" ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८१-०२-३०
- A
- A-
- A+
जित बहादुर मगरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विर बहादुर तामाङ समेत भएको ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित रामेछाप जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भई फरार रहेका प्रतिवादी विर बहादुर तामाङलाई यस कार्यालयबाट खटि गएका प्रहरी टोलीले मिति २०८१।०२।२९ गते का.जि.का.म.न.पा.वडा नं. ३२ कोटेश्वरबाट पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागि मिति २०८१।०२।२९ गते जिल्ला प्रहरी कार्यालय रामेछाप पठाईएको ।
पक्राउ परेका ब्यक्तिहरु:
नाम थर : विर बहादुर तामाङ
उमेर: ५३ बर्ष
स्थायि वतन:जिल्ला रामेछाप खाँडादेवी गा.पा.वडा नं.१ राकाथुम घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर