सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
सम्पर्क नं. :-९८५१२८००१३
mpcdspokesperson@gmail.com
-
“ कारागारबाट फरार डाँका चोरी मुद्दाका कैदी पक्राउ ”
२०८३-०५-१७घटना विवरण:-मिति २०७९।१०।०९ गते रातको अन्दाजी ०१:३५ बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं. ३ गठ्ठाघर स्थित संभाव्यता बहुउद्देश्य सहकारी संस्थाको ढोका फोडी उक्त सहकारीमा रहेको भल्ट फुटाई डाँका चोरी गरेको कसुरमा पक्राउ परी केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धारा, काठमाडौंमा कैद भुक्तान गरी रहेका कैदी सागर तामाङ भन्ने बिजय मोक्तान मिति २०८२।०५।२४ गतेको प्रदर्शनको क्रममा उक्त कारागारबाट भागी फरार रही काठमाडौं जिल्लाको वडा एरियामा लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०८३।०५।१६ गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला काठमाडौं किर्तिपुर न.पा. वडा नं. ३ बाट पक्राउ गरी केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धारा, काठमाडौं पठाईएको । पक्राउ कैदीको विवरणः-१. नामथरः- सागर तामाङ भन्ने बिजय मोक्तानउमेरः- ३० वर्ष ठेगानाः- जिल्ला मकवानपुर इन्द्रसरोबर गा.पा. वडा नं. ५हालः- जिल्ला काठमाडौं किर्तिपुर न.पा. वडा नं. ३मुद्दाः- डाँका चोरी सम्मानित जिल्ला अदालत भक्तपुरबाटः- ५ बर्ष कैद र रु. ५०,०००।– जरिवाना भएकोमा कैद भुक्तान गर्न बाँकी २ बर्ष ६ महिना रहेको ।
[ विस्तृतमा ] -
“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१४घटना विवरणः बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर :- पवन कुमार के.सी.(बिक्रम) उमेर :- ३२ वर्ष स्थायी वतन :- जिल्ला दाङ राप्ती गा.पा. वडा नं.०६ । हाल :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.१० । देश :- सिंगापुर रकम :- रु.७,००,०००।– (सात लाख)पक्राउ मिति :- २०८३/०४/१४ गते ।पक्राउ स्थान :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१० । पीडित संख्या :- २ जना ।२. नाम थर :- सुधिर प्रसाद जयसवाल उमेर :- २१ वर्ष स्थायी वतन :- जिल्ला रौतहट फतुवा विजयपुर न.पा. वडा नं.०४ । हाल :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०३ । देश :- साईप्रस रकम :- रु.१,००,०००।– (एक लाख) पक्राउ मिति :- २०८३/०४/१४ गते । पक्राउ स्थान :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं.०९ । पीडित संख्या :- १ जना ।३. नाम थर :- लक्ष्मी खड्का उमेर :- ३८ वर्ष स्थायी वतन :- जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.पा. वडा नं.०२ । हाल :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२५ । देश :- रोमानिया रकम :- रु.१,५०,०००।– (एक लाख पचास हजार)पक्राउ मिति :- २०८३/०४/१४ गते ।पक्राउ स्थान :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।
[ विस्तृतमा ] -
“अभद्र व्यवहार गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१३मिति २०८३।०४।१२ गते दिउसो अं.१५:४० बजेको समयमा जिल्ला कठमाडौं का.म.न.पा.वडा नं.१२ टेकु स्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण मानिस तथा महिलाहरु समेतलाई गाली गलौज गर्ने धाकधम्की तथा दु:ख हैरानी दिइ अभद्र व्यवहर गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्याउने कार्य गरेको भन्ने सूचनाको आधारमा मिति २०८३/०४/१२ गते यस कार्यालयबाट खटिइ गएको प्रहरी टोलिले उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरूलाई फेला पारी सोधपुछ गर्ने क्रममा निजहरुले सार्वजनिक स्थानमा प्रहरी कर्मचारीहरु सँग समेत अभद्र व्यवहार गरेको हुँदा निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१. जिल्ला मकवानपुर बागमती गा.पा.वडा नं.०४ स्थाई गर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा नं.२५ बस्ने नारायण सिंह घिसिङको छोरा वर्ष ३४ को राज घिसिङ । २. जिल्ला सिन्धुली गोलञ्जोर गा.पा.वडा नं.०१ स्थाई घर भई हाल जिल्ला काठमाडौं कागेश्वरी मनोहरा न.पा.वडा नं.०७ बस्ने हरी प्रसाद पहाडीको छोरा वर्ष ४१ को दिपक पहाडी ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- राजस्व छलिका सामानहरु सहित मानिस पक्राउ
- “SIM Card Duplication गरि रकम ठगि गर्ने व्यक्ति पक्राउ”
- “स्लोभाकियामा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ”
- बैंकिङ कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ
- "गायिका दिलमाया विश्वकर्माको मृत्यु प्रकरणमा संकित एक जना पक्राउ"
- “श्रंखलाबद्ध चोरी कार्यमा सम्लग्न समूह पक्राउ”
- “ कर्तब्य ज्यान तथा डाँका चोरी मुद्धामा फरार अभियुक्त दुई बर्ष पछि पक्राउ”