“वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०३-२०
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक
तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिए पश्चात विदेश नपठाई निजहरु
सम्पर्क विहीन भएकोमा पीडितहरुले जाहेरी दरखास्त दिई अनुसन्धान हुँदा विदेश पठाउने
भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं जिल्लाको विभिन्न स्थानहरुबाट पक्राउ
गरी प्रारम्भिक अनुसन्धान गर्दा निजहरुले राम्रो कामको लोभ देखाइ पीडितहरुलाई प्रलोभनमा
पारी रकम लिए पश्चात वैदेशिक रोजगारीमा नपठाई ठगी गरेकाले पीडितहरुले वैदेशिक
रोजगार विभागमा जाहेरी दिएकोमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्तिहरु:-
१.
नाम
थर :-
जिवन कडरिया
उमेर :- ३३ वर्ष
वतन :- जिल्ला ताप्लेजुङ सिदिङवा गा.पा.वडा नं.०६ ।
हाल :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा २९ मैतिदेवी बस्ने ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. २९ मैतिदेवी ।
ठगी रकम :- रु ४,२०,०००।– ( अक्षेरुपी
चार लाख बिस हजार रुपैँया )
देश:- क्यानडा
घटनाको छोटकरी विवरण :- क्यानडा
पठाउने भनी आफ्नो खातामा रु ४,२०,०००।– राख्न लगाई पीडित संग सम्पर्क विहीन भई
ठगी गरी फरार रहेकोमा पक्राउ गरिएको ।
पीडित संख्या
:- १ जना
२. नाम थर :- चुडा
बहादुर खड्का
उमेर :- ४६ वर्ष
वतन :- जिल्ला रामेछाप मन्थली न.पा.वडा नं.०८ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा ०४ धुम्बाराही बस्ने
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. ०४ धुम्बाराही ।
ठगी रकम:- रु १७,००,०००।– ( अक्षेरुपी
सत्र लाख रुपैँया )
देश:- कोरिया
घटनाको छोटकरी विवरण:-कोरिया पठाउने
भनी आफ्नो खातामा रु १७,००,०००।– राख्न लगाई
पीडित संग सम्पर्क विहीन भई
ठगी गरी फरार रहेकोमा पक्राउ गरिएको ।
पीडित संख्या :- ३ जना