प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाई दिन्छु भनि ३०० जना भन्दा बढी मानिसहरुबाट करिब १५ करोड रकम ठगी गर्ने अभियुक्तहरु पक्राउ”

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

फेसबुक, म्यासेन्जर, whatsapp लगायतका सामाजिक संजालमा Rabin Aale Magar, Manoj jung Thapa, Mahesh Thapa लगायतका Fake Id प्रयोग गरी नेपालीहरुलाई वैदेशिक रोजगारी कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाइदिने भनि आकर्षक तलब, भत्ता सहितको विज्ञापन सार्वजनिक गरी त्यसरी सम्पर्कमा आउने मानिसहरुलाई विभिन्न व्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई उक्त जम्मा हुन आएका रकमहरु चेक मार्फत् निकाल्न लगाई निजले भनेबमोजिमका मानिसहरुलाई भेटेर नगदै दिन लगाई तथा विभिन्न खाताहरुमा ट्रान्जेक्सन गराई ठगी गर्ने गरेको भन्ने समेत व्यहोराको विभिन्न व्यक्तिहरुबाट बैदेशिक रोजगार ठगीको हकमा वैदेशिक रोजगार विभाग तथा ठगी सम्बन्धी कसूरको हकमा यस कार्यालयमा नविन चौधरी  समेत १५ जनाको निवेदन तथा जाहेरी दरखास्त पर्न आएको । साथै विकाश राणा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजु कुमार बस्नेत समेत भएको वैदेशिक रोजगार ठगी मुद्दामा धरौटी तिर्न नसकी हाल कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका राजु कुमार बस्नेतको कारागार कार्यालयको च.नं. ४७६३ मिति २०८१/०२/१६ गतेको पत्र मार्फत् यस कार्यालयमा ठगी सम्बन्धी कसूरमा जाहेरी दरखास्त प्राप्त हुन आएको ।

अनुसन्धानको क्रममा खुल्न आएका कुराहरु:-

v न्यायाधिरणको फैसला तथा आदेशले हाल कोहि धरौटी बुझाउन नसकेर तथा कोही पुर्पक्षको क्रममा थुनामा रहेका भने केहि सजाय समेत एकातर्फ आम सर्वसाधरण मानिसहरुलाई युरोपिन मुलुकहरुमा राम्रो तलब, भत्ता, सुविधा छ भनि वैदेशिक रोजगारीमा जान को लागी सामाजिक संजाल Fake फेसबुक ID: Rabin Aale Magar, Mahesh Thapa, Thapa Hari, Manoj jung Thapa समेतबाट सार्वजनिक रुपमा विज्ञापन पोष्ट गर्ने गरेको,

v अर्कोतर्फ उक्त Fake Id हरु बाट आफ्नो घर तथा व्यापार, व्यवसाय (कम्पनी) नेपालमा रहेको र त्यसको कारोबार Handling गर्न एकाउन्टेन्टको Job दिन्छु, मासिक रु.३०,०००।देखि रु. ४०,०००।सम्म तलब हुन्छ भनि निजहरुको बैंक खाता मागी उक्त खातामा विदेश जान चाहने भनि Fake ID हरुमा सम्पर्कमा आएका मानिसहरुबाट रकम जम्मा गर्न लगाई उक्त रकमहरु चेकबाट निकाल्न लगाई निजले भने बमोजिमका मानिसहरु (राज कुमार भट्ट लगायत) लाई भेटेर नगदै तथा विभिन्न खाताहरुमा ट्रान्जेक्सन गरिदिनु भन्ने गरेको,

v विदेश जान चाहने मानिसहरुले सुरुमा केहि रकम जम्मा गरिदिएपछि Processing भइरहेको भन्ने विश्वास दिलाउन निजहरुको नाम राखि Fake Visa, Work Permit, Hotel Booking, Police Report लगायतका कागजातहरु Online बाटै पठाई  टिकट र डलर साट्न थप रकम चाहिने भनि प्रति व्यक्ति ५ लाख देखि १० लाखसम्म रकम ठगी गरी त्यो व्यक्तिबाट सम्पर्क विहिन हुने गरेको, त्यसरी सम्पर्क विहिन भएपछि विदेश जान भनि रकम जम्मा गरिदिने व्यक्तिले जसको खातामा रकम जम्मा गरिदिएको हो, उसको विरुद्ध वैदेशिक रोजगार विभाग/ प्रहरी कार्यालयहरुमा वैदेशिक रोजगार ठगी तथा ठगी सम्बन्धी कसूरमा उजुरी गर्ने गरेको,

v कम्पनीमा लेखापाल (कर्मचारी) को काम दिन्छु भनि बैंक खाता प्रयोग भएका सुन बहादुर बुढा, राजु कुमार बस्नेत, प्रभाकर भट्टराई, हरि बहादुर कामी, शेर बहादुर तामाङ, राजेश श्रेष्ठ लगायतका मानिसहरु वैदेशिक रोजगार विभागबाट अनुसन्धान भई वैदेशिक रोजगार भुक्तान गरी कतिपय छुटि र राज कुमार बस्नेत हाल पनि कारागार मै रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको

v अर्कातर्फ Company को Accountant को रुपमा काम गर्ने मानिसहरुको खातामा आएको रकम निजहरुबाटै चेकबाट नगदै निकाली काठमाडौं, पोखराको सेति पुल मुनि लगायतका स्थानहरुबाट राज कुमार भट्ट लगायतले फरक नाम बताई ३ वर्ष अघि देखि मोटो रकम बुझ्ने  गरेको,

v राज कुमार भट्ट तथा सो भूमिकामा काम गर्ने व्यक्तिहरुले उक्त रकम विभिन्न Money Transfer तथा IME, eSewa हरुका माध्यमबाट आफ्नो तथा हाल चितवनबाट पक्राउमा परेका पवन पन्त लगायतका व्यक्तिहरुको खातामा मोटो रकम पठाउने गरेको,

v राज कुमार भट्टले पछिल्लो समयमा आफ्नो Identity नदेखियोस् भनि IME हरुमा चिनजान गरी आफ्नो ट्राभल्स लगायतको कम्पनी छ कारोबार गरिरहनु पर्छ भन्ने गरेको,

v हालसम्म उक्त गिरोहले नेपालबाट ३०० जना भन्दा बढि मानिसहरुलाई विदेश पठाउँछु भनि विगत ३/४ वर्ष देखि प्रतिव्यक्ति ५  देखि १० लाखका दरले हालसम्म १५ करोड भन्दा बढि रकम ठगी गरेको,

 

पक्राउ  व्यक्तिहरु:-

१.     नाम थर :- राज कुमार भट्ट                                                    ३. नाम थर :- नविन वि.क.

उमेर :- २८ बर्ष                                                                          उमेर :- २२ बर्ष

वतन :-  जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. १८ ।                   वतन :- जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा  नं. ०८ ।

     हाल:- जिल्ला काठमाण्डौं टोखा न.पा. बस्ने ।                                हाल:- जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ०९

२.  नाम थर :- पवन पन्त                                                                      पृथ्वीचोक ।

उमेर :- २३ बर्ष

वतन :- जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ०८ ।

हाल  :-  जिल्ला चितवन भरतपुर म.न.पा. वडा  नं. ०८ ।

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१४

घटना विवरणः बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- पवन कुमार के.सी.(बिक्रम)    उमेर             :- ३२ वर्ष     स्थायी वतन   :- जिल्ला दाङ राप्ती गा.पा. वडा नं.०६ ।     हाल             :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.१० ।       देश              :- सिंगापुर       रकम            :- रु.७,००,०००।– (सात लाख)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१० । पीडित संख्या :- २ जना ।२.  नाम थर        :- सुधिर प्रसाद जयसवाल     उमेर             :- २१ वर्ष      स्थायी वतन   :- जिल्ला रौतहट फतुवा विजयपुर न.पा.  वडा नं.०४ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०३ ।        देश              :- साईप्रस रकम            :- रु.१,००,०००।– (एक लाख) पक्राउ मिति   :- २०८३/०४/१४ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.०९ ।  पीडित संख्या :- १  जना ।३. नाम थर         :- लक्ष्मी खड्का    उमेर             :- ३८ वर्ष     स्थायी वतन   :- जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा. वडा नं.०२ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२५ ।       देश              :- रोमानिया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“ लागू औषध (खैरो हिरोइन) सहित मानिसहरु पक्राउ ”
२०८३-०४-१३

घटना विवरण:-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु लगायतका वडा एरियामा लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) ओसारपसार तथा वेचविखन भई रहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३/०४/१२ गते अं १९;०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.१२ टेकु मयलवारीमा बा ४६ प १६२ नम्बरको स्कुटर रोकी बसेका निम्न मानिसहरूलाई पक्राउ गरी निम्न परिमाणमा रहेको लागु औषध खैरो हेरोइन जस्तो वस्तु लगायतका दसीहरू  बरामद गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला काभ्रे धुलिखेल न.पा.वडा नं ०३ आचार्यगाँउ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ६८ को  उद्धव आचार्य । २.     जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं १२ टेकु बस्ने वर्ष ४० को कृष्ण खड्गी ।

“ बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार प्रतिवादी पक्राउ”
२०८३-०४-१३

घटना विवरण:-वादी नेपाल सरकार प्रतिवादी जिल्ला संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध नयाँ बस्ती बस्ने वर्ष ५९ को दुर्गा बहादुर भण्डारी भएको २ (दुई) वटा बैंकिङ कसुर (मुद्दा नं. ०८०-C१- ४२२१ र  ०८०-C१- ४२२२) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालत, ववरमहलको मिति २०८१/०२/१७ गतेको फैसलाले कैदः ८ (आठ) दिन र  जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ठहरी फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.६ बौद्धबाट पक्राउ गरी मिति २०८३।०४।१३ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराईएको । निम्नःनामथर: दुर्गा बहादुर भण्डारी,उमेर: ५९ वर्ष,ठेगाना: जि.संखुवासभा धर्मदेवि न.पा. वडा न. ०४ घर भई जि.काठमाडौं का.म.न.पा. वडा नं. ६ बौद्ध बस्ने  । मुद्दा: बैंकिङ कसुर (मुद्दा नं.०८०-C१- ४२२१ र ०८०-C१- ४२२२) पक्राउ स्थान: जि.काठमाडौं का.म.न.पा. वडा नं. ०६ बौद्ध  । सजायः कैदः ८(आठ) दिन र जरिवाना रु. १७,५०,०००/-( सत्र लाख पचास हजार रुपैयाँ) ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- लाक्पा शेर्पा    उमेर             :- ४३ वर्ष     स्थायी वतन   :- जिल्ला तेह्रथुम छथर गा.पा. वडा नं.०१ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३२ ।       देश              :- जर्जिया       रकम            :- रु.५,५०,०००।– (पाँच लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।पीडित संख्या :- २ जना ।  २.  नाम थर        :- कालिका रोक्का     उमेर             :- ३९ वर्ष      स्थायी वतन   :- जिल्ला नवलपरासी पुर्व मध्यविन्दु न.पा. वडा नं.०८ ।      हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।        देश              :- यु.के. रकम            :- रु.५,००,०००।– (पाँच लाख) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।  पीडित संख्या :- १  जना ।

“अभद्र व्यवहार गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३

 मिति २०८३।०४।१२ गते दिउसो अं.१५:४० बजेको समयमा जिल्ला कठमाडौं का.म.न.पा.वडा नं.१२ टेकु स्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण मानिस तथा महिलाहरु समेतलाई गाली गलौज गर्ने धाकधम्की तथा दु:ख हैरानी दिइ अभद्र व्यवहर गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा मिति २०८३/०४/१२ गते यस कार्यालयबाट खटिइ गएको प्रहरी टोलिले उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरूलाई फेला पारी सोधपुछ गर्ने क्रममा निजहरुले सार्वजनिक स्थानमा प्रहरी कर्मचारीहरु सँग समेत अभद्र व्यवहार गरेको हुँदा निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१.      जिल्ला मकवानपुर बागमती गा.पा.वडा नं.०४ स्थाई गर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.२५ बस्ने नारायण सिंह घिसिङको छोरा वर्ष ३४ को राज घिसिङ । २.     जिल्ला सिन्धुली गोलञ्जोर गा.पा.वडा नं.०१ स्थाई घर भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०७ बस्ने हरी प्रसाद पहाडीको छोरा वर्ष ४१ को दिपक पहाडी ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१२

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर         :- गणेश बहादुर कार्की    उमेर             :- ४६ वर्ष     स्थायी वतन   :- जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं.११ ।     हाल             :- जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं.०६ ।       देश              :- सर्विया       रकम            :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति   :- २०८३/०४/११ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०६ । पीडित संख्या :- १ जना ।२.  नाम थर        :- झगे बि.क.     उमेर             :- ४७ वर्ष      स्थायी वतन   :- जिल्ला दाङ दंगीशरण गा.पा. वडा नं.०२ ।      हाल             :- जिल्ला काठमाडौं नागार्जुन न.पा. वडा नं.०४ ।        देश              :- युरोप रकम            :- रु.३०,००,०००।– (तीस लाख) पक्राउ मिति   :- २०८३/०४/११ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२१ ।  पीडित संख्या :- ३ जना ।३. नाम थर         :- कमल श्रेष्ठ    उमेर             :- ३४ वर्ष     स्थायी वतन   :- जिल्ला चितवन खैरहनी न.पा. वडा नं.०३ ।     हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ ।       देश              :- अजरबैजान       रकम            :- रु.४,००,०००।– (चार लाख)पक्राउ मिति   :- २०८३/०४/१२ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१६ । पीडित संख्या :- १ जना ।४.  नाम थर        :- शारदा श्रेष्ठ     उमेर             :- ६१ वर्ष      स्थायी वतन   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।      देश              :- फ्रान्स रकम            :- रु.७,५०,०००।– (सात लाख पचास हजार) पक्राउ मिति   :- २०८३/०४/१२ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।  पीडित संख्या :- १ जना ।