प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ"

२०८१-०३-२७

  • A
  • A-
  • A+
Share

विप्लब पौडेलको जाहेरीले वादी नेपाल स़रकार प्रतिवादी जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ५ घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं. १८ भैसेपाटी बस्ने चिन्तामणी घिमिरेको छोरा बर्ष ३७ की विपना घिमिरे भएको ठगी सम्बन्धी मुद्धामा निज प्रतिवादी विपना घिमिरेलाई सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौडाबाट मिति २०८१।०२।०८ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०३।२६ गते अन्दाजी १९;०० बजे जिल्ला काठमाण्डौं किर्तीपुर न.पा. वडा नं.७ पाँगाबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०८१।०३।२७ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको । 

पक्राउ व्यक्तिः-

नामः विपना घिमिरे

उमेर : ३७ वर्ष,

ठेगानाः जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ५ घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं. १८    भैसेपाटी बस्ने ( ना.प्र.नं. ५५/३६६८३) मकवानपुर ।

सम्बन्धित समाचार
“ कारागारबाट फरार कैदी पक्राउ ”
२०८३-०४-०८

घटना विवरण:-मिति २०८२।०५।२४ गतेको प्रदर्शनको क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल सुन्धारा, काठमाडौँमा मुद्रा सम्बन्धी कसुर मुद्दामा कैद सजाय भुक्तानी गर्दै गरेको अवस्थामा उक्त कारागारबाट भागी फरार रहेका विशाल भन्ने छत्र बहादुर कार्कीलाई खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बनेपा, काभ्रेपलान्चोकको समन्वयमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८३।०४।०७ गते जिल्ला काभ्रेपलान्चोक पनौती न.पा. वडा नं. ५ चौकोटबाट पक्राउ गरी केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धारा, काठमाडौँ पठाईएको ।  पक्राउ कैदीको विवरणः-१. नामथरः- विशाल भन्ने छत्र बहादुर कार्की     उमेरः- ४७ वर्ष     ठेगानाः- जिल्ला ओखलढुंगा चम्पादेवी गा.पा. वडा नं. ९     हालः- जिल्ला काभ्रपलान्चोक पनौती न.पा. वडा नं. ५ बस्ने मुद्दाः- मुद्रा सम्बन्धी कसुरकैद सजायः- १ बर्ष ६ महिना कैद र रु. १०,०००।- जरिवाना पक्राउ स्थानः- जिल्ला काभ्रेपलान्चोक पनौती न.पा. वडा नं. ५ चौकोट 

“ नसालु पदार्थ सेवन गराई सुन, नगद तथा मोबाईल लुटपाट गर्ने महिला पक्राउ ”
२०८३-०४-०८

घटना विवरण:-मिति २०८३।०३।१२ गते साँझ अन्दाजी १७:३० बजेको समयमा जिल्ला काठमाडौँ गोकर्णैश्वर न.पा. वडा नं. ८ अत्तरखेल स्थित जग्गा हेर्न भनि बोलाई एक होटलमा खाजा खाने क्रममा पिडितलाई फ्रुटीमा नसालु पदार्थ मिसावट गरी सेवन गराई बेहोस् बनाई निजको साथमा रहेको सुनको औँठी, नगद र मोबाईहरु समेत लुटपाट गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८३।०४।०७ गते जिल्ला काभ्रेपलान्चोक पनौती न.पा. वडा नं. ५ चौकोटबाट तपशिलमा उल्लेखित व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त वौद्ध, काठमाडौँ पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नामथरः- संगिता तामाङ कार्की     उमेरः- ४७ वर्ष     ठेगानाः- जिल्ला ओखलढुंगा चम्पादेवी गा.पा. वडा नं. ९     हालः- जिल्ला काभ्रपलान्चोक पनौती न.पा. वडा नं. ५ बस्ने पक्राउ स्थानः- जिल्ला काभ्रेपलान्चोक पनौती न.पा. वडा नं. ५ चौकोट 

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-०८

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर       :- राज कुमार भण्डारी    उमेर             :- ५१ वर्ष     स्थायी वतन   :- जिल्ला रुपन्देही मायादेवी गा.पा. वडा नं.०६ ।     हाल             :- जिल्ला काठमाडौं तारकेश्वर न.पा. वडा नं.१० ।       देश              :- न्युजिल्यान्डरकम             :- रु.३,००,०००।– (तिन लाख)पक्राउ मिति   :- २०८३/०४/०८ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं तारकेश्वर न.पा. वडा नं.१० । पीडित संख्या :- २ जना ।२.  नाम थर       :- सुरेश घिमिरे     उमेर             :- २९ वर्ष      स्थायी वतन   :- जिल्ला ओखलढुङगा लिखुतामाकोशी गा.पा. वडा नं.०९ ।      हाल             :- जिल्ला काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं.१२ ।        देश              :- पोर्चुगल रकम            :- रु.१८,००,०००।– (अठार लाख ) पक्राउ मिति   :- २०८३/०४/०८ गते । पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा.वडा नं.०७ ।  पीडित संख्या :- १ जना ।

“आयुर्वेदिक औषधीहरु गैरकानूनी रुपमा उत्पादन तथा बिक्री वितरण गर्ने व्यक्तिहरु पक्राउ”
२०८३-०४-०७

घटना विवरण:-काठमाण्डौं उपत्यकाका बिभिन्न स्थानहरुमा बिभिन्न कम्पनीका आयुर्वेदिक औषधीहरु गैरकानूनी रुपमा उत्पादन तथा बिक्री वितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट प्रहरी टोली खटिगई अनुसन्धान तथा खोजतलास गर्दै जाँदा मिति २०८३।०४।०६ गते काठमाण्डौं उपत्यकाका बिभिन्न स्थानहरुबाट निम्न उल्लेखित व्यक्तिहरु पक्राउ गर्नुका साथै बिभिन्न आयुर्वेदिक औषधीहरु ( Silver 6 WARM THERAPY OIL, JAIPHAL MIXED OIL, ALOEVERA SKIN SERUM, GOLDEN XXX CAMANDO POWER क्याप्सुल लगायतका बिभिन्न आयुर्वेदिक औषधीहरु) वरामद गरी वरामदी दशीहरु सहित आवश्यक कारवाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग   पठाईएको । पक्राउ व्यक्तिहरुको विवरण:-१)     नामः राम प्रसाद पोख्रेलउमेरः २६ बर्षठेगानाः जिल्ला प्यूठान जिम्रुक गा.पा. वडा नं ७ घर भई हाल जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं. १ अमृतनगर बस्ने ।पक्राउ स्थानः जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं. १ अमृतनगर ।२)     नामः आईतमान ताम्लिङ लिम्बुउमेरः २९ बर्षठेगानाः जिल्ला ताप्लेजुङ श्रीजंगा गा.पा. वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०५ टिकाथली बस्ने ।पक्राउ स्थानः जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०५ टिकाथली ।३)     नामः उज्वल लिम्बु उमेरः ३३ बर्षठेगानाः जिल्ला ताप्लेजंग श्रीजंगा गा.पा. वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०५ टिकाथली बस्ने ।पक्राउ स्थानः जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०५ टिकाथली । ४)     नामः सन्दिप महर्जन उमेरः ४२ बर्षठेगानाः जिल्ला ललितपुर ललितपुर म.पा. वडा नं. ०७ घर भई ऐ.ऐ. बस्ने ।पक्राउ स्थानः जिल्ला काठमाण्डौं का.म.पा. वडा नं. २८ बागबजार ।५)     नामः गोकर्ण अर्याल उमेरः ४१ बर्ष ठेगानाः जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. ०२ घर भई हाल जिल्ला काठमाण्डौं टोखा बस्ने । पक्राउ स्थानः जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. २६ सामाखुशी ।

“ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८३-०४-०६

घटना विवरण:-         दिवराज थापाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विकाश झा भएको बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भई फरार रहेका प्रतिवादी विकाश झा लाई यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३।०४।०६ गते जिल्ला काठमाडौं का.म.न.पा.वडा नं.१४ कलंकीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको ।पक्राउ व्यक्तिको विवरणः नाम थर : विकाश झा उमेर : ३० वर्ष ठेगाना: जिल्ला सर्लाही कविलासी न.पा.वडा नं.८ हालः जिल्ला काठमाडौँ का.म.न.पा. वडा नं.१४ मुद्दाः बैंकिङ कसुर बिगोः ८० लाख 

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-०६

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर       :- हरि बहादुर पन्त    उमेर             :- ३७ वर्ष     स्थायी वतन   :- जिल्ला धादिङ त्रिपुरा सुन्दरी गा.पा. वडा नं.०७ ।     हाल             :- जिल्ला काठमाडौं तारकेश्वर न.पा. वडा नं.०५ ।       देश              :- कम्बोडियारकम             :- रु.५,००,०००।– (पाँच लाख)पक्राउ मिति   :- २०८३/०४/०६ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं.०७ । पीडित संख्या :- २ जना ।२.  नाम थर       :- अमृत मगर     उमेर             :- ४७ वर्ष      स्थायी वतन   :- जिल्ला सिन्धुली सुनकोशी गा.पा. वडा नं.०२ ।      हाल             :- जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.०३ ।        देश              :- न्युजिल्याण्ड रकम            :- रु.१०,७०,०००।– (दश लाख सत्तरी हजार) पक्राउ मिति   :- २०८३/०४/०६ गते । पक्राउ स्थान   :- जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं.०५ ।  पीडित संख्या :- १ जना ।