“राजस्व छली गरी अवैध रुपमा विधुतिय उपकरणहरु विक्रि वितरण गर्ने चिनिया नागरिक पक्राउ ”
२०८२-०३-३१
घटना विवरण :-काठमाण्डौको पुरानो सिनामंगल एरियामा चिनिया नागरिक
समेतका व्यक्तिहरुले अबैध रूपमा विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा
ब्याट्री, CC क्यामेरा, HD क्यामेरा लगायतका सामानहरूको कच्चा पदार्थ
ल्याई उत्पादन तथा प्रशोधन गरी बिना बिल बिजक राजस्व छली गरी भण्डारण तथा बिक्री
बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको
आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।३१
गते अं. १६:३० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं. ३२ पुरानो सिनामंगल पन्चमुखी चोक स्थित पाँच तल्ले पक्की घरमा चिनिया नागरिक YU WANG समेतले भाडामा लिई कुनै पनि संस्था तथा कार्यालयबाट
इजाजत नलिई बिना बिल बिजक राजस्व छली गरी रू. २,१९,७६,७०० (दुई करोड
उन्नाईस लाख छहत्तर हजार सात सय) रकम बराबरको विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, CC क्यामेरा, HD क्यामेरा
बिक्री वितरण तथा भण्डारण गर्ने गरेको पाईएकोमा
निज चिनिया नागरिक YU WANG लाई वरामद भएका सामान सहित थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी राजश्व
अनुसन्धान कार्यालय,
हरिहरभवन, ललितपुर पठाईएको ।पक्राउ व्यक्तिको
विवरण:-१) नाम : YU
WANG उमेर : ३८ वर्ष ठेगाना :स्यान्डोङ, चिन हाल: जिल्ला काठमाण्डौ, का.म.
न.पा.वडा नं. ३२, पुरानो सिनामंगल । बिगो रकमःरू. २,१९,७६,७०० (दुई करोड उन्नाईस लाख छहत्तर हजार सात सय) बरामद सामानको विवरण:-
सि.नं.
सामानको विवरण
परिमाण
अं. मुल्य
१.
तयारी हुन बाँकी रहेको विभिन्न मोडेलको ल्यापटको
ब्याट्री
थान-११९०५
रू.१,१९,०५,०००
२.
विभिन्न कम्पनीको ल्यापटपको तयारी अवस्थामा रहेको व्याट्री
थान-३१४९
रू.४७,२३,५००।-
३.
HP,Dell,Acer,Asus,Lenovo र Lilion लगायतका व्याट्रीका पाटपुर्जाहरू
थान-३०९२
रू.१५,४६,०००।-
४.
ब्याट्रीको कभरहरू
थान-२००
रू.४०,०००।-
५.
बिभिन्न किसिमका साना ब्याट्री
थान-१५००
रू.१,५०,०००।-
६.
बिभिन्न ब्राण्डका सि.सि.टि.भि क्यामेरा तथा
उपकरणहरु
थान-१४७९
रु ३०,८५,९००।-
७.
बिधुतिय उपकरणहरु मर्मत गर्न प्रयोग हुने स्क्रुड्राईभर
सेटहरु
थान-७
रु.२,१०,०००।-
८.
बिभिन्न साईजको
चाईनिज फाइबरको ब्लाङकेटहरु
थान-२०१
रु.२,८८,०००।-
९.
ब्याट्रीमा प्रयोग हुने कभर सामाग्रीहरु
थान-४६५
रू.९,३००।
१०.
Wifi को राउटरको एन्टेनाहरु
थान-६५०
रू.१३,०००।-
११.
Smart Watch
थान-२
रू.६,०००।-
जम्मा
रू. २,१९,७६,७००।-