अबस्थामा शिशु अनुगामी पावडर ( Farex Gentle, Milk Powder ) ब्राण्डका अन्दाजी मुल्य रू. २०,२४,०००/० ( अक्षरुपी विस लाख चौविस हजार ) बराबरको सामान चोरी गरी लगेको घटना अनुसन्धानको सिलसिलामा सोही गोदाममा काम गर्ने जिल्ला सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गा.पा.वडा नं.६ घर भई हाल का.जि. नरदेवी बस्ने वर्ष २७ को सोनु गदाल समेतका मानिसहरुको संलग्नता रहेको भन्ने खुल्न आएकोले निजलाई यस कार्यालयबाट खटिई गएको टोलीले मिति २०८१/०२/२९ गते बेलुकी ५:०० बजे का.जि.कोटेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथ कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ टेकु, पठाईएको ।    पक्राउ प्रतिवादीहरु :- १. नाम :- सोनु गदालउमेर :- २७ वर्षठेगाना :- जिल्ला सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गा.पा.वडा नं.६हाल :- का.जि. नरदेवी २. नाम :- अनिश थापाउमेर :- २८ वर्ष ठेगाना :- जिल्ला भक्तपुर ठिमी न.पा.वडा नं. १ लोकन्थली  ३. नाम :- ममता घलेउमेर :- ४६ वर्षठेगाना :- जिल्ला नवलपरासी रामनगर सुनौल न.पा.वडा नं. १ हाल :- जिल्ला भक्तपुर मध्यपुर ठिमी   बरामद सामानहरुको विवरण :-१. NUTRIC लेखेको Farex Gentle Powder २४ काटुन ३५३ थान २. Samsung Galaxy A04e थान १

" कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादीहरु २३ बर्ष पछी पक्राउ ”
२०८१-०२-३०

गणेश प्रसाद उप्रेती समेतको जाहेरीले वादी नेपाली सरकार प्रतिवादी केदार भन्ने दुर्ग बहादुर दमाई भएको कर्तव्य ज्यान मुद्दामा प्रतिवादी केदार भन्ने दुर्ग बहादुर दमाई, साधु राम भन्ने खड्ग बहादुर दमाई समेतलाई मिति २०५३।१०।२५ गते सम्मानित दोलखा जिल्ला अदालतबाट सर्वस्व सहित जन्मकैदको सजाय हुने ठहर भई कैद भुक्तान गर्दै आएकोमा कारागार व्यवस्थापन विभागको च.न.७०३ मिति २०५६।११।०६ गतेको पत्रानुसार राष्ट्रिय प्रजातन्त्र दिवस २०५६ को उपलक्ष्यमा कारागार शाखा काठमाण्डौको च.न.२७३४ मिति २०५६।११।०७ गतेको पत्र अनुसार सोही दिन छुटकारा गरिएकोले कैद मुक्त भई वसी आएकोमा उक्त फैसला उपर पुनरावेदन परी सम्मानित सर्वोच्च अदालतबाट मिति २०५८।०८।०७ गते (२०५७ सालको फौ.पु.नं.२५०३) प्रतिवादी केदार भन्ने दुर्ग बहादुर दमाई, साधु राम भन्ने खड्ग बहादुर दमाई समेतलाई जन्मकैद हुने ठहर गरी फैसला भएकोमा निज प्रतिवादीहरुले ११ बर्ष ४ महिना १३ दिन कैद भुक्तान गर्न वाकी रहेको र  निजहरू फरार रहेको हुँदा यस कार्यालयबाट खटिएका प्रहरी टोलीले मिति २०८१।०२।२९ गते जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ बाट तपसिलमा उल्लेखित ठेगाना भएका दुर्ग बहादुर दमाई, साधु राम भन्ने खड्ग बहादुर दमाईलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत ववरमहल काठमाण्डौ पठाईएको ।पक्राउ परेका ब्यक्तिहरु: १.   नाम थर: केदार भन्ने दुर्ग बहादुर दमाईउमेर: ७२ बर्ष स्थायि वतन: जिल्ला दोलखा साविक पोवटी गा.वि.स. वडा नं. ४ परिवर्तित मेलुङ गाउँपालिका वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ २.  नाम थर: साधु राम भन्ने खड्ग बहादुर दमाईउमेर: ५३ बर्षस्थायि वतन: जिल्ला दोलखा साविक पोवटी गा.वि.स. वडा नं. ४ परिवर्तित मेलुङ गाउँपालिका वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ६

" ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८१-०२-३०

जित बहादुर मगरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विर बहादुर तामाङ समेत भएको ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित रामेछाप जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भई फरार रहेका प्रतिवादी विर बहादुर तामाङलाई यस कार्यालयबाट खटि गएका प्रहरी टोलीले मिति २०८१।०२।२९ गते का.जि.का.म.न.पा.वडा नं. ३२ कोटेश्वरबाट पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागि मिति २०८१।०२।२९ गते जिल्ला प्रहरी कार्यालय रामेछाप पठाईएको ।  पक्राउ परेका ब्यक्तिहरु: नाम थर : विर बहादुर तामाङ  उमेर: ५३ बर्ष       स्थायि वतन:जिल्ला रामेछाप खाँडादेवी गा.पा.वडा नं.१ राकाथुम घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर  

“गैह्र कानुनी तवरले अमेरिका पठाउने गिरोहमा संलग्न मुख्य व्यक्ति पक्राउ"
२०८१-०२-२९

विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि संयुक्त राज्य अमेरिका पठाई दिन्छु भनि विश्वास दिलाई आफ्नो बैकको खातामा पटक-पटक रकम जम्मा गर्न लगाई रकम ठगी गर्ने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ तथा खोजतलास गरी पाउँ भनि दुर्गा बहादुर वली र कमला डाँगी बस्नेत समेतले यस कार्यालयमा जाहेरी दरखास्त दिए पश्चात् अनुसन्धान गर्दा निज नारायण कुमार खड्काको बैक खातामा रु ४,३३,६८,११२.५५।- रकम विभिन्न व्यक्तिले जम्मा गरेको देखिन आए पश्चात् सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई यस कार्यालयबाट खटिएको विशेष टोलीले निजलाई जिल्ला कंचनपुर भिमदत्त न.पा. वडा नं. ११ गड्डा चौकीबाट मिति २०८१।०२।२८ गते पक्राउ गरी निम्न सामानहरू बरामद गरी निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ मा पठाइएको । पक्राउ व्यक्ति:-नामः नारायण कुमार खड्काउमेर ४६ वर्षठेगाना: सोलु दुधकुण्ड न.पा. - ११ सोलुखुम्बु हालः जिल्ला काठमाण्डौ का.म.न.पा. ३२ पुरानो सिनामंगल टाउनप्लानिङ (पेप्सीकोला) बस्ने ।अनुसन्धानको क्रममा खुल्न आएका कुराहरू:-•    नारायण कुमार खड्काले मेरो High Link Education Consultancy छ वैदेशिक रोजगारीको लागि  USA पठाई दिन्छु भनि  विभिन्न व्यक्तिहरूलाई विश्वास दिलाई आफ्नो बैक खातामा पटक-पटक रकम जम्मा गर्न लगाई रकम ठगी गर्ने गरेको ।•    निजको हाल Consultancy नरहेको ।•    निजले अमेरिका पठाई दिने भनि VFS  (Visa Facilitation Services)  गर्नको लागि भारतमा लगि बायोमेट्रिक लगायतका कार्य गराउने गरेको ।•    पीडितहरूलाई अमेरिका लैजाने भनि सिंगापुर, आइबरीपोष्ट हुँदै घाना सम्म पुर्याई अलपत्र पारेको खुल्न आएको ।•    निजले काठमाडौं, कलकत्ता, अजरबैजान, पोर्चुगल, सुरीनामा हुँदै अमेरिका, ग्रीस, क्यानेडा, फिनल्याण्ड, जर्मनी, मेक्सिको, ब्राजिल, पेरू, कोलम्बिया लगायतका देशहरू समेतमा पठाउने भनि ठगी गरेको खुल्न आएको ।•    निजले अमेरिका पठाउने भनि हाल सम्म ८/१० जना व्यक्तिहरूबाट रकम लिएको ।•    निजले युरोप पठाए बापत प्रतिव्यक्ति ८ देखि १० लाख सम्म रकम लिने गरेको ।•    निजको ज्योती विकास बैकको खातामा सन २०२२।०७।२४ देखि २०२४।०५।२९ सम्म जम्मा रू.४,३३,६८,११२.५५।- रकम विभिन्न व्यक्तिले जम्मा गरेको खुल्न आएको ।•    उक्त रकम जम्मा गर्ने व्यक्तिहरू मध्येका जाहेरवाला कमला डाँगी बस्नेतले विभिन्न मितिमा जम्मा रू.३८,३५,०००।- र दुर्गा बहादुर वलीले विभिन्न जम्मा रू.८,२०,०००।- रकम जम्मा गरेको ।•    निज नारायण कुमार खड्काको खातामा जम्मा भएको रकम मध्ये रू.४,३२,२६,१०१.७३।- रकम झिकी सकेको । •    उक्त खातामा हाल रू.१,४२,००५.८२।- रकम मौज्दात रहेको ।•      CRS हेर्दा निज नारायण कुमार खड्कालाई विभिन्न कार्यालयबाट ८ वटा बैकिङ कसुर र एउटा ठगी मुद्दा (जम्मा बिगो रू.७८,८८,०००।- अक्षरुपि अठहत्तर लाख असी हजार बिगो बराबरमा) चलेको देखिएको ।    बरामद सामानहरू:-•      विभिन्न व्यक्तिहरूको राहदानी, रकम पठाएको, SMS भएको मोबाईल थान-२ ।•      नेपाल टेलिकमको सिमकार्ड थान-२•      Ncell को सिमकार्ड थान-१ ।•      विभिन्न व्यक्तिहरूको नेपाली राहदानी थान-५ ।•      विभिन्न व्यक्तिहरूको राहदानीको प्रतिलिपि थान-७ ।•      विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक पाना-५९ ।•      नारायण कुमार खड्काको नामको विभिन्न बैकहरूको चेक थान-२० ।•      बैक खाता रकम जम्मा गरेको तथा आइएमइ गरेको भौचर थान-३४ ।•      रसिद ठेली थान-१ •      नारायण कुमार खड्काको नामको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको परिचयपत्र थान-१ ।

“कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाई दिन्छु भनि ३०० जना भन्दा बढी मानिसहरुबाट करिब १५ करोड रकम ठगी गर्ने अभियुक्तहरु पक्राउ”
२०८१-०२-२९

फेसबुक, म्यासेन्जर, whatsapp लगायतका सामाजिक संजालमा Rabin Aale Magar, Manoj jung Thapa, Mahesh Thapa लगायतका Fake Id प्रयोग गरी नेपालीहरुलाई वैदेशिक रोजगारी कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाइदिने भनि आकर्षक तलब, भत्ता सहितको विज्ञापन सार्वजनिक गरी त्यसरी सम्पर्कमा आउने मानिसहरुलाई विभिन्न व्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई उक्त जम्मा हुन आएका रकमहरु चेक मार्फत् निकाल्न लगाई निजले भनेबमोजिमका मानिसहरुलाई भेटेर नगदै दिन लगाई तथा विभिन्न खाताहरुमा ट्रान्जेक्सन गराई ठगी गर्ने गरेको भन्ने समेत व्यहोराको विभिन्न व्यक्तिहरुबाट बैदेशिक रोजगार ठगीको हकमा वैदेशिक रोजगार विभाग तथा ठगी सम्बन्धी कसूरको हकमा यस कार्यालयमा नविन चौधरी  समेत १५ जनाको निवेदन तथा जाहेरी दरखास्त पर्न आएको । साथै विकाश राणा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजु कुमार बस्नेत समेत भएको वैदेशिक रोजगार ठगी मुद्दामा धरौटी तिर्न नसकी हाल कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका राजु कुमार बस्नेतको कारागार कार्यालयको च.नं. ४७६३ मिति २०८१/०२/१६ गतेको पत्र मार्फत् यस कार्यालयमा ठगी सम्बन्धी कसूरमा जाहेरी दरखास्त प्राप्त हुन आएको । अनुसन्धानको क्रममा खुल्न आएका कुराहरु:-v न्यायाधिरणको फैसला तथा आदेशले हाल कोहि धरौटी बुझाउन नसकेर तथा कोही पुर्पक्षको क्रममा थुनामा रहेका भने केहि सजाय समेत एकातर्फ आम सर्वसाधरण मानिसहरुलाई युरोपिन मुलुकहरुमा राम्रो तलब, भत्ता, सुविधा छ भनि वैदेशिक रोजगारीमा जान को लागी सामाजिक संजाल Fake फेसबुक ID: Rabin Aale Magar, Mahesh Thapa, Thapa Hari, Manoj jung Thapa समेतबाट सार्वजनिक रुपमा विज्ञापन पोष्ट गर्ने गरेको, v अर्कोतर्फ उक्त Fake Id हरु बाट आफ्नो घर तथा व्यापार, व्यवसाय (कम्पनी) नेपालमा रहेको र त्यसको कारोबार Handling गर्न एकाउन्टेन्टको Job दिन्छु, मासिक रु.३०,०००।– देखि रु. ४०,०००।– सम्म तलब हुन्छ भनि निजहरुको बैंक खाता मागी उक्त खातामा विदेश जान चाहने भनि Fake ID हरुमा सम्पर्कमा आएका मानिसहरुबाट रकम जम्मा गर्न लगाई उक्त रकमहरु चेकबाट निकाल्न लगाई निजले भने बमोजिमका मानिसहरु (राज कुमार भट्ट लगायत) लाई भेटेर नगदै तथा विभिन्न खाताहरुमा ट्रान्जेक्सन गरिदिनु भन्ने गरेको,v विदेश जान चाहने मानिसहरुले सुरुमा केहि रकम जम्मा गरिदिएपछि Processing भइरहेको भन्ने विश्वास दिलाउन निजहरुको नाम राखि Fake Visa, Work Permit, Hotel Booking, Police Report लगायतका कागजातहरु Online बाटै पठाई  टिकट र डलर साट्न थप रकम चाहिने भनि प्रति व्यक्ति ५ लाख देखि १० लाखसम्म रकम ठगी गरी त्यो व्यक्तिबाट सम्पर्क विहिन हुने गरेको, त्यसरी सम्पर्क विहिन भएपछि विदेश जान भनि रकम जम्मा गरिदिने व्यक्तिले जसको खातामा रकम जम्मा गरिदिएको हो, उसको विरुद्ध वैदेशिक रोजगार विभाग/ प्रहरी कार्यालयहरुमा वैदेशिक रोजगार ठगी तथा ठगी सम्बन्धी कसूरमा उजुरी गर्ने गरेको,v कम्पनीमा लेखापाल (कर्मचारी) को काम दिन्छु भनि बैंक खाता प्रयोग भएका सुन बहादुर बुढा, राजु कुमार बस्नेत, प्रभाकर भट्टराई, हरि बहादुर कामी, शेर बहादुर तामाङ, राजेश श्रेष्ठ लगायतका मानिसहरु वैदेशिक रोजगार विभागबाट अनुसन्धान भई वैदेशिक रोजगार भुक्तान गरी कतिपय छुटि र राज कुमार बस्नेत हाल पनि कारागार मै रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको, v अर्कातर्फ Company को Accountant को रुपमा काम गर्ने मानिसहरुको खातामा आएको रकम निजहरुबाटै चेकबाट नगदै निकाली काठमाडौं, पोखराको सेति पुल मुनि लगायतका स्थानहरुबाट राज कुमार भट्ट लगायतले फरक नाम बताई ३ वर्ष अघि देखि मोटो रकम बुझ्ने  गरेको,v राज कुमार भट्ट तथा सो भूमिकामा काम गर्ने व्यक्तिहरुले उक्त रकम विभिन्न Money Transfer तथा IME, eSewa हरुका माध्यमबाट आफ्नो तथा हाल चितवनबाट पक्राउमा परेका पवन पन्त लगायतका व्यक्तिहरुको खातामा मोटो रकम पठाउने गरेको,v राज कुमार भट्टले पछिल्लो समयमा आफ्नो Identity नदेखियोस् भनि IME हरुमा चिनजान गरी आफ्नो ट्राभल्स लगायतको कम्पनी छ कारोबार गरिरहनु पर्छ भन्ने गरेको,v हालसम्म उक्त गिरोहले नेपालबाट ३०० जना भन्दा बढि मानिसहरुलाई विदेश पठाउँछु भनि विगत ३/४ वर्ष देखि प्रतिव्यक्ति ५  देखि १० लाखका दरले हालसम्म १५ करोड भन्दा बढि रकम ठगी गरेको, पक्राउ  व्यक्तिहरु:-१.     नाम थर :- राज कुमार भट्ट                                                    ३. नाम थर :- नविन वि.क.उमेर :- २८ बर्ष                                                                          उमेर :- २२ बर्ष वतन :-  जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. १८ ।                   वतन :- जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा  नं. ०८ ।     हाल:- जिल्ला काठमाण्डौं टोखा न.पा. बस्ने ।                                हाल:- जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ०९२.  नाम थर :- पवन पन्त                                                                      पृथ्वीचोक ।उमेर :- २३ बर्षवतन :- जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ०८ । हाल  :-  जिल्ला चितवन भरतपुर म.न.पा. वडा  नं. ०८ ।