"अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०४-१३
- A
- A-
- A+
सामाजिक संजाल, Instagram, Apps को
दुरुपयोग गरी पिडितहरुलाई क्यानडा लैजान्छु भनि प्रलोभन देखाई, बिभिन्न
ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरुमा पटक पटक गरि जम्मा रु. ८४,१५,६२५ (
अक्षरेपी चौरासी लाख पन्ध्र हजार छ सय पच्चीस मात्र) रकम पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न
रहेको पुरुषोत्तम भण्डारीलाई मिति २०८१।०४।११
गते जिल्ला काठमाण्डौं कोटेश्वरबाट पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक
कारबाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको ।
पक्राउ परेको व्यक्तिको विवरण:-
नामः- पुरुषोत्तम भण्डारी
उमेरः- २३ वर्ष
ठेगानाः- जिल्ला झापा बिर्तामोड न.पा. वडा नं ९
हाल बसोबास गर्ने :- जिल्ला ललितपुर चाङथली बस्ने