“बैंकिङ कसुर मुद्धाका प्रतिवादी पक्राउ "
२०८१-०३-२६
- A
- A-
- A+
घटना विवरण :
जिल्ला काठमाण्डौ
का.म.न.पा.वडा नं. ७ कुमारीगाल घर भई ऐ.ऐ. बस्ने बलराम पौडेलको छोरा बर्ष ५२ को मणिराम पौडेल प्रतिवादी भएको बैंकिङ
कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहल काठमाण्डौबाट मिति २०८१।०३।१२
गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी
टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०३।२५ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा ७
कुमारीगाल स्थितबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी बृत्त गौशाला
काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिः-
नामः मणिराम पौडेल ।
उमेर :५२ वर्ष
ठेगानाः जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ७ कुमारीगाल बस्ने ।